Skip to main content

राजधानीमा मेलैमेला

चउरमा सवारी साधन राख्न बनाइएको ‘प्याभेलियन’ हटाइएकै थिएन । हलभित्र टाँसिएका विभिन्न गाडी र बाइकका पोस्टर यत्रतत्र टाँसिएकै थिए । बिहीबार बिहानसम्म सवारी मेलाको छनक दिने दृश्य दिउँसोसम्ममा एकाएक बदलिएर सूचना प्रविधि प्रदर्शनी केन्द्र बन्यो ।
भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रको व्यस्तता देखाउने दृश्य हो यो । बहुसंख्यक नेपालीले मनाउने ठूला चाडपर्व दसैंतिहार, छठ नजिकिँदा भृकुटीमण्डप बर्सेनि व्यस्त हुने गर्छ । पोहोर–परार जसरी व्यस्त थियो यसपालि पनि त्यही क्रम दोहोरिँदै छ । ‘आइतबारसम्म क्यान कमटेक, बुधबारदेखि हाउस अफ राजकर्णिकारको मेला अनि असोज ५ गतेदेखि चेम्बरको,’ मेलास्थल खाली नभएको जानकारी दिँदै बुकिङ शाखाका कर्मचारी रामप्रसाद ढकालले एकै सासमा भने, ‘तिहारअघिसम्म पूरै प्याक छ, न हल खाली छ न चौर ।’
ठूला चाडपर्व नजिकिँदै जाँदा उपभोक्ता मनोविज्ञान खरिदमैत्री हुन्छ । कामकाजीहरूले दसैं बोनसलगायत अतिरिक्त कमाइ गर्छन् । विदेशबाट दसैंतिहार ताकेर आउनेहरू पनि निकै हुन्छन् । उपभोक्ताको यही मनोविज्ञानलाई ‘क्यास’ गर्न चाहन्छन् व्यवसायी पनि । उपभोक्ताको किनमेल गर्ने र व्यापारीको सकेसम्म धेरै बिक्री गर्ने चाहना मिल्दा अहिले राजधानी मेला तथा प्रदर्शनीमय भएको छ ।
विभिन्न खाले मेलाहरू भृकुटीमण्डपमा मात्र सीमित छैनन् । राजधानीका ठूला सपिङ मलदेखि विभिन्न बिक्री केन्द्रसम्ममा अहिले फरकफरक मेला लाग्न थालेका छन् । ‘अरू बेलाका मेलामा खासै अवलोकनकर्ता आउँदैनन्,’ ललितपुर मलमा सुरु हुने मोबाइल मेलाका आयोजक पुरुषोत्तम बस्नेत भन्छन्, ‘चाडवाड अघिकोमा भने अवलोकनकर्ता आउने मात्र होइन धेरै किनमेलसमेत गर्छन् ।’ उपभोक्ताको चाहना अधिक किनमेलमा हुने भएकाले चाडवाड अगाडि व्यवसायी र व्यावसायिक संस्थाहरूले छुटसहितका मेलाहरू आयोजना गर्ने गरेका हुन् । मोबाइल मेलामा पनि ७ देखि ७० प्रतिशतसम्म छुट दिइएको बस्नेत बताउँछन् ।
उसो त उनीहरूले गर्ने जस्तै मोबाइल सुन्धारास्थित सीटीसी मलमा पनि सुरु हुँदै छ । अर्को साता सुरु हुने मेलामा पनि विशेष छुट दिइने आयोजकको दाबी छ । तीजको अवसरमा राजधