Skip to main content

मिटरमा जानै मान्दैनन् ट्याक्सी

तस्विर साभार : नेपाली टार्इम्स 
एक साताअघि झापाबाट राजधानी आएकी प्रतिभा रेग्मी बसको ढोकाबाट बाहिरिन नपाउँदै दुईतीनजनाले उनको झोला समाएर 'दिदी कहाँ जाने?' भने। रेग्मीले गन्तव्य बताउन नपाउँदै एकजनाले आफ्नो ट्याक्सीमा लगेर झोला राखेर भने, 'मिलाएर लगिदिन्छु बस्नुस् न।'
बसमा सँगैं आएका एक व्यक्ति र रेग्मी कोटेश्वर आउने भएकाले मिलेर पैसा तिर्ने सर्तमा त्यही ट्याक्सी चढ्न तयार भए तर ट्याक्सीचालक मिटरमा जान तत्पर भएनन्। उनले कलंकीदेखि कोटेश्वर आउन प्रतिव्यक्ति पाँच सय रुपैयाँ मागे। रेग्मीले 'बार्गेनिङ' गरेपछि भने चालक प्रतिव्यक्ति साढे तीन सय रुपैयाँमा कोटेश्वर पुर्‍याउन तयार भए।
सरकारले तोकेको भाडादरमा आउने हो भने कलंकीदेखि कोटेश्वरसम्म ट्याक्सीमा करिब तीन सय उठ्न सक्छ तर मिटरमा नआउँदा उनीहरूले त्यही दूरीका लागि ६ सय रुपैयाँ तिर्नुपर्‍यो। 'ट्याक्सी चढ्न खोज्यो, मिटरमा जान मान्दैनन्', कामविशेषले राजधानी आइरहने रेग्मी भन्छिन्, 'मिटरमा जान नमानेपछि उनीहरूले भनेअनुसार हिंड्नै पर्‍यो।'
रेग्मी मात्र होइन, उपत्यकामा ट्याक्सीमा यात्रा गर्ने धेरैको समस्या हो, यो। सरकारले मिटर जडित ट्याक्सीलाई अनुमति दिएर दूरीका आधारमा भाडा तय गरेको छ तर उपत्यकामा चल्ने अधिकांश ट्याक्सी मिटरमा गुड्न मान्दैनन्। मान्नेले पनि मिटर बिगारेर यात्रुसँग बढी भाडा असुल्ने गरेका छन्।
'मिटर जडित ट्याक्सीले मिटरमा जान्न भन्न पाउँदैनन्। उनीहरूलाई सरकारले अनुमति नै मिटरमा चलाउनका लागि दिएको हो', ट्याक्सीको मिटर नियमन गर्ने निकाय नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता विश्वबाबु पुडासैनी भन्छन्, 'मिटरमा नजाने ट्याक्सीलाई कारबाही हुन्छ।'
विभागले समयसमयमा यस्ता ट्याक्सीलाई कारबाही गरेको विवरण देखाउँछ। यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले पनि यस्ता ट्याक्सीलाई कारबाही गर्ने बताउँदै आएका छन् तर सरकारी निकायले कारबाही गरेको रटान लगाइरहँदा पनि ट्याक्सीको मनपरी भने रोकिएको छैन।
गुणस्तर तथा नापतौल विभागले यही मंसिर २४ देखि पुस १९ गतेसम्म उपत्यकाभित्र गरेको अनुगमनले समेत ट्याक्सीमा मनपरी रहेको देखाएको छ। विभागले अनुगमन गरेकामध्ये सबैजसो ट्याक्सीमा कुनै न कुनै कैफियत भेटिएको छ।
अनुगमन गरिएका तीन सय ९३ मध्ये सबैभन्दा धेरैले मिटरमा गुड्न नमानेको विभागको अनुगमन प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार तीन सय ९३ मध्ये दुई सय ८८ ट्याक्सी मिटरमा जान नमानेको पाइएको छ। 'हामीले उपत्यकाका विभिन्न स्थानमा पुगेर अनुगमन गर्दा धेरैले मिटरमा जानै नमान्ने गरेको भेटेका छौ', पुडासैनीले भने, 'मिटरमा जान नमान्नेलाई यातायात व्यवस्था विभागले कारबाही गरेको छ।'
विभागले भने मिटर बिगार्ने, कल फास्ट गर्ने, डेढी हान्ने, पल्स फरक गर्ने, बढी भाडा लिने र ज्याक लगाउनेलाई भने दुई हजार रुपैयाँ जरिवाना गरेको पुडासैनीले जानकारी दिए। उपभोक्त हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ ट्याक्सीमा मनपरी बढिरहेको भए पनि सरकारी निकायले नियमन नगर्दा नियन्त्रण हुन नसकेको बताउँछन्।
'ट्याक्सीमा ठगी नरोकिनुको मुख्य कारण नियमनको कमजोरी नै हो', उनले भने, 'नियमनकारी निकायमा जनशक्ति नै छैनन्। भएकालाई पनि ट्याक्सीचालकले गुन्डागर्दी गरेर कारबाही गर्नै दिंदैनन्।' ठगी रोक्न उपभोक्ता पनि सचेत भएर उजुरी गर्ने संस्कृति विकास गर्नुपर्ने उनको सुझाउ छ।
सरकारले मिटर जटित ट्याक्सीलाई मिटरमा मात्र यात्रा गर्न अनिवार्य गरेको छ। यस्ता ट्याक्सीका लागि हाल प्रतिकिलोमिटर ३७ रुपैयाँ भाडादर तोकिएको छ। ट्याक्सी सुरु गर्दा (फ्ल्याग डाउन) भने १४ रुपैयाँ जोडिन्छ।
मिटरमा नजाने
मिटर बिगारेको
कल फास्ट
सिल तोडेको
डेढी हानेको
पल्स फरक, बढी भाडा लिने र ज्याक
२८८
३२
११
१६
४२


Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...