Skip to main content

कति गाडी बिके सवारी मेलामा?

सवारी साधनको बिक्री बढाउने उद्देश्यले राजधानीको भृकुटीमण्डमा चारदिन चलेको सवारी मेलामा दुई अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ।
मेला अवधिमा दुई हजारभन्दा बढी सवारी साधन र प्रसस्त सवारी सम्बन्धि सामग्रीको बिक्री र बुकिङ भएको हो। ‘मेलामा ५ सय जति कार र १५ सय जति मोटरसाइकल बुकिङ भएको छ,’ मेला संयोजक शम्भु दाहालले भने, ‘सबै बुकिङ र कारोबार अनुमान गर्दा २ अर्बभन्दा बढी हुन्छ।’
मेलामा सबैभन्दा कम मूल्यदेखि अधिकतम मूल्यसम्मका सवारी साधनको बुकिङ भएको उनले जानकारी दिए। निम्न मध्यम र मध्यम वर्गको सवारी साधनकोरुपमा चिनिएको मोटरसाइकल मेलाको अवसरमा धेरै बुकिङ भएका छन्। मेलामा कम्पनीहरुले छुट, उपहार र किस्ताबन्दी सुविधा दिएकाले धेरै सवारी साधनको कारोबार भएको हो।

बिक्रेताहरुले मेलाको अवसर पारेर विभिन्न खाले छुट, उपहार, दसैं–तिहार योजना र नयाँ मोडलहरु सार्वजनिक गरेका थिए। मेलामा करिब ४० हजार अवलोकनकर्ता आएको दाहालले जानकारी दिए। बुधबारदेखि आइतबारसम्मका लागि मेला आयोजना गरिएको भएपनि विहिबार नेपाल बन्द परेपछि सोमबारसम्म सारिएको थियो। मेलाको बिचमा भएको बन्दले गर्दा आयोजकले लक्ष्य अनुसार अवलोकनकर्ता नआएको बताएका छन्। अवलोकनकर्ता सोचेभन्दा कम भएपनि मेला सफल भएको आयोजक नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन(नाडा)का अध्यक्ष शेखर गोल्छाले बताए। उनले यस्ता मेलाले मुलुकको आर्थिक विकासमा टेवा पुर्‍याउने जानकारी दिए।
नाडा र ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रालि(जेम्स इभेन्टस्)को आयोजनामा भएको मेलाको नाम ‘नाडा अटो सो–२०७०’ राखिएको थियो । मेलामा सवारी साधन, यसका पार्टपुर्जा, लुब्रिकेन्टस्, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री, एक्सेसरिज, बैंक, फाइनान्स, बिमालगायत कम्पनीका स्टल रहेका थिए। मेलामा चारपाङ्ग्रे, दुई पाङ्ग्रे र व्यवसायीक सवारी साधनका लागि छुट्टा—छुट्टै प्याभेलियनको व्यवस्था गरिएको थियो। ठूला र साना गरि १ सय वटा स्टल र ब्लक रहेको मेलामा विभिन्न मुलुकबाट आयातित सवारी साधन र सवारी सम्बन्धि सामग्री राखिएको थियो। ४५ वटा कम्पनीको सहभागीता रहेको मेलामा ८ वटा ब्रान्डका दुई पाङ्ग्रे र १२ वटा ब्रान्डका ४ पाङ्ग्रे सवारी साधन राखिएका थिए।
सवारी मेलामा नेपाल, भारत, चीन, कोरिया, जापान, अमेरिका, जर्मनी, चेक गणराज्यलगायत मुलुकका सवारी साधन राखिएका थिए। दाहालका अनुसार मेला अवधिमा सवारी सम्बन्धि टक सो, विचार, क्विज, सडक सुरक्षा र ट्राफिक नियम सम्बन्धि जानकारी, लाइभ कर्नरलगायतका कार्यक्रम सञ्चालन भएका थिए। बाल मनोरञ्जन, फोटो प्रदर्शनी, फुड स्टललगायत सुविधा पनि मेलामा रहेका थिए।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...