Skip to main content

मेटल कम्पनीमा चिनियाँको दुई अर्ब लगानी प्रस्ताव

सिसा खानी पहिचान गरिएको क्षेत्र। 
चिनियाँ लगानीकर्ताले नेपाल मेटल कम्पनीको सबै दायित्व सकारेर थप दुई अर्ब लगानी प्रस्ताव गरेका छन्।
मेटल कम्पनी किनेर चलाउने इच्छा देखाएका दुई चिनियाँ कम्पनीले करिब दुई करोड अमेरिकी डलर(दुई अर्ब नेपाली रुपैयाँ) लगानी थप गर्ने प्रस्ताव गरेका हुन्। उनीहरुले उद्योग मन्त्रालयलाई दुई साता अघि विस्तृत प्रस्ताव पठाउदै दायित्व सकारेर थप लगानी गर्ने प्रतिवद्धता जनाएका हुन्।
गत असोज र कात्तिक महिनामा मेटल कम्पनी किन्न छुट्टा–छुट्टै प्रस्ताव पेस गरेका थिए। चीनको थाइयुन मिनरल्स प्रालि र साउथ चाइना माइनिङ इनर्जी कम्पनी प्रालीले मेटल कम्पनी किनेर चलाउने प्रस्ताव पेस गरेका हुन्। ‘दुई वटै कम्पनीले पठाएको छुट्टा–छुट्टै प्रस्तावमा दुई करोड अमेरिकी डलरको हाराहारीमा थप लगानी गर्न प्रस्ताव आएको छ’, नेपल मेटल कम्पनीका निमित्त प्रमुख हरि घिमिरेले भने, ‘कम्पनीको सबै सेयर र दायित्व किनेर थप लगानी गर्ने उनीहरुको प्रस्ताव हो’।
दुवै कम्पनीले पेस गरेको पहिलो पहिलो प्रस्तावमा लगानी बारे विस्तृत नखुलाइएको भन्दै नेपाल मेटलको सञ्चालक समितिले विस्तृत प्रस्ताव पठाउन आग्रह गरेको थियो। सञ्चालक समितिको आग्रह अनुसार दुवै कम्पनीले लगानी सम्बन्धि विस्तृत प्रस्ताव बनाएर पठाएका हुन्। उनीहरुले उद्योग मन्त्रालय र सञ्चालक समितिलाई सम्बोधन गरेर छुट्टा–छुट्टै प्रस्ताव पठाएका छन्।
घिमिरेका अनुसार दुवै कम्पनीले पठाएको प्रस्ताव उस्तै–उस्तै खालको छ। उनीहरुले अहिलेका कर्मचारीलाई अवकास दिने र सेयर एवं अन्य दायित्व खरिद गर्ने प्रणाली बारे समेत प्रसतावमा उल्लेख गरेका छन्। चिनियाँ कम्पनीले पठाएको विस्तृत प्रस्ताव बारे निर्णय भइसकेको छैन। यसबारे विहिबार बस्ने सञ्चालक समिति बैठकले निर्णय गरेर उद्योग मन्त्रालयलाई प्रस्ताव पठाउने घिमिरेले जानकारी दिए।
गणेस हिमालको फेदी र त्यस आसपासका क्षेत्रमा रहेका जस्ता र सिसाका धाउलाई उत्खनन् र प्रशोधन गर्ने उद्देश्यले स्थापित मेटल कम्पनीले हालसम्म उत्पादन सुरु गर्न सकेको छैन। सरकारले २०३३ सालमा स्थापना गरेको यो कम्पनीले हालसम्म पूर्वाधार निर्माणमा करिब १८ करोड रुपैयाँ खर्च गरिसकेको छ। उद्योगलाई पूर्णरुपमा चलाउनका लागि अझै थप २० देखि २५ करोड रुपैयाँ खर्च गर्नुपर्ने अनुमान छ।
स्थापना भएर पूर्वाधार बनाएपनि मुलुकमा ससस्त्र द्वन्द्वका सुरु भएको भन्दै यसले उत्पादन सुरु गर्न नसकेपछि सरकारले त्यहा कार्यरत कर्मचारीलाई अवकास दिएको थियो। आर्थिक वर्ष २०६२÷६३ मा नेपाल मेटल कम्पनीका कार्यरत ४८ जना कर्मचारीले अवकास पाएका थिए। अहिले भने १० जना कर्मचारी कार्यरत रहेका छन्।
मेटल कम्पनीमा नेपाल सरकारको ७१ प्रतिशत, खेतान समूहको १३ प्रतिशत, भारतको हैदरावाद इन्डस्ट्रिजको १६ प्रतिशत लगानी रहेको छ। आफ्नो समेत सेयर रहेको मेटल कम्पनी किन्न खेतान समूहले करिब सात वर्ष अघि प्रस्ताव गरेको थियो। तर, खेतान समूहको प्रस्तावको विषयमा हालसम्म कुनै निर्णय भएको छैन। अर्थ मन्त्रालयको निजिकरण इकाईमा पुगेको प्रस्ताव त्यत्तिकै थन्किएको हो।
जस्ता, सिसा र चाँदी समेत रहेका विभिन्न ६ स्थानको पहिचान गरिसकिएपनि त्यसबाट प्रतिफल भने कम्पनीले लिन सकेको छैन। धातु भएका स्थानको पहिचान गरि त्यहाबाट उत्खनन्का लागि पूर्वाधार समेत बनाइसकिएको घिमिरेले बताए। पूर्वाधार बनाएपनि हालसम्म कुनैपनि धातुको उत्खनन् हुन सकेको छैन।
यस क्षेत्रमा करिब ३ लाख टन धाउ रहेको पहिचान भइसकेको छ। यो धाउबाट उत्पादन हुने जस्ता र सिसाले ४० वर्षसम्म नेपाललको वार्षिक माग धान्ने अनुमान गरिएको छ। यस क्षेत्रबाट एक टन धाउ प्रशोधन गर्दा करिब एक किलो चाँदी समेत आउने प्राविधिक प्रतिवेदन छ। रसुवाको तिप्लिङ गाविसमा रहेको उद्योगसम्म पुग्न धुञ्चे स्याप्रुबेसी हुदै सोमदाङसम्म मोटरबाटो समेत निर्माण भइसकेको छ। तर, उत्पादन गर्न नसक्दा सरकारले गरेको लगानीको प्रतिफल देखिएको छैन। उत्पादन गर्न नसक्दा सरकारले यसमा कार्यरत कर्मचारीलाई तलब समेत दिनु परिरहेको छ। यो कम्पनीको आर्थिक वर्ष २०६५÷६६ देखि लेखापरीक्षण समेत हुन सकेको छैन।

 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...