Skip to main content

ढुङ्गाको हतियार बोक्ने विद्रोही

१६ औ शताब्दीको अन्त्यतिर मुगलले कश्मिरमा कब्जा जमाए । तिनले श्रीनगरको पहाडमा किल्ला बनाए । कश्मीरमा एउटा किंवदन्ती प्रचलित छ– ‘जब मुगल सैनिक चुचुरोबाट तलतिर झर्थे तिनले आक्रोशित कश्मीरी युवाका हातबाट ढुङ्गाको स्वागत पाउथे । भिन्न–भिन्न समूहमा छरिएका युवाले ढुङ्गा वर्षाउदै मुगल सेनालाई हायलकायल पार्थे । त्यसैले ती युवाले उपाधी पाएका थिए–दिलवार अर्थात बहादुर ।’ 

चार शताब्दीपछि त्यही आदिम ढुङ्गे हतियार अर्को पुस्ताका आक्रोशित कश्मीरी युवाको रोजाई र जीवनको अभिन्न अंग बनेको छ । तिनीहरु भन्छन्– उनीहरु ढुङ्गे हतियारमार्फत स्वतन्त्रताको झिल्का बालिरहेका छन् । संयोग नै मान्नुपर्छ ४ सय ३० वर्षपछि पनि नवहट्टा ढुङ्गे हतियार प्रदर्शनको केन्द्र बनिरहेको छ, जहाँ इतिहासको कुनै कालखण्डमा युवा कश्मीरीले मुगल सेनालाई ढुङ्गा हान्दै धपाउथे । 
ढुङ्गामुढाको श्रृङ्खला श्रीनगरको डाउनटाउनमा सीमित छैन । गाँउ–सहर हुदै यो मुसलमान बहुल जम्मुको चेनाव उपत्यकासम्म फैलिएको छ । सन् २००८ को अमरनाथ गुठीमा वनक्षेत्र सार्ने निर्णयपछि बढ्न थालेको ढुङ्गामुढा श्रृङ्खला २०१० को आन्दोलनपछि अझै बढ्यो । त्यसपछिका वर्षहरुमा ढुङ्गामुढा हरेक शुक्रबारे प्रार्थनापछिको साप्ताहिक कर्म बन्यो, जुन यसपालीको वर्षायाममा कश्मीरी युवाको दैनिकी नै भयो ।  
५२ दिन लामो कफ्र्यु सकिएपछि पनि कश्मीरी सडक सामान्यीकरणतर्फ उन्मुख छैनन् । सामान्य छ त–युवाको समूह र तिनका हातमा उही आदीम ढुङ्गे हतियार ।
शिक्षित र प्रविधिप्रेमी यी युवाले किन गहिरो घृणा पालिरहेका छन् ? तिनीहरुको ‘आजादी’को अवधारणा के हो ? के ले तिनलाई ज्यान दिन प्रेरित गरिरहेको छ ? ढुङ्गामुढाका पछाडी कसैको लगानी पो छ की ? यी र यस्तै धेरै प्रश्नको उत्तर खोज्न आउटलुकले कडा कफ्र्युकाबिच बेचैन डाउनटाउन पुगी चारजना युवा ढुङ्गामुढाकर्तालाई भेट्यो । जहा भित्ताभरी लेखिएको थियो– ‘गो इन्डिया गो ब्याक’, ‘इन्डियन डग्स् गो ब्याक’ र ‘पाकिस्तान जिन्दावाद ।’ 
चार युवा, जो किशोरावस्था पार गर्दैछन्, तिनले क्यामेरासामु अनुहार देखाउन मानेनन् अनि आफ्नो पहिलो नाम मात्र सार्वजनिक गर्न चाहे । तिनले सुरक्षा फौजद्वारा गरिने दुव्र्यवहार, यातना, ज्यादती र अपमान बारे एकै खालको अनुभव सुनाए । जुन उनीहरुले देखेका मात्र हैनन्, अनुभव समेत गरेका छन् । तिनले ढुङ्गामुढा असन्तुष्टी र विद्रोही मनोदशा जाहेर गर्ने एक माध्यम भएको स्वीकारे । ‘ढुङ्गा हानेर हामी राजनीतिक अभिव्यक्ति दिइरहेका छौ,’ तिनको कथन छ, ‘भारत एक अतिक्रमणकारी हो, जुन हामीलाई मान्य छैन ।’ 
