Skip to main content

मर्मतको लाइन व्यस्त भए कल ब्याक

बिग्रिएको साधारण टेलिफोन (ल्यान्डलाइन) र इन्टरनेट लाइन (एडीएसएल) बनाइदिन कल गर्दा मर्मत सेवामा फोन उठेन ? वा लामो समयसम्म व्यस्त रह्यो ? चिन्ता नगर्नुस्, अब उतैबाट कल आउने छ र त्यसैमा गुनासो टिपाउन सक्नुहुने छ । तर, यो सेवा पाउन तपाईले अझै केही महिना कुर्नुपर्ने हुन्छ ।
नेपाल टेलिकमले मर्मत सेवालाई व्यवस्थित गर्न ‘कल ब्याक’ सहितको सेवा दिने तयारी गरेकाले उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । ‘कल ब्याक’ सेवा साधारण टेलिफोन, तारयुक्त इन्टरनेट सेवा एडीएसएल र फाइबर टु होम एवं भिस्याट टेलिफोनका ग्राहकले पाउने भएका हुन् । यी सेवाको मर्मत गर्न कल गर्नुपर्ने नम्बर १९८ को प्रणाली सुधार र अपग्रेड सकिएपछि उपभोक्तालाई यस्तो सुविधा हुने छ ।
टेलिकमले हाल यो नम्बरको प्रणाली सुधार गरिरहेको छ भने सोधपुछ सेवालाई जस्तै आउटसोर्सिङ गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले यसअघि नै साधारण फोनको सोधपुछ नम्बर १९७, जीएसएम मोबाइलको सोधपुछ नम्बर १४९८ र सीडीएमएको सोधपुछ नम्बर १९१ लाई आउटसोर्सिङबाट चलाइरहेको छ ।
‘हामीले मर्मत सेवालाई अहिले आईभीआर प्रणालीमा चलाइरहेका छौं,’ टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीले भने, ‘अब भने आउटसोर्सिङमा दिन लागेका हौं, त्यसमा कल ब्याक सहितको सुविधा ग्राहकले पाउने छन् ।’ आईभीआर प्रविधिमा उपभोक्ताले कल गर्दा सिधै अपरेटरले फोन उठाउँदैनन्, प्रणालीले नै कुन सेवाको मर्मत गर्ने हो त्यसका लागि नम्बर डायल गर्न निर्देशित गर्ने गर्छ ।
‘कल ब्याक’ सुविधा टेलिकमको प्रणालीमा जोडिएपछि फोन व्यस्त भए वा नउठे कल गर्नेको रेकर्ड प्रणालीमै रहने छ । त्यसमा लगत्तै कल गर्न प्रणालीले नै सूचित गर्ने छ । सूचनाका आधारमा आउसोर्सिङ कम्पनीका अपरेटरले गुनासोकर्तालाई ‘कल ब्याक’ गरेर विवरण लिई सम्बन्धित निकायमा पठाउने छन् ।

साधारण टेलिफोनको सोधपुछ सेवा प्रभावकारी नभएको गुनासो आएपछि टेलिकमले लागि ९ वर्षअघि टेन्डरमार्फत निजी क्षेत्रका कम्पनी छनोट गरि आउटसोर्सिङबाट चलाउन थालेको थियो । यसैगरी जीएसएम मोबाइल र सीडीएमएको सोधपुछ सेवा करिब ४ वर्षअघि आउटसोर्सिङ गरिएको हो । मर्मत सेवालाई भने टेलिकमले पहिलो पटक आउटसोर्सिङमा दिने प्रक्रिया सुरु गरेको हो ।
कम्पनीले गत बिहीबार सोधपुछ सेवासँगै मर्मतका लागि पनि बोलपत्र आहान गरिसकेको छ । इच्छुक कम्पनीले आगामी भदौ २२ गतेभित्र टेलिकमको वायरलाइन सेवा निर्देशनालयमा आवेदन दिइसक्नु पर्ने छ ।
पहिलेदेखि नै आउटसोर्सिङ गरिएका सेवामा पुनरावलोकनका लागि बोलपत्र आहान गरिएको अधिकारीले बताए । तर, मर्मतका लागि भने पहिलोपटक बोलपत्र मागिएको हो ।
टेलिकमले मर्मत सेवालाई प्रभावकारी र गुनासोरहित बनाउन चाँडै नै अनलाइनबाट गुनासो गर्ने व्यवस्था गर्न लागेको पनि अधिकारीले बताए । ‘अनलाइन र सोसल मिडियाबाट सोधपुछ एवं मर्मतको गुनासो व्यवस्थापन गर्ने प्रणाली पनि हामीले बनाइरहेका छौं,’ उनले भने, ‘त्यसपछि उपभोक्ताको गुनासो सम्बोधन गर्न धेरै सजिलो हुने छ ।’
नेपालको सबैभन्दा धेरै ग्राहक आधार भएको दूरसञ्चार कम्पनी टेलिकमको साधारण टेलिफोन चलाउने ग्राहकको संख्या गत चैत सम्ममा करिब ६ लाख ७० हजार पुगेको छ । यसैगरी एडीएसएल चलाउने ग्राहक १ लाख ७० हजार छन् । उपभोक्ताले एडीएसएल सेवा मर्मत समयमै सम्बोधन नभएको गुनासो धेरै गर्ने गरेका छन् ।
टेलिकमले आगामी तीन महिनाभित्र आउटसोर्सिङ प्रक्रिया पूरा हुने जनाएको छ । त्यसपछि साधारण टेलिफोनसहित एडीएसलको मर्मतसम्बन्धी गुनासो समयमै सम्बोधन हुने अधिकारीले दाबी गरे ।



Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु