Skip to main content

आकर्षक इटियोस

घुमघाम संस्कृतीमा नेपाली पनि अभ्यस्त हुन थालेका छन्। साप्ताहिक होस् वा अरु कुनै सार्वजनिक विदा अहिले धेरै सहरीयाको रोजाई हुन्छ—घुमघाम। समय छ भने केही टाढा नभए, उपत्यका सेरेफोरोका रमणीय ठाँउमा भएपनि मन बहलाउन जानेहरु बढ्दैछन्।
घुम्न एक्लै जाने कुरो भएन। साथीभाई वा परिवारसँग विहानै उपत्यका सेरोफेरोका पहाडतिर लाग्नु, ड्राई पिकनिक खानु अनि साँझतिर बासस्थान फर्कनु। धेरै उपत्यकाबासीको विदा मनाउने शैली यस्तै बन्दैछ।
परिवार वा चार—पाँचजना साथीभाई मिलेर यसरी विदा मनाउन जानेको चाहना हुन्छ—एउटा उपयुक्त कार। जुन कारमा होस्, सामान राख्ने पर्याप्त स्थान, चिसो रहने गरी पेय राख्ने ठाँउ र बाटोभर रमाउदै सुन्न मिल्ने म्युजिक सिस्टम। हो यस्तै विशेषतायुक्त छ, विश्वचर्चित ब्रान्ड टोयोटाले नेपालमा भर्खरै बिक्री सुरु गरेको कार ‘इटियोस’।
यसमा घुमघामका लागि खानेकुरा सहित लगेज राख्ने फराकिलो स्थान र पेयलाई चिसो बनाइराख्ने कुलर बक्सको सुविधा छ। ‘घुमघाममा रुची राख्नेलाई यसले धेरै सहज बनाउछ,’ टोयोटाको नेपाली बिक्रेता युनाइटेड ट्ेरडर्स सिन्डिकेटका उप—निर्देशक कैलाश राजभण्डारी भन्छन्, ‘टोयोटाको गाडी चढ्ने रहर सबैलाई हुन्छ, यो सस्तो र घुमघामका लागि उपयुक्त भएकाले धेरै नेपाली युवाको रोजाइमा परेको छ।’ यसमा ५ सय ९५ लिटर क्षमताको डिक्की सुविधा छ। यसले पर्याप्त समान राखेर यात्रा तय गर्न सकिन्छ।
विश्व चर्चित जापानी ब्रान्ड टोयोटाको गाडी चढ्ने चाहना धेरैको हुन्छ। टोयोटाका गाडीको मूल्यका कारण किन्न नसकेकाहरुलाई समेत इटियोस एउटा विकल्प बनेको छ। सस्तो, गुणस्तरीय र सुविधा सम्पन्न भएकै कारण नेपाल भित्रिएको एक साता नबित्दै कम्पनीले १७ वटा कार बिक्री गरिसकेको छ। ‘यसको डिमान्ड एकदमै राम्रो छ,’ राजभण्डारीले भने, ‘सस्तो भएकाले पनि धेरैले किन्न चाहेका छन्।’
यसको सिट अगाडी कुलर बक्स छ। जसमा पानी, हल्का पेय, बियरलगायतलाई राखेर हिड्न सकिन्छ। लामो समयसम्म चिसै राख्ने विशेषताले ‘विकेन्ड’मा ‘वान नाइट स्टे’ वा ‘क्याम्प फायर’ गर्न जानेका लागि चिसो पेय खोज्न भौतारिनु पर्ने आवश्यकता हुदैन। इलेक्ट्रिक पावर स्टेयरिङयुक्त इटियोसमा ड्राइभर सिट अगाडी तल र माथी दुइवटा एसीको हावा मिलाउने स्थान छन्। जसका कारण अगाडीकै सिटबाट पछाडीसम्म चिसो राम्ररी जानसक्छ।
दुवै एसीको हाव मिलाउने म्यानुअल सुविधा यसमा छ। कारको साइड क्लास पनि म्यानुअल्ली मिलाउन सकिन्छ। पाँच सिटे यो कारलाई दक्षिण एसियाली बजार र सडक सुहाउदो बनाइएको छ। यस क्षेत्रको सडकको स्थिती र बजारको अवस्था अध्ययन गरेर टोयोटाले चार वर्ष लगाई यो कार बनाएको हो। यसका लागि टोयोटा जापान र भारतका २ हजार इन्जिनियरले चार वर्ष कडा मेहनत गरेका थिए।
भारतमा एक लाख किलोमिटर चलाएर परीक्षण गरि बजारमा ल्याइएको इटियोसले भारतिय बजारमा मारुती सुजुकीका डिजायर र स्विफ्टलगायतका भारतिय कम्पनीको एकाधिकार तोडेको भारतिय मिडयाहरुले लेख्ने गरेका छन्।
टोयोटाले नेपालमा ल्याएको सबैभन्दा सस्तो कार इटियोसको सुरुवाती दाम ३४ लाख ४५ हजार रुपैयाँ तोकिएको छ। अहिले बजारमा टोयोटा इटियोस ‘भी’ भ्यारेन्ट उपलब्ध छ। अन्य भ्यारेन्ट भने नेपालमा आइसकेका छैनन्। ‘अरु भ्यारेन्ट पनि क्रमस: ल्याउने छौ,’ राजभण्डारीले भने, ‘भिभा पनि चाडै आउदैछ।’ यसका ‘जे’, ‘जी एसपी’, ‘भी’, ‘भीएसपी’, ‘जेडी’, ‘जिडी’ ‘जिडी एसपी’, ‘भिडी’ र ‘भिडी एसपी’ भ्यारेन्ट उत्पादन भएका छन्।
नेपाली बजारमा आएको ‘भी’ भ्यारेन्ट ६ वटा रङमा उपलब्ध छ। यसका सेतो, रातो, कालो, चाँदनी, खैरोलगायतका रङ उपलब्ध छन्। सेडान समूहको म्यानुअल ट्रान्समिसनयुक्त यो कारको इन्जिन क्षमता १५ सय सिसी रहेको छ। टोयोटाले सस्तो निर्माणका लागि भारतको ७५ प्रतिशत कच्चा पदार्थ प्रयोग गरेर बनाएको यो कार नेपाली सडक सुँहाउदो रहेको राजभण्डारीको दाबी छ।
पावर स्टेयरिङयुक्त यो कारको स्टेयरिङमै रहेका बटमबाट म्युजिक सिस्टमलाई कन्ट्रोल गर्न सकिन्छ। आकर्षक बाहिरी र भित्री डिजाइनयुक्त यो कार नेपालीको रोजाइमा पर्न थालेकोमा कम्पनीका अधिकारीहरु मख्ख छन्। यो कारको आधिकारिक बिक्री सुरुवातमा कम्पनीका अध्यक्ष सुरज वंैद्यले भनेका थिए, ‘हामी नेपालमा टोयोटाको विश्वस्तरिय उत्पादन भित्र्याउन पाएकोमा गर्व गर्छौ, इटियोस मध्यम वर्गीय नेपालीको रोजाइको कार बन्नेछ।’
टोयोटा मोटर कर्पोरेसन मध्यपूर्वका महाप्रबन्धक कोजी नागाताका अनुसार टोयोटाले ग्राहकको चाहना बुझेर इटियोस बनाएको हो। ‘हामीले दक्षिण एसियाली बजारमा पुगेर ग्राहकको चाहना बुझेर यो कार बनाएका हौ,’ एकसाता अघि इटियोसको बिक्री सुरुवात गर्न काठमाडौं आएका उनले भनेका थिए।
कम्पनीको दाबीमा इटियोस आफ्नो वर्गमा उच्च गति र कम इन्धन खपत गर्ने कार हो। आरमदायी भित्री बनोटले ग्राहकलाई लोभ्याउने राजभण्डारी बताउछन्। सुरक्षात्मक विशेषतायुक्त यो कारमा पछिल्ला विकसित सबैखाले प्रविधि प्रयोग भएको छ।
यसले प्रतिलिटर पेट्रोलमा १७ किलोमिटरसम्म माइलेज दिन्छ। १ सय ७४ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको इटियोसलाई ‘अफ रोड’मा पनि कुदाउन सकिन्छ। यसमा एन्टि लक ब्रेकिङ सिस्टम प्रयोग भएको छ। ‘टु डिन अडियो सिस्टम विथ ब्लुटथ एन्ड युएसबी’ सुविधा भएकाले ब्लुटुथ वा युएसबीमा म्युजिक सिस्टमलाई जोड्न सकिन्छ। यसमा ‘इजी कन्ट्रोल ह्विल’ सुविधा पनि छ।
इटियोसले ५६ सय आरपीएममा ८८ पिएचपीको अधिकतम शक्ति र ३ हजार आरपीएममा १ सय ३२ एनएमको टर्क दिन्छ। ५ गेयरयुक्त यो कारमा पावर विन्डो, एलोई ह्विल्स, ड्राइभर र को—ड्राइभर एयरब्यागलगायतका सुविधा छन्। सस्तो, बलियो, गुणस्तरीय र इन्धन किफायती दाबी गरिएको इटियोसले नेपाली बजारमा टोयोटाको हिस्सा बढाउने कम्पनीका अधिकारीहरुको विश्वास छ। यो विश्वासलाई इटियोसले कत्तिको कायम राख्नेछ, भविश्यले बताउने छ।


Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...