युवाको मनमा रहेको अन्तिम कुरा भनेको सफल ‘करियर’ बनाउनु नै हो । पृथक्तावादी, पाकिस्तान वा पाकिस्तानी गुप्तचर संस्था आइएसआइबाट पैसा पाएर तिनीहरु ढुङ्गामुढा गर्छन् भन्ने जिज्ञासालाई सबै युवाले हाँसोमा उडाए (हुन त भारतीय प्रशासन संयन्त्र समेत पैसाका लागि ढुङ्गामुढा हुन्छ भन्ने पुष्टी गर्न असमर्थ भइसकेको छ) । उनीहरुलाई थाह छ–तिनको ढुङ्गाले कश्मीरमा भारतको शासन अन्त्य हुने छैन, निकट भविश्यमा भइहाल्ला भन्ने संकेत पनि छैन । अनि तिनलाई थाहा छ–ढुङ्गाले केवल गोली, पेलेट र अश्र्रुग्यासलाई मात्र निम्ता दिन्छ, जसले उनीहरुलाई जीवनभरका लागि अन्धो बनाउन सक्छ र मृत्युको मुखमा पुर्‍याउन सक्छ ।

मूलधारका केही समूहद्वारा गरिने शंकाजस्तो यी युवालाई कुनै धार्मिक उत्तेजनाले सडकसम्म तानेर ल्याएको हैन । यद्यपी उनीहरु पाकिस्तान समर्थित मुखौटा लगाउन, झण्डा देखाउन र कहिले त इस्लामिक स्टेटको झण्डा उचाल्न पछि पर्दैनन् । तर कसैले पनि कुराकानीमा इस्लाम र कश्मीरमा इस्लामीकरण बारे उच्चारण समेत गरेनन् । ती चार ढुङ्गामुढाधारी युवाको कथा उनीहरुकै शब्दमा : 
फारुक (१७), विद्यार्थी : मेरा तीन दिदीबहिनी छन् । बा बुढो भइसक्नुभयो, परिवारले मलाई नै पालनकर्ताको रुपमा हेर्छ । मलाई थाहा छ, ढुङ्गामुढामा सहभागी भएकाले म प्रहरी खोजी सूचीको अग्रपंक्तिमा छु । चाडै नै म पक्राउ पर्न सक्छु, थुनिन र मारिन सक्छु । मलाई यो पनि थाहा छ, पक्राउपछि मेरा बा अथवा दिदीबहिनी स्थानिय थानेदारसँग मेरो जीवनको भीख माग्न र घुस खुवाउन तयार हुनेछन् । यत्ति हुदाहुदै पनि मैले ढुङ्गा हान्ने अभियानलाई रोजेको छु । जब म सुरक्षाफौजलाई ढुङ्गा हानिरहेको हुन्छु, मलाई थाहा हुन्छ म मारिन पनि सक्छु । तर, ममा पक्राउ पर्ने र मारिने डर हराइसकेको छ । परिवारले समेत अहिले यो कुरा बुझिसकेका छन् । पहिले उनीहरुले मलाई रोक्ने कोशिस गर्थे, अहिले गर्दैनन् । 
जब तपाई मृत्युलाई एकदमै नजिक देख्नुहुन्छ, जीवन अर्थहिन र खाली–खाली लाग्छ । मभित्र आक्रोशको ज्वाला बढिरहेको छ । यस्तो अवस्थामा कुन बेला अतिवादी बन्छु दिमागले समेत थाहा नपाउन सक्छ । विगत ५० दिनमा म मुस्किलले कुनै रात घरमा बसे होला । मेरा अभिभावक र दिदीबहिनी लामो समयसम्म मलाई भेट्न आतुर भइरहे । तर मलाई थाहा छ ‘आजादी’ यति सस्तोमा आउदैन । तपाइले आफ्नो लक्ष्य प्राप्तिका लागि त्याग गर्न छाड्नु हँुदैन । मैले २०१० को आन्दोलनमा धेरै साथीहरु गुमाए, जबकी म त्यसबेला मात्र ११ वर्षको थिए । यसै वर्ष पनि यासिर नामको साथी मेरै अगाडी गोली लागेर मर्‍यो । जब तपाई त्यस्तो घटना आफ्नै आँखा अगाडी देख्नुहुन्छ, तपाईलाई कसैले पनि ढुङ्गा हान्न उत्प्रेरित गरिरहनु पर्दैन । 
हामीले ढुङ्गा हान्दा सुरक्षा फौजको अश्लिल कटाक्षभन्दा कम केही पनि पाउदैनौ । तपाईलाई लाग्छ दुई चार सयका लागि कोही गोली र पेलेट खान तयार हुन्छ ? तपाईलाई थाहा छ, गोली लाग्दा वा अश्रुग्यास खादा कस्तो दुख्छ भनेर ? त्यो पीडा मृत्यु बराबरको हुन्छ । भारतीय फौज भन्छ–तिनीहरु हाम्रो सुरक्षाका लागि आएका हुन् । यो सरासर गलत हो । तिनीहरुलाई पो पैसा दिइएको छ हामीलाई मार्नका लागि । यो अभियान त्यसबेला रोकिन्छ, जब अन्तिम भारतीय सेना कश्मीरबाट फर्किन्छ । म ‘आजादी’को बिहानी त देखिरहेको छैन, तर पनि अहिले आन्दोलन जारी राख्नु हाम्रो कर्तव्य हो । स्वतन्त्रताको झिल्कालाई हामीले अघि बढाइरहनु पर्छ । एकदिन हामी एउटा स्वतन्त्र मुलुक बन्नेछौ । 

बसिर (१९), बिक्रेता : ढुङ्गामुढा गर्नु क्रिकेट खेल्नु होइन । यो त बन्दुक बोक्नु र हतियारधारी समूहको सदस्य बन्नु जत्तिकै संवेदनशील हो । यो भारत विरुद्ध फरक तरिकाको विद्रोह हो । मैले सुनेको छु, यहुदीहरु ढुङ्गा हानेकै आरोपमा प्यालेस्टाइनीलाई २० वर्ष थुन्छन् । मलाई लाग्छ, त्यस्तै कानुन कश्मीरमा पनि आउदैछ, आउनसक्नेछ । यत्ति हो त्यस्ता कानुनले हामीलाई थप कठोर बनाउनेछ, हामीले हान्ने ढुङ्गा जस्तै । 
हामीलाई ढुङ्गा हान्न कसैले पैसा दिएको छैन । भारतीयहरु भन्छन्–ढुङ्गामुढा गर्नेलाई पाकिस्तानले ५ सय रुपैयाँ दिन्छ । तपाईलाई लाग्छ, मात्र ५ सय रुपैयाँका लागि म गोली खान तयार भएको हुँला ? त्यो त एकदमै सस्तो भएन एउटा जीवनदान गर्नलाई ? ढुङ्गा हानिसकेपछिको अवस्था भनेको जाहेरी, यातना, जेल र परिवारलाई लगातारको दुव्र्यवहार हो । ५ सय रुपैयाँका लागि कस्ले यस्तो त्रासदीपूर्ण कदम उठाउन तयार हुन्छ ? 
अश्रुग्यासबाट बच्न आँखा वरिपरी मञ्जन दल्दा र जिब्रोमुनी नुन राख्दा सहयोग पुग्छ । त्यसबाहेक हामीसँग अरु कुन विकल्प बच्न सक्छ र ? जब तिनीहरु शान्तिपूर्ण प्रदर्शनलाई समेत अश्रुग्यास र गोलीले जवाफ दिन्छन् भने । हामी ढुङ्गाबाट नै आफुलाई कठोर बनाउन सक्छौ । २००८ मा बालख नै थिए जब पहिलो पटक मैले सुरक्षा फौज विरुद्ध ढुङ्गा उठाए । त्यसपछिदेखि ममा भारतप्रतिको घृणा उकालो लागेको लाग्यै छ । तर सबैभन्दा ठूलो चिन्ताको विषय भनेको नेताहरुले हामीलाई २००८ र २०१० मा जस्तै हामीलाई बेच्नु हुदैन भन्ने हो । यसपटक पनि हाम्रा नेताहरुले कश्मीर समस्या समाधानका लागि उपयुक्त कदम उठाएनन् भने म यातनाकारी फौजसँग भिड्न सडकमा निस्किरहने छैन । 
मेरो दाजु भारतीय प्रहरी हुन् भन्दा तपाईलाई अचम्म लाग्छ सक्ला । तर मेरा लागि उ पनि अरु सिआरपिएफ (सेन्ट्रल रिजर्भ पुलिस फोर्स) जवान जस्तै हो । दुवै कश्मीरमा भारतको प्रतिनिधित्व गर्छन् । उसले भारत एउटा दमनकारी हो भन्ने बुझेको छ, त्यैपनि उसले भारतकै पक्ष लियो । कहिलेकाही हाम्रो तर्क वितर्कले वादविवादको रुप लिन्छ । यसर्थ म दमनकारी विरुद्ध घरभित्र र घर बाहिर संगसगै लडिरहेको छु ।
वामिक (१५), विद्यार्थी : केही समयअघि मात्र मेरो पेटमा गोली लाग्यो र म गम्भिर घाइते भए । सुरक्षाफौजले मलाई ‘प्वाइन्ट ब्ल्याङ्क रेन्ज’ बाट मार्नकै लागि ताकेर गोली हानेको थियो । तर, भगवानको कृपाले म बाचे र चाडै निको भएँ । म घाइते भएको थाहा पाएपछि मेरा बा आमाले मलाई ढुङ्गामुढा नगर्न अनुनय विनय गरे । उनीहरुलाई मैले कुनै नखरा नपारीकन भने म सहादत प्राप्त गर्न चाहन्छु । केही दिन अघि श्रीनगर डाउनटाउनको फत्तेकदलमा प्रहरीले इरफान नामको १८ वर्षीय साथीलाई मार्‍यो । यो एकदमै दुखद घटना हो । इरफान म जस्ता धेरै ढुङ्गामुढा गर्ने युवा जन्माउने मान्छे थियो । उसका विरुद्ध श्रीनगरका विभिन्न प्रहरी चौकीमा २१ वटा त जाहेरी मात्र दर्ता थिए । तिनीहरुले उसलाई सिकारी कुकुरले खोजेझै खोजिरहेका थिए । दुई वटी विवाह नगरेका बहिनी र विधवा आमा नभएको भए उ धेरै पहिले कुनै ससस्त्र समूहको सदस्य भइसकेको हुने थियो । म अझै पनि उ जस्तै ढुङ्गामुढा गर्ने युवा कश्मीरभर खोजिरहेको छु । अहिले बन्दुक सजिलै पाइदैन, यद्यपी मैले एउटा खोज्ने कडा प्रयत्न गरेको थिए । त्यसैले बन्दुकको साटो ढुङ्गा बोकिरहेको छु । म हातमा बन्दुक बोकेर लड्दै गरेको हाम्रो दाजुभाई र हातमा ढुङ्गा बोकेर मारिएकोमा कुनै फरक देख्दिन । तिनीहरु हाम्रा लागि एकै हुन्, कश्मीरको स्वतन्त्रताका लागि सहिद हुन् । 
हाम्रा हातले उठाउने ढुङ्गा भारतीयका लागि चिन्ताको विषय बनेको छ । तिनीहरुले अहिले आफ्ना एजेन्टलाई हामै्र पथमा लगाइरहेका छन् । तर यसले हाम्रो अभियान समाप्त पार्न सक्दैन । २०१० मा पिपुल्स डेमोक्र्याटिक पार्टी (पिडिपी)का भिजिलान्ते थिए अहिले नेसनल कन्फ्रेरेन्सका छन् । मैले तिनीहरुलाई देखेको छु । भारत भाडामा ढुङ्गा हान्नेको कुरा गर्छ भन्ने तिनीहरु होलान् । तिनको आरोप सत्य होला । तर भारतीयहरु पाकिस्तान वा हुरियतले पैसा दिएर हामीले ढुङ्गा हानेको भन्छ भने त्यो आधारहिन आरोप बाहेक केही होइन । म कुनै राजनीतिक दल वा नेतालाई मान्दिन । साँच्चै भन्ने हो भने हामीले हान्ने ढुङ्गालाई सबै राजनीतिक दल र तिनका नेताले चुनौतीकोरुपमा लिन्छन् । जबसम्म ढुङ्गामुढा चलिरहन्छ, तिनको यहा केही जोर चल्दैन । मैले व्यक्तिगतरुपमा कुनै हुरियत नेतालाई भेटेको छैन । तर म तिनलाई सम्मान गर्छु अनि तिनले गर्ने शान्तिपूर्ण प्रदर्शनमा सहभागी समेत हुन्छु । म ढुङ्गा र तर्कद्वारा लडिरहेको छु । मेरा दुइजना काका प्रहरीमा काम गर्थे तर मैले एउटालाई राजिनामा गर्न राजी गराए । 
केही व्यक्तिहरु हामीलाई हाम्रो अभियानको प्रतिक्रिया खतरनाक हुन्छ भन्दै निरुत्साहित गर्न खोज्छन् । त्यो त हामीले देखि सकेका छौ । रातीराती मैले मेरो घाउमा मलम पट्टी लगाउन दौडेको छु । म मेरा शत्रुलाई भन्न चाहन्छु– कश्मीरमा ढुङ्गा हान्न बन्द गर । आखिर तिनीहरुले सबै ढुङ्गा हान्नेलाई मार्न सक्छन् र ? के हामीसँग हिंसाले बनाएका ५० हजार टुहुरा बालबालिका छैनन् र ? 
