Skip to main content

हुम्लामा पहिलोपटक 'टुजी' मोबाइल

नेपाल टेलिकमले मुलुकका सबै जिल्ला सदरमुकाममा सामान्य गतिको इन्टरनेट समेत चलाउन मिल्ने टेलिफोन सेवा पुर्‍याएको छ ।
गत शनिबार हुम्ला सदरमुकाम सिमिकोटलाई माइक्रोवेभ रेडियोलिंक सञ्जालमा जोड्दै टेलिकमले सबै जिल्लामा इन्टरनेट सहितको टेलिफोन सेवा विस्तार गरेको हो । यसअघि कर्णालीका जिल्लाहरुमा भू-उपग्रह (स्याटलाइट)मार्फत मात्र दूरसञ्चार सेवा चलिरहेको थियो । स्याटलाइटबाट चलेको सेवामा भने मोबाइल र इन्टरनेट चलाउन समस्या हुने गरेको थियो ।
सिमिकोटलाई माइक्रोवेभ सञ्जालमा जोडेपछि अब भने त्यहाका उपभोक्ताले ल्यान्डलाइन फोनमा एडिएसल इन्टरनेट चलाउन सक्नेछन् । यसैगरी मोबाइलमा दोस्रो पुस्ताको (टुजी) इन्टरनेट सेवा जिपिआरएस चल्नेछ । यो जिएसएम र सिडिएमए दुवै नेटवर्कमा उपलब्ध हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैंद्यले जानकारी दिइन् ।
टेलिकमले सिमिकोटलमा १ सय ७० मेगाबाइटस् प्रति सेकेन्ड (एमबीपीएस) गतिको माइक्रोवेभ लिंक स्थापना गरेको हो । यसले सबैखाले टेलिफोन सेवाको गुणस्तर सुधार गर्नेछ । कम्पनीले विस्तार गर्न सकिने स्थानमा अप्टिकल फाइबर र दुर्गममा फाइबरकै गुणस्तरयुक्त माइक्रोवेभ प्रविधिको सञ्जाल विस्तार गरिरहेको छ ।
टेलिकमले सबै जिल्ला सदरमुकाममा यस्तो सेवा विस्तार गरेपनि अझै दुर्गम जिल्लाका ग्रामिण भेगमा भने पुग्न सकिरहेको छैन । सदरमुकाम बाहेकका ग्रामिण क्षेत्रमा समेत यस्तो सेवा विस्तार गर्ने योजना अघि बढाउने जनाएको छ । यसअघि गत असार २१ गते टेलिकमले डोल्पाको सदुरमुकामलाई यस्तै सञ्जालमा जोडेको थियो । यसैगरी गत आर्थिक वर्षमै मुगु सदरमुकाम पनि माइक्रोवेभ रेडियो लिंकमा जोडिएको थियो ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...