Skip to main content

उजुरी गर्दैनन् उपभोक्ता, वास्ता गर्दैन प्राधिकरण

गत शनिबार र आइतबार नेपाल टेलिकमका उपभोक्ताले मोबाइलमा रिचार्ज गर्न पाएनन् । टेलिकमका अधिकारीहरूकै भनाइमा यो समस्याबाट करोडभन्दा बढी ग्राहक प्रभावित भए । बिनासूचना दुई दिनसम्म सेवा अवरुद्ध हुँदासमेत टेलिफोन सेवाको नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा एउटा पनि उजुरी भने परेन ।
धेरैले सामाजिक सञ्जालमा टेलिकमलाई गाली गरे । केहीले हेल्लो सरकार र प्रहरीलाई फोन गरेर यो समस्या जानकारी गराए । तर, टेलिकम क्षेत्रकै नियमन गर्ने निकाय प्राधिकरणमा भने कसैले उजुरी गरेनन् । यो त पछिल्लो उदाहरण मात्र हो, मोबाइल, इन्टरनेट, टेलिफोनलगायत सेवाको गुणस्तर खस्किँदा होस् या सेवा प्रदायकले ठगी गर्दा, उपभोक्ता उजुरी गर्न जरुरी ठान्दैनन् न त प्राधिकरणले नै उपभोक्तालाई उजुरी गर्न प्रोत्साहित गरिरहेको छ ।
‘धेरै उपभोक्तालाई हामी उजुरी लिन्छौं भन्ने जानकारी नै छैन,’ प्राधिकरणकै अधिकारीहरू स्विकार्छन्, ‘दूरसञ्चारको नियमन गर्ने निकाय छ भन्ने हामीले अहिलेसम्म जनतालाई बुझाउन सकेका छैनांै ।’ प्राधिकरणबारे बेखबर उभोक्ता कुनै पनि माध्यमबाट उजुरी गर्दैनन् । प्राधिकरणसमेत अन्य माध्यमबाट आएका उजुरीलाई उचित सम्बोधन गर्दैन ।
‘हेल्लो सरकारबाट केही उजुरी आउँछन्, हामी तिनलाई समाधान गर भनेर सेवा प्रदायकलाई पत्र लेखिदिन्छौं,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘त्यसपछि हाम्रो प्रगतिमा उजुरी फस्र्योट भइहाल्छ, उपभोक्ताले न्याय पायो/पाएन भन्ने कसैलाई मतलव छैन ।’
दूरसञ्चार ऐन २०५३ अनुसार गठन भएको प्राधिकरणले सेवा सञ्चालनको अनुमति दिने मात्र होइन, कम्पनीहरूको अनुगमन गर्ने, उपभोक्ताको गुनासो लिने र गल्ती गर्नेलाई कारबाही गर्नेसम्मको अधिकार पाएको छ ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...