Skip to main content

जनकपुर चुरोटको बाटोमा टेलिकम

slxn] lgo'Qm xf]nfg\ sfo{sf/L k|d'v<

कार्यकारी प्रमुख नहुदा लगातार नाफामा रही सरकारलाई सबैभन्दा बढी कर र लाभांस बुझाउदै आएको नेपाल टेलिकम समेत अन्य रुग्ण सरकारी संस्थानको बाटोमा जान थालेको छ।
सरकारी संस्थानमध्ये ‘सुनको अण्डा दिने’ टेलिकममा गैर जिम्मेवार बनी सरकारले प्रमुख नियुक्त नगर्दा संस्था धरासायी हुदै जान थालेको हो। सरकारको ९२ प्रतिशत सेयर रहेको टेलिकम गत तीन महिनादेखि नेतृत्व विहिन अवस्थामा चलिरहेको छ।
तत्कालिन प्रबन्ध निर्देशक अमरनाथ सिंहको पदावधि सकिएपछि टेलिकम नेतृत्व विहिन भएको हो। उमेर विवादमा मुछिएका सिंहले स्वघोषितरुपमा निमित्त प्रमुखको जिम्मेवारी लिएकामा अख्तियारको निर्देशनपछि सञ्चार मन्त्रालयले हस्तक्षेप गरि पदबाट हटाएको थियो।
सञ्चारले सिंहलाई हटाउन पत्र पठाएपछि सञ्चालक समितिले उनलाई दुई साताअघि अनिवार्य अवकासको पत्र थमाएको छ। यसअघि पनि उनले अवैधानिकरुपमा निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए।
सरकार र सर्वसाधारणमो ठूलो लगानी भएको एवं नया“–नया“ प्रविधि विकास भइरहने दूरसञ्चार सेवा चलाउने संस्थामै प्रमुख नहुदा आवश्यक निर्णय समेत हुन सकेको छैन। यसले निजी क्षेत्रका बहुराष्ट्रिय लगानीयुक्त कम्पनीस“ग प्रतिष्पर्धा गर्नुपर्ने टेलिकमले सामान्य निर्णय समेत गर्न सकेको छैन। 
टेलिकमका उच्च अधिकारीको भनाइमा हाल सञ्चालित कतिपय विस्तार एवं सुधार योजना सम्बन्धि निर्णय समेत प्रमुखको अभावमा अवरुद्ध छन्। ‘चलिरहेका योजना सम्बन्धि कतिपय निर्णयहरु थाती छन्’, टेलिकमका एक उच्च अधिकारीले भने, ‘निमित्त प्रमुखले सबैखाले निर्णय गर्न पाउदैनन्, पाउने निर्णय समेत गर्न डराउनु पर्ने अवस्था हुन्छ’।
कानुनी जटिलता र आफ्नो दायित्व निर्वाचन सम्पन्न गर्नुमात्र भएको भन्दै सञ्चारमन्त्री माधवप्रसाद पौडेलले टेलिकममा प्रबन्ध निर्देशक नियुक्ती नगर्ने बताउदै आएका छन्। उनले अन्य संस्थानमा जस्तै टेलिकममा पनि संस्थान निर्देशन बोर्डले प्रमुख नियुक्त गर्नुपर्ने बताइरहेका छन्। बोर्ड भने आफु विरुद्ध अदालतमा परेको रिटको किनारा नलाग्दा निस्कृय छ।
बोर्ड संस्थान प्रमुख छान्न नसक्ने अवस्थामा रहेका बेला सरकारले बोर्ड गठन हुनुपूर्वकै अभ्यास अनुसार टेलिकम प्रमुख छान्नुपर्ने विज्ञ र टेलिकम अघिकारीहरुले बताउदै आएका छन्। टेलिकमका कर्मचारी युनियनले त मन्त्री पौडेललाई तत्काल प्रबन्ध निर्देशक नियुक्त गर्न माग गरेर ज्ञापनपत्र समेत बुझाइसकेका छन्। बोर्ड गठन हुनु पूर्व सञ्चार मन्त्रालयले मन्त्रीपरिषद्मा प्रस्ताव लगेर प्रबन्ध निर्देशक नियुक्त गर्दै आएको थियो।
टेलिकमको प्रबन्धपत्रमा कम्पनीको प्रमुख नेपाल सरकारले नियुक्त गर्ने उल्लेख भएकाले पनि सञ्चार मन्त्रालयले तत्कालै प्रबन्ध निर्देशक नियुक्त गर्नुपर्ने विज्ञहरुले बताउदै आएका छन्। ‘संस्थान निर्देशन बोर्डले नियुक्त गर्ने अवस्था नभए, पुरानै प्रणालीबाट नियुक्त गर्ने बाटा छन्’, टेलिकमका पूर्व प्रबन्ध निर्देशक विश्वनाथ गोयल भन्छन्, ‘दूरसञ्चार क्षेत्रमा काम गर्ने संस्थालाई यसरी नेतृत्व विहिन बनाउदा राज्यलाई नै घाटा छ’।
गोयलले दैनिक ३० देखि ४० वटा नया“ निर्णय गर्नुपर्ने टेलिकममा निमित्त प्रमुखले गर्न नसक्ने र नमिल्ने निर्णय आधाजति हुने जानकारी दिए। ‘प्रविधिको तीव्र विकास भइरहेको बेला, प्रविधिमै काम गर्ने संस्थालाई प्रमुख विहिन बनाउदा ठूलो नोक्सान भइरहेको छ’, गोयल भन्छन्, ‘टेलिकम मूली नभएको घरजस्तो भएको छ, मूली नभएको घर कसरी चल्न सक्छ?’
जो सुकैलाई ल्याएपनि सरकारले तत्कालै टेलिकममा प्रमुख नियुक्त गर्नुपर्ने गोयलको सुझाउ छ। प्रमुख विहिन अवस्थामा धेरै समय रहेमा टेलिकम अन्य संस्थानको तुलनामा अझै चाडै धरासायी बन्नसक्ने उनी बताउछन्। ‘अर्को सरकार आउने सुरसार छैन, यस्तो अवस्थामा टेलिकमलाई कामै गर्न नसक्ने गरि नेतृत्व विहिन पार्नु हुन्न’, गोयलले भने।
नेतृत्व विहिन भएको टेलिकममा अहिलेसम्म प्रबन्ध निर्देशकको आकांक्षीकोरुपमा चारजना अगाडी देखिएका छन्। टेलिकम स्रोतका अनुसार ताररहित टेलिफोन सेवाका प्रमुख अनुपरञ्जन भट्टराई, कम्पनी सचिव बुद्धिप्रसाद आचार्य, काठमाडौं क्षेत्रीय निर्देशनालय प्रमुख मदूसूदन कर्माचार्य र तालिम केन्द्रका प्रमुख विष्णु कसजु प्रबन्ध निर्देशक बन्ने दौडमा रहेका छन्। उनीहरुमध्ये सेवा प्रवेशका हिसाबले भट्टराई सबैभन्दा वरिष्ठ हुन आउ“छन्। तर ११ औ तहमा प्रवेशका हिसाबले भने आचार्य वरिष्ठ हुन्छन्। टेलिकम स्रोतका अनुसार कर्माचार्य र भट्टराई स्नातक र आचार्य र कसजु भने स्नाकोत्तर हुन्।
चारैजना प्रबन्ध निर्देशक हुने कसरतमा लागेपनि सञ्चारमन्त्री पौडेल भने कसैलाई नियुक्त गर्ने पक्षमा रहेका छैनन्। ‘मन्त्रीज्यूको अमरनाथ सिंहलाई नै फेरि प्रमुख बनाउने चाहना थियो, अख्तियारको निर्देशनका कारण नसकेपछि अहिले उहा कसैको पक्षमा देखिनुहुन्न’, सञ्चार मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यसले गर्दा अहिले नै टेलिकममा नया“ प्रमुख आउने देखिदैन’।
मन्त्रालय र टेलिकमका उच्च अधिकारीका अनुसार प्रबन्ध निर्देशक हुने दौडमा रहेका भट्टराईलाई मन्त्रीपरिषद् अध्यक्ष खिलाराज रेग्मीले समेत प्रमुख बनाउन चाहेका छन्। तर, सञ्चारमन्त्री पौडेल उनको पक्षमा हुन नसकेकाले हालसम्म नियुक्ती सिफारिस हुन नसकेको हो।
मन्त्री पौडेल भने कानुनी जटिलताका कारण टेलिकममा प्रमुख नियुक्त गर्न नसकेको दाबी गर्छन्। ‘संस्थान निर्देशन बोर्डको गठन भएपछि हामीले पहिले जस्तो नियुक्ती गर्न मिल्दैन’, पौडेलले अन्नपूर्णस“ग भने, ‘बोर्ड अहिले क्रियाशिल छैन, हामी पनि कामचलाउन अवस्थामा छौ, कसरी नियुक्त गर्न सकिन्छ?’ उनले नया“ सरकार आएपछि मात्र टेलिकममा प्रमुख नियुक्त हुने र त्यसबेलासम्मका लागि कुनैपनि काम नरोकिने गरि निमित्त प्रमुखले चलाउने बताए। टेलिकममा हाल निमित्त प्रमुखकोरुपमा कम्पनी सचिव आचार्यले काम गरिरहेका छन्।
टेलिकममा कार्यरत कर्मचारीका अनुसार निमित्त प्रमुख भएको अवस्थामा अहिले नै कतिपय तत्काल गर्नुपर्ने निर्णय समेत रोकिने अवस्था आएको छ। ‘यस्तै पारा हो भने टेलिकम पनि एकदिन नेपाल वायुसेवा निगम र जनकपुर चुरोट कारखाना जस्तै हुने अवस्था आउनेछ’, टेलिकमका एक उच्च अघिकारीले भने, ‘टेलिकमलाई पनि डुबाउने राजनीति सुरु भएको जस्तो लाग्न थालेको छ’।  

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु