Skip to main content

आयात : चीनबाट घट्दो, ब्राजिलबाट बढ्दो


नेपालमा चीन र मध्यपूर्वबाट हुने आयात घटेपनि र इन्डोनेसिया र ब्राजिलबाट हुने आयात भने बढेको छ।
पाम आयल र सुपारीको आउने क्रम बढेकाले इन्डोनेसिया र ब्राजिलबाट हुने आयात बढेको हो। चीनतर्फबाट आउने सामग्रीमा कमी आउादा चीनबाट हुने आयातमा भने कमी आएको छ। चालू आर्थिक वर्षको पहिलो चौमासिकमा वस्तु आयात हुने नेपालका मुख्य पााच साझेदार मुलुकमध्ये चीन र संयुक्त अरब इमिरेट्स(युएई)को आयात केही घटेको छ। यस अवधिमा इन्डोनेसिया र ब्राजिलबाट हुने आयात भने दोब्बरभन्दा बढीले बढेको छ।
वाणिज्य मन्त्रालयका अनुसार गत वर्षको प्रथम चौमासिकको तुलनामा चीनतर्फको आयात १३.६ प्रतिशतले र युएईतर्फको आयात ७.३ प्रतिशतले घटेको हो। यस अवधिमा ब्राजिलतर्फको आयात एक सय ३६ प्रतिशतले र इन्डोनेसियातर्फको आयात शतप्रतिशत बढेको छ।
यस अवधिमा भारतबाट हुने आयात पनि बढेको छ। भारतबाट हुने आयात भने १० प्रतिशतले बढेको हो। ‘पहिले अन्य मुलुकबाट आउने गरेको पाम आयल यसपाली भने ब्राजिलबाट धेरै आएको छ, यसले गर्दा त्यहाबाट हुने आयात बढेको देखिएको हो’, वाणिज्य मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीले भने, यस अवधिमा पोहोर वर्षभर आएको जति पाम आयल चार महिनामै आएको छ’।
मन्त्रालयका अनुसार नेपालमा ब्राजिल वस्तु आयात हुने मुख्य मुलुकमध्ये ब्राजिल पाचौ स्थानमा रहेको छ। गत आर्थिक वर्षसम्म नेपालमा धेरै वस्तु आयात हुनेमध्ये ब्राजिल पन्ध्रौं नम्बरमा रहेको थियो। चालू आर्थिक वर्षको पहिलो चार महिनामा नै ब्राजिलबाट गत आर्थिक वर्षभर आयात भएकोभन्दा दोब्बर रकम बराबरका वस्तु आयात भएका छन्। गत आर्थिक वर्षभरमा ब्राजिलबाट नेपालमा दुई अर्ब ८२ करोड रुपैयााका वस्तु आयात भएका थिए। यस वर्षको पहिलो चार महिनामै ४ अर्ब ५२ करोड रुपैयााका वस्तु आयात भएका छन्।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा कुल आयात ७.५ प्रतिशतले बढेको छ। निर्यात भने १५.७ प्रतिशतले बढेको छ। यस अवधिमा २ खर्ब ९ अर्ब रुपैयाा बराबरका वस्तु आयात भएका छन्। गत साउनदेखि कात्तिकसम्ममा नेपालबाट विभिन्न मुलुकमा भएको निर्यात भने जम्मा २९ अर्ब ६२ करोड रुपैयाा बराबरको मात्र छ। नेपालको कुल व्यापार ८.५ प्रतिशत बढेका बेला व्यापारघाटा भने ६.३ प्रतिशत बढेको छ।
नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा फलाम तथा स्टीलका उत्पादन, ऊनी गलैंचा, तयारी पोसाक, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइललगायत रहेका छन्। यसैगरी मुख्य आयातित वस्तुमा पेट्रोलिय पदार्थ, फलाम र टिन तथा यसका उत्पादन, सवारी साधन र पार्टपुर्जा, विद्युतिय सामग्रीलगायत छन्।
चार महिनो तथ्याङ्कमा पनि भारत नेपालको मुख्य व्याापरिक साझेदार देखिएको छ। नेपालबाट हुने निर्यात र नेपालमा हुने आयातमा भारत नै सबैभन्दा अगाडी देखिएको छ। नेपालबाट निर्यात हुने मुख्य मुलुकमा भारत, अमेरिका, जर्मनी, वेलायत, चीनलगायत छन्।

नेपालमा वस्तु आयात हुने मुख्य मुलुकहरु

मुलुक             गत वर्ष      यस वर्ष        परिवर्तन प्रतिशत
 
भारत               १२५.२२     १३७.८७      १०.१
चीन                २६.५२       २२.९०          –१३.६
युएई               ११.५२        १०.७८         –७.३
 
इन्डोनेसिया   २.५           ५.०४            १००.९
ब्राजिल          १.९२           ४.५२           १३६

स्रोत : व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र
 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...