रायन (१५), विद्यार्थी : मलाई थाहा छ, ढुङ्गा हान्दैमा भारतीय शासन सकिने छैन । भारत शक्तिशाली मुलुक हो र हामीलाई तह लगाउन युद्ध सम्बन्धी सबैखाले हत्कण्डा अपनाउछ । तर यो सांकेतिक प्रतिरोध हो । हामी भारतलाई भन्न चाहन्छौ– ‘तँ हाम्रो भुभागमा शासन जमाउन सक्छन्, तर हाम्रो मन मस्तिष्कमा सक्दैनस् ।’ जब तपाई ८ वर्षको बालक समेत मरणासन्न हुने गरि कुटिएको देख्नुहुन्छ तब सामान्य अवस्थाको कल्पना गर्न सक्नुहुन्न । तपाई अतिक्रमणकारीलाई घृणा गर्न थाल्नुहुन्छ अनि जे सक्नुहुन्छ त्यहि गर्नुहुन्छ, जसले गर्दा त्यसलाई पनि चित्त दुखोस् । ‘आजादी मार्च’ का लागि कसैले लगानी गरेको हुनसक्ला तर ढुङ्गामुढाका लागि कसैको पैसा आएको छैन । जसले पैसाका लागी हामी ढुङ्गा हान्छौ भन्छ, त्यसले कश्मीरी मनोबिज्ञान बुझेकै छैन । यदी १९९० ताकाजस्तो बन्दुक सजिलै उपलब्ध हुने भए अहिले पनि यहा बन्दुकको मार्चपास हुन्थ्यो । म त्यस्तै होस भन्ने चाहन्छु । त्यस्तो भए पहिलेको भन्दा व्यवस्थित आन्दोलन हुने थियो । बन्दुक उठाउने म सायद पहिलो युवा हुन्थे । 
कश्मीरी नेतृत्वले शान्तिपूर्णरुपमा समस्या समाधान गर्न खोजेको हो । तर, हरेक पल्ट हामीलाई धोका भएको छ । वास्तवमा नयाँ दिल्लीलाई पटक–पटक विश्वास गर्नु हाम्रा नेताहरुमा समझको अभाव हो । तर नयाँ दिल्लीले के बुझ्न जरुरी छ भने, जत्ति उसले कश्मीरमा दमन गर्छ उत्ति नै बढी उस विरुद्धको रोष उत्पन्न गराउनेछ । स्वतन्त्रता धेरै टाढाको कुरा होला, तर प्रतिरोध हाम्रो रगतमा छ, त्यसैले हामी प्रतिरोधलाई अघि बढाई रहनेछौ ।
(भारत प्रशासित कश्मिरमा उग्रवादी युवा बुरहान वानीलाई सुरक्षा फौजले मारेपछि गएको दुई महिनादेखि हिंसा भड्किएको छ । स्थानीय सञ्चार माध्यमका अनलाइन संस्करणमा जनाइए अनुसार आइतबारसम्म ७९ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । ११ हजार ५ सयभन्दा बढी घाइते छन् । अझै श्रीनगरका कतिपय स्थानमा कफ्र्यु जारी छ । पुरानो श्रीनगर क्षेत्रमा दैनिक स्थानीय युवा र सुरक्षा फौजबीच ढुङ्गामुढा भइरहेको छ । यस्तो खाले ढुङ्गामुढाको श्रृङ्खला पहिलो पटक सन् २००८ मा सुरु भएको थियो । गत वर्षसम्म सातामा एक–दुई पटक हुने ढुङ्गामुढा हाल दैनिक भइरहेको छ । श्रीनगरको ढुङ्गामुढा र त्यसमा सहभागी युवाको मनविज्ञान बारे अन्तर्राष्ट्रिय चर्चा हुने गर्छ । यसै साताको आउटलुकमा सोही विषयमा स्थलगत रिर्पोट प्राकशित भएको छ । यहाँ आउटलुकमा प्रकाशित ‘आर्मड विथ दी ओरिजिनल वेपन’ रिपोर्टको नेपाली भावानुवाद प्रकाशित गरेका छौं । ) 
सौकत ए मोट्टा (आसिफ सुल्तानको सहयोगमा) श्रीनगरबाट  
तस्बिरहरु: आउटलुक

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु