Skip to main content

सूपथ मूल्य पसलभित्र केमा कति छु्ट?

दसैं–तिहार र छठ जस्ता चार्डपर्व नजिकिदै गर्दा सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारी संस्थानहरुले सुपथ मूल्य र घुम्ती पसल सुरु गरेका छन्।
संस्थानहरुले उपत्यका भित्र आठ र उपत्यका बाहिर २३ वटा सुपथ मूल्य पसल सुरु गरेका हुन्। उपत्यकाभित्र भने साल्ट ट्रेडिङ कर्पोरेसनले तीनवटा घुम्ती पसल समेत सुरु गरेको छ।
नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थानले मिलेर यस्ता पसल सुरु गरेका हुन्। यी पसलमा दैनिक उपभोग्य वस्तु सहुलियत मूल्यमा किन्न पाइन्छ। उपत्यका भित्र साल्ट ट्रेडिङको कालिमाटी  र कोटेश्वर कार्यालय, नेसनल ट्रेडिङको टेकु र रामशाहपथस्थित कार्यालय, वल्खु तरकारी बजार, जावलाखेल, थापाथलीस्थित खाद्य संस्थान कार्यालय र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सुरु भएका हुन्। यसैगरी बनेपास्थित साल्ट ट्रेडिङको कार्यालय सहित मुलुकका अन्य क्षेत्रका विभिन्न २२ स्थानमा रहेका संस्थानहरुका कार्यालय हातामा यस्ता पसल मंगलबारदेखि सुरु गरिएको हो।

राजधानीमा साल्ट ट्रेडिङले चलाएका घुम्ती पसलहरु भने दैनिकरुपमा उपत्यकाका विभिन्न क्षेत्रमा पुगेर ग्राहकलाई सेवा दिनेछन्। संस्थाले गाडीमा चिनी, चामल, दाल, तेल, नुनलगायतका उपभोग्य वस्तु राखेर ग्राहकलाई सेवा दिनेछ।
सूपथ मूल्य पसलमा ग्राहकले दैनिक उपभोग्य वस्तुदेखि औजार, उपकरणमा समेत विशेष छुट पाउनेछन्। पसलमा खाद्य संस्थानले विभिन्न खाले चामल र गँहु राखेको छ। नेसनल ट्रेडिङले औजार, उपकरण, टुल्स, विद्युतिय सामग्री, चामल र पिठो राखेको छ। यसैगरी साल्ट ट्रेडिङले चिनी, नुन, दाल, चामल, पिठो, तेल, चिया, मसला, बेसार, खोर्सानीलगायतका ३५ थरी उपभोग्य वस्तु बिक्रीका लागि राखेको छ।
‘हामीले चिनीमा १० रुपैयाँ र अन्य वस्तुमा कम्तिमा किलोमा ५ रुपैयाँ छुट दिएका छौ,’ ट्रेडिङका वरिष्ठ सहायक श्रृजन रेग्मीले भने, ‘नुनमा पनि प्रतिकिलो २ रुपैयाँ छुट छ।’ संस्थाले अधिकतम मूल्य ७६ रुपैयाँ तोकेको चिनी पसलमा भने ६६ रुपैयाँ किलोमा बिक्री गरिरहेको छ। यसैगरी खाद्य संस्थानले सबैखाले चामलमा प्रतिकिलो २ रुपैयाँ छुट दिएको रामशाहपथस्थित बिक्री डिपो प्रमुख गोविन्द गौतमले बताए। उनका अनुसार पसलमा जापानिज, अमेरिकन, मकवानपुरे र साबित्री चामल उपलब्ध छन्। यसैगरी गँहुमा पनि प्रतिकिलो २ रुपैयाँ छुट दिइएको छ।
दुग्ध विकास संस्थानले भने सुपथ मूल्य पसलमा ५१ थरी आफ्ना उत्पादन पसलमा राखेको छ। संस्थानले घिउमा मात्र छुट दिएको छ। पसलमा आउने ग्राहकले ६ सय ८० रुपैयाँ लिटरको घिउ ६ सय ७० रुपैयाँमा किन्न सक्नेछन्।
नेसनल ट्रेडिङले पसलमा राखेको हुलास ब्रान्डको चामल र पिठोमा २ प्रतिशत छुट दिएको छ। यसैगरी आइरन, राइस कुकर, प्रेसर कुकर, स्कुल ब्याग, कैची, आरा, टुल्स, जेनेरेटरलगायतका उपकरणहरुमा भने ५ देखि २५ प्रतिशतसम्म छुट दिइएको ट्रेडिङका सुपरभाइजर राजकुमार लामाले बताए।
मेलाको उद्घाटन गर्दै मुख्य सचिव लिलामणि पौडेलले सामान आपूर्तिमा समस्या भए सरकारले तत्काल समाधान गर्न पहल गर्ने आश्वासन दिए। उनले सूपथ मूल्य पसलमा गुणस्तरीय सामग्री सस्तोमा बिक्री गर्न संस्थानहरुलाई निर्देशन दिए।


Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...