Skip to main content

चाउचाउ र पानी निर्यात सजिलो

नेपालीले चाउचाउ, पिउने पानी, जिआई पाइप र जिआई तार(वायर) निकासी गर्दा विदेशी प्रयोगशालामा लगेर परीक्षणमा गराउनु नपर्नु भएको छ। 
चारवटै वस्तुको गुणस्तर परीक्षण गर्ने स्वदेशी प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता(एक्रिडिएसन) पाउने निश्चित भएपछि निर्यातकर्तालाई सजिलो हुने भएको हो। नेपाल गुणस्तर तथा नापतौल विभागमा रहेका चाउचाउ, पानी, जिआई पाइप र तारको परीक्षण गर्ने प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउने निश्चत भएको हो। 
विभागमा रहेका जिआई पाइप र जिआई वायर परीक्षण गर्ने केमिकल प्रयोगशाला, बोतलबन्द पिउने पानी(बोटल ड्रिङ्किङ वाटर) र चाउचाउ परीक्षण गर्ने खाद्य प्रयोगशाला एवं तौल सम्बन्धि प्रयोगशालाले एक्रिडिएसन पाउने निश्चित भइसकेको छ।
 ‘हाम्रा तीनथरी प्रयोगशालाले एक्रिडिएसनका लागि आवश्यक सबै प्रकृया पुरा गरिसकेका छन्’, विभागका महानिर्देशक रामआधार साहले भने, ‘भारतबाट प्राविधिक आएर दुई पटक आवश्यक परीक्षण गरी एक्रिडिएसन दिने निश्चित गरेर गएका छन्।’ विभागका प्रयोगशालालाई भारतको नेसनल एक्रिडिएसन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन ल्याबलोटरिज(एनएबीएल)ले एक्रिडिएसन दिन लागेको हो। 
‘एनएबीएलले दिएको सुझाउ अनुसार हामीले सुधार समेत गरेर पठाइसक्यौ’, साहले भने, ‘उनीहरुले हाम्रो सबै प्रकृया हेरेर एक्रिडिएसन दिन राजी भइसकेका छन्, अब प्रमाणपत्र जारी गर्न मात्र बाकी छ।’

एनएबीएल अन्तर्राष्ट्रिय प्रमाणीकरणयुक्त भारतको विज्ञान तथा प्रविधि विभाग अन्तर्गतको स्वायत्त निकाय हो। यसलाई इन्टरनेसलन ल्याबरोटरी एक्रिडिएसन को–अपरेसन(आइएलएसी) र एसिया प्यासिफिक ल्याबरोटरी एक्रिडिएसन को–अपरेसन(एपीएलएसी)ले मान्यता दिएको छ। आइएलएसीमा विश्वभरका र एपीएलएसी एसिया–प्रशान्त क्षेत्रमा रहेका विभिन्न मुलुकका प्रयोगशाला सदस्य छन्। एनएबीएलले एक्रिडिएट गरेपछि आइएलएसी र एपीएलएसीका सदस्य मुलुकले नेपाली प्रयोगशाला परीक्षणलाई मान्यता दिनेछन्। 
अन्तर्राष्ट्रिय मान्यता पाएका प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई सबैतिर मान्यता दिनुपर्ने अन्तर्राष्ट्रिय प्रचलन छ। ‘टेस्ट वान, एसेप्टेट इभ्रिह्वेर’(एक स्थानमा परीक्षण, सबैतिर मान्य हुन्छ) भन्ने अवधारणा एक्रिडिएसनको सुरुवात भएको हो। अब नेपाली प्रयोगशालाको परीक्षणलाई पनि यसकै आधारमा सबैतिर मान्यता हुनेछ।
विभागले नेपाल गुणस्तर प्रमाण चिह्न(एनएस) पाएका वस्तुको मात्र प्रयोगशाला परीक्षण गर्दै आएको छ। प्रयोगशालाले मान्यता पाएपछि नेपाल गुणस्तर प्रमाण चिह्न पाएका वस्तुलाई निर्यात गर्दा थप सहज हुनेछ। यसले नेपाली उत्पादनको विश्वसनियता समेत बढाउनेछ। ‘निर्यातका लागि मात्र होइन, मुलुकभित्रै गुणस्तरको प्रत्याभुति दिन पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाको परीक्षण राम्रो मानिन्छ’, साहले भने।
नेपाल–भारत वाणिज्य सन्धिमा नेपालका प्रयोगशालालाई स्तरोन्नती गर्न भारतले सहयोग गर्ने सम्झौता गरिएको छ। विभागले पनि यसै प्रावधानका आधारमा भारतीय संस्था एनएबीएलमार्फत आफ्नो प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता अघि बढाएको हो। 
नेपालबाट भारत सहित तेस्रो मुलुकमा निर्यात हुने वस्तुमा प्रयोगशाला परीक्षणको मुद्दा उठ्ने गरेको छ। विशेषगरि खाद्य वस्तुको परीक्षण प्रतिवेदनमा शंका गर्दै विभिन्न मुलुकले नेपाली वस्तुमा कडाई गर्ने गरेका छन्। युरोपेली मुलुकले नेपाली महको प्रयोगशाला परीक्षणलाई मान्यता नदिदा एक दशकदेखि मह निर्यात रोकिएको छ। 
नेपाली चिया, जडिबुटीलगायतका वस्तुमा पनि प्रयोगशाला परीक्षणको कारण देखाउदै विभिन्न मुलुकले अवरोध गर्ने गरेका छन्। प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएपछि यस्ता खाले अवरोध कम हुन्छन्। हालसम्म नेपालका केन्द्रीय खाद्य प्रयोगशाला र बीउ परीक्षण प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाइसकेका छन्।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...