Skip to main content

किन्नुस दसैंको खसी, घरमा बसीबसी

यसपटकको दसैंका लागि तपाई कहाँबाट खसी किन्दै हुनुहुन्छ? व्यस्तताका कारण खाद्य संस्थानमा लाइन लागेर कसरी खसी किन्नु भनी चिन्तित त हुनुहुन्न?
यदी तपाई त्यस्तो चिन्तामा हुनुहुन्छ भने अब पीर मान्नु पर्दैन। खाद्य संस्थान वा टुकुचा पुगी लाइन लागेर खसी किन्ने फुर्सद नभए पनि दसैंमा तपाई घरमै बसीबसी एकै छिनमा किन्न सक्नुहुन्छ।
जिउदो खसी समेत अब अनलाईनबाटै किन्न सकिने सुविधा सुरु भएकाले तपाईले घरमै बसेर यस्तो सेवा पाउनु हुने भएको हो। यो सुविधाको उपयोग गर्दै तपाइले जहासुकैबाट इन्टरनेटमार्फत तत्कालै खसी छनोट गरि अर्डर गर्न सक्नुहुनेछ।
यसरी अर्डर गरिएको खसी घरमा एकघण्टा भित्र आइपुग्छ। खसी घरमा आइपुगेपछि तपाइले नगदमा रकम दिन सक्नुहुनेछ। बैंकिङ प्रणालीमार्फत पैसा तिर्न चाहनुहुन्छ भने ‘इन्टरनेट बैंकिङ’ वा कार्डलाई समेत प्रयोग गर्नु सक्नुहुन्छ।
नेपालमै पहिलो पटक अनलाइनबाट जिउदो खसी किन्ने सुविधा दिएको हो–‘मेट्रो तरकारी डटकम’ले। ‘राजधानीको जनजीवन दिनानुदिन व्यस्त हुदै गएको छ,’ मेट्रो तरकारीका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले भने, ‘दसैंमा खसी किन्न पनि व्यस्त भएर नभ्याउनेलाई लक्षित गर्दै यस्तो सेवा सुरु गरेका हौ।’
बस्नेतका अनुसार बुधबारदेखि कम्पनीले अनलाइन अर्डरका आधारमा राजधानीभित्र जिउदो खसीको ‘होम डेलिभरी’ थाल्नेछ। गत वर्षदेखि अनलाइनबाटै तरकारी बिक्री सुरु गरेको कम्पनीले अनलाइन मासु बिक्री यसअघिदेखि नै गरिरहेको छ। ‘दसैंमा धेरैको रहर मासु किन्ने भन्दा पनि जिउदो खसी किन्ने हुन्छ,’ बस्नेतले भने, ‘हाम्रो अनलाइन सपबाट मासु किन्नेलाई खसी किन्न किन अन्त पठाउने भनेर यो सेवा सुरु गरेका हौ।’
कम्पनीको ‘अनलाइन सप’मा गएर अर्डर गर्ने ग्राहकलाई थप जानकारी चाहिए ‘च्याट’मार्फत मनि कम्पनीका अधिकारीले जानकारी दिन्छन्। यसपालीका लागि कम्पनीले १२ किलोभन्दा माथीका खसीको मात्र अर्डर लिनेछ। मेट्रो तरकारीले जिउदो खसीको मूल्य किलोको ६ सय ५० रुपैयाँ तोकेको छ। ‘खसी जति किलोको हुन्छ, त्यसैका आधारमा हामी पैसा लिन्छौ,’ बस्नेतले भने, ‘चक्रपथभित्र डेलिभरी गर्दा कुनै थप शुल्क तिर्नुपर्दैन।’
आफ्नै वेवसाइटमा अनलाइन खसी बिक्रीको विज्ञापन राखेपछि २० जनाभन्दा बढीले चासो दिएर टेलिफोन गरिसकेको बस्नेतले जानकारी दिए। यसपाली दसैंका लागि कम्पनीले स्थानिय नेपाली खसी मात्र बिक्री गर्ने भएको छ। फर्पिङमा रहेको फार्ममा उत्पादिन खसी मात्र यसपाली बिक्री गर्ने कम्पनीले जनाएको छ।
नयाँ खाले सेवा भएकाले यसपालीको दसैंमा ५० वटा जति मात्र खसी अनलाइन पसलबाट बिक्री हुने बस्नेतको अनुमान छ। ‘यो नेपालमै नौलो सेवा हो, हामीले धेरै बिक्री हुने अपेक्षा राखेका छैनौ,’ उनले भने, ‘आउने वर्षहरुमा ग्राहक अभ्यस्त भएर कारोबार बढ्नसक्छ।’
नेपालीहरुको सबैभन्दा ठूलो चार्ड दसैंका बेला राजधानी सहित मुलुकभर खसीको सबैभन्दा धेरै कारोबार हुने गर्छ। राजधानीमा वर्षेनी खसीको माग उच्च हुदा दसैंका बेला भाउ आकासिने गरेको छ। यसपटकको दसैंका लागि सरकारी र निजी क्षेत्रबाट करिब ६० हजार खसी–बोका राजधानी भित्र्ने अनुमान गरिएको छ।
गत वर्ष निजी क्षेत्रले मात्र दसैंका बेला ५० हजारभन्दा बढी खसी–बोकाको कारोबार गरेको थियो। नेपाल चौपया खरिद बिक्री सेवा संघका अनुसार गत वर्ष दसैंका बेलामा मात्र राजधानीमा करिब ३० करोड रुपैयाँको खसी–बोका कारोबार भएको थियो। संघका अनुसार नेपालमा वार्षिक करिब ७० अर्ब रुपैयाँ मूल्य बराबरका खसी–बोकाको कारोबार हुने गरेको छ। त्यसमध्ये सबैभन्दा धेरै खसी–बोका कारोबार दसैंका बेला हुन्छ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...