Skip to main content

सुनका गहनामा यसरी मिसाइन्छ चाँदी

  • सुनका गहनामा एकदेखि चार प्रतिशतसम्म चाँदी मिसाव
  •  एक तोला सुनको गहना किन्दा कम्तीमा दुई हजार रुपैयाँको ठगी
  • चाँदीमा क्याडमियमको मात्रा उच्च  
उपभोक्ता ठगी गर्न व्यापारीले सुनका गहनामा मूल्यका हिसाबले झण्डै ६० गुणा सस्तो चाँदी मिसाउने गरेको पुष्टी भएको छ।
राजधानीको चावहिल क्षेत्रका ६ वटा गहना पसलबाट गत सोमबार संकलित नमुना परीक्षण गर्दा सुनमा चाँदी मिसाइएको तथ्य बाहिर आएको हो। बहुमूल्य धातुका गहना किन्ने ग्राहकलाई पूर्णरुपमा शुद्ध सुन भनेर बेच्ने गरिएका नमुनामै झण्डै चार प्रतिशतसम्म चाँदी मिसाउने गरेको पाइएको छ।
सरकारी अनुगमन टोलीले संकलन गरेका नमुना नेपाल गुणस्तर तथा नापतौला विभागको प्रयोगशालामा परीक्षण गर्दा सुनमा चाँदी मिसाएको भेटिएको हो। यसअघि गरिएका परीक्षणमा भने सुनको शुद्धता मात्र जाच गर्ने गरिएको थियो। यसपाली प्रयोगशालाले शुद्धतासँगै गहनामा मिसाइएका विभिन्न तत्वबारे पनि तथ्य संकलन गरेको हो।
‘पहिला–पहिलाका परीक्षणमा शुद्धता मात्र जाच गरिएको थियो’, विभागका महानिर्देशक रामआधार साहले भने, ‘यसपटक भने हामीले शुद्धता कम गर्न मिसाउने वस्तुको पनि परीक्षण गर्दा सुनका गहनामा चाँदी मिसाएको भेटियो’। नेपाली बजारमा हाल सुनको भन्दा चाँदीको मूल्य ५५ देखि ६० गुणा कम रहदै आएको छ। शुक्रबको मूल्यलाई आधार मान्ने हो भने सुनको तुलनामा चाँदी एक तोलामा ५१ हजार २ सय ४५ रुपैयाँ सस्तो पर्छ। शुक्रबार चाँदीको मूल्यो तोलाको ८ सय ५५ र सुनको मूल्य तोलाको ५२ हजार एक सय रुपैयाँ तोकिएको छ।
सुन र चाँदीको मूल्य अन्तरको हिसाब गर्दा व्यापारीले २४ क्यारेट(९९.५० प्रतिशत शुद्ध)सुनमा तीन प्रतिशत मात्र चाँदी मिसाए भने उपभोक्तालाई करिब दुई हजार रुपैयाँ घाटा पर्ने देखिन्छ। ‘व्यापारीले बहुमूल्य सुनमा कम मूल्यको चाँदी मिसाएर ठूलो ठगी गरेको पुष्टी भएको छ’, महानिर्देशक साहले भने, ‘हामीले उनीहरुलाई कारबाहीका लागि वाणिज्य विभागलाई लेखेर पठाएका छौ’।
वाणिज्य विभागले उपभोक्ता संरक्षण ऐन अनुसार सुनको गहनामा चाँदी मिसाएर ठगी गर्नेलाई कारबाही अघि बढाउन सक्नेछ। उपभोक्ता संरक्षण ऐनमा कमसल वस्तुलाई असल बनेर बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। यस्तो वस्तु बिक्रेतालाई विभागले जिल्ला अदालतमा मुद्दा दर्ता गराउन सक्नेछ। यस्ता व्यवसायीलाई जरिवाना र जेल दुवै सजाय हुनसक्छ।
यसअघि राजधानी सहित मुलुकका विभिन्न क्षेत्रबाट संकलन गरिएका सुनका गहनाको परीक्षण गर्दा अधिकांसको शुद्धता कम पाइएको थियो। राजधानी सहित पोखरा, नारायणगढ र पूर्वी क्षेत्रका पाँचवटा बजारको परीक्षण नतिजाले सुनको शुद्धतामा उपभोक्ता ठगी पुष्टी भइसकेको छ। सुनको शुद्धता कमी गरेर उपभोक्ता ठगी गरेको देखिएपछि विभागले यसपटक भने सुन बाहेक गहनामा मिसाइने वस्तुको पनि परीक्षण गरेको हो।
गत मंसिर अन्तिम साता सरकारी टोलीले पूर्वी नेपालका विराटनगर, इटहरी, धरान, धनकुटा र भोजपुर बजारबाट गहनाको नमुना संकलन गरेको थियो। त्यस क्षेत्रका अधिकांस पसलेले सुनको शुद्धता कमजोर पारेर उपभोक्ता ठगेको पाइएको थियो। यसैगरी गत असोज र कात्तिक महिनामा पोखरा र नारयणगढ क्षेत्रबाट ल्याइएका नमुना परीक्षणले पनि यस्तै तथ्य बाहिर ल्याएको थियो।
गएको वैशाख र जेठ महिनामा राजधानीका पसलबाट संकलन गरिएका नमुनामा पनि यस्तै कैफियत पाइएको थियो। मुलुकभरका पसलबाट ल्याइएका नमुना परीक्षणले सुनमा उपभोक्ता ठगी व्यापाक रहेको देखाएको छ। तर, हालसम्म कुनैपनि सुन पसलेलाई कारबाही भने भएको छैन। उपभाक्ता संरक्षण ऐन अनुसार मुद्दा चलाउने प्रकृया लामो समय लाग्ने र झन्झटिलो भएकाले काराबाही हुन नसकेको सकरारी अधिकारीहरुले बताउदै आएका छन्।
चाँदीका गहनामा विषलु तत्व
चाँदीका गहनामा विषालु तत्व क्याडमियम मिसाएको भन्दै विभिन्न मुलुकले नेपाली गहनाको आयात रोक्दा समेत राजधानीकै पसलले चाँदीमा क्याडमियम मिसाउन छाडेका छैनन्। सोमबार चावहिल क्षेत्रका पसलबाट संकलित चाँदीका गहनाको नमुना परीक्षणले पनि क्याडमियम मिसावट धेरै रहेको देखाएको छ।
चावहिलको बाबा ज्वेलर्सबाट संकलित चाँदीको दीयोमा १८.६८ प्रतिशत क्याडमियम मिसाएको पाइएको छ। पसलेले यो दीयोमा ९५ प्रतिशत चाँदी भएको घोषणा गरेका थिए।

सुनका गहनामा मिसाइएको चाँदीको मात्रा
पसल
नमुना(२४ क्यारेट)
सुनको मात्रा
चाँदीको मात्रा
सनराइज ज्वेलर्स, विनायक मार्ग
नेकलेस
९७.७५
.३८
बाबा ज्वेलर्स, चावहिल
मंगलसुत्र
९७.६०
.९०
माँ आरती ज्वेलर्स, चावहिल
औंठी
९६.६०
.९०
गुडलक न्वेलर्स सप, चावहिल
मंगलसुत्र
९५.०७
.६३
सूर्यमुखी ज्वेलर्स, चावहिल
मंगलसुत्र
९५.०७
.५४
जयलक्ष्मी गहना गृह चावहिल
सिक्री
९९.०४
.४३
स्रोत : नेपाल गुणस्तर तथा नापतौल विभाग
 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु