Skip to main content

सुख्खा बन्दरगाह र प्रदर्शनी स्थलमा विश्व बैंकको लगानी

राजधानी नजिकै चोभारमा सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल बनाउन विश्व बैंकले लगानी गर्ने भएको छ। पहिले हिमाल सिमेन्ट कारखाना रहेको जग्गामा एकीकृत रूपमा सुख्खा बन्दरगाह र प्रदर्शनी स्थल बनाउन विश्व बैंक तयार भएको हो।
‘विश्व बैंकले सहुलियत दरको ऋण दिने सैद्धान्तिक सहमति भइसकेको छ,’ नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले भने, ‘लगानी निश्चित भएपछि हामीले गुरुयोजना बनाउन परामर्शदातालाई जिम्मा दिएका छौं।’ विश्व बैंकले सुख्खा बन्दरगाहका लागि करिब १ अर्ब ५० करोड नेपाली रुपैयाँ बराबरको रकम दिइसकेको छ भने प्रदर्शनी स्थल निर्माणको लागत पनि बेहोर्ने सहमति जनाएको छ। 
विश्व बैंकले लगानी गर्ने निश्चित भएपछि बोलपत्रमार्फत छानिएको फुलब्राइट कन्सल्टेन्सी प्रालिले दुवै परियोजनाको गुरुयोजना बनाइरहेको छ। ‘गुरुयोजना बनाएपछि हामी बैंकसँग थप छलफल गरी प्रदर्शनी स्थलका लागि समेत रकम प्रस्ताव गर्नेछौं,’ उनले भने, ‘त्यसपछि विस्तृत अध्ययन गराएर निर्माण सुरु गरिनेछ।’ 
समितिले आगामी पुस सम्ममा गुरुयोजना तयार भइसक्ने अनुमान गरेको छ। ‘सुख्खा बन्दरगाहको विस्तृत योजना फुलब्राइटले नै बनाउने निश्चित भइसकेको छ,’ बस्नेतले भने, ‘प्रदर्शनी स्थलका लागि भने अर्को बोलपत्र आहान हुनेछ।’ हिमाल सिमेन्ट कारखाना रहेको ८ सय १६ रोपनी जग्गामा दुवै परियोजना अघि बढाउनका लागि जग्गा वाणिज्य मन्त्रालयको स्वामित्वमा ल्याइसकिएकाले चाँडै काम अघि बढ्ने बस्नेतले बताए। 
गत आर्थिक वर्षमै जग्गालाई वाणिज्य मन्त्रालयको स्वामित्वमा ल्याइएको हो। हिमाल सिमेन्टको २५ करोड ऋण चुक्ता नभएपछि नेपाल औद्योगिक विकास निगमले जग्गा लिलाम गर्न लागेको थियो। तर, सरकारले रकम चुक्ता गरेर वाणिज्य मन्त्रालयको स्वामित्वमा ल्याएको हो। ८ सय १६ रोपनीमध्ये २ सय रोपनीमा सुख्खा बन्दरगाह र बाँकी रहेको जग्गामा प्रदर्शनी स्थल निर्माण गर्ने समितिको योजना छ। 
अहिले जग्गाको बिचमा घुमाउरो सडक रहेकाले त्यसलाई सीधा बनाई दुइटा परियोजना विकास गरिनेछ। सुख्खा बन्दरगाहमा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल रहनेछन्। आन्तरिक टर्मिनलबाट मुलुकभित्रैबाट राजधानी आउने र राजधानी बाहिर जाने सामान लोड/अनलोड र भण्डारण गर्न सकिनेछ। अन्तर्राष्ट्रिय टर्मिनलमा भने कोलकाता तथा विशाखापट्टनम्बाट आयत गरिएका सामानलाई वीरगन्ज, भैरहवालगायतका नाकामा समेत नखोली सीधैं चोभारसम्म ल्याइनेछ। ‘ट्रकमा कोलकातामै लोड गरिएको कन्टेनरमा चाबी नखोली चोभार सम्म ल्याइनेछ,’ बस्नेतले भने, ‘त्यसको भन्सार जाँचपासलगायत सबै काम यहीँ हुनेछ।’ 
वीरगन्जबाट आयात भएकामध्ये ६५ प्रतिशत सामान थानकोटबाट राजधानी भित्रने गरकाले यस्तो व्यवस्था गर्न लागेको उनले बताए। समितिले गरेको अध्ययनअनुसार वीरगन्जबाट सीधैं राजधानी ल्याएर जाँचपास गरिए अहिलेको लागत कम्तीमा १० प्रतिशतले घट्नेछ। दुवै टर्मिनलमा गरी करिब चार सय ट्रक राख्न मिल्ने गरी बन्दरगाह बताउने तयारी छ। बाँकी रहेको करिब ५ सय रोपनी जग्गामा बन्ने अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थलमा दुई ठूला प्रदर्शनी हल हुनेछन्।

एक–एक हजार मानिस अटाउने यस्ता हलका अतिरिक्त १ हजारभन्दा बढी सवारी साधन अट्ने पार्किङ कक्ष, ५ वटा कन्फेरेन्स हल, २ वटा बैठक हल, ९ सय सिट क्षमताको ‘ओपन थिएटर’, अडिटोरियम, फुडकोर्ट, फायर स्टेसन, प्रहरी चौकी, शौचालयलगायतका संरचनासमेत बन्नेछन्। प्रदर्शनी स्थल सञ्चालनका लागि कार्यालय भवन र बगैंचासमेत निर्माण गर्ने समितिको योजना छ। व्यवसायीहरूले विभिन्न खाले मेला आयोजना गर्नका लागि प्रदर्शनीस्थल अभाव रहेको बताउँदै आएका छन्।
उनीहरूले हरेक वर्षको बजेटअघि यस्तो प्रदर्शनी स्थल बनाउन सरकारलाई सुझाव दिँदै आएका छन्। आर्थिक वर्ष २०७०/७१ को बजेटमार्फत सरकारले चोभारस्थित हिमाल सिमेन्टको जग्गामा प्रदर्शनीस्थल बनाउने घोषणा गरेको थियो। तर, नेपाल औद्योगिक विकास निगमको स्वामित्वमा रहेको जग्गा सरकारी स्वामित्वमा स्थानान्तरणसमेत नहुँदा प्रदर्शनीस्थल निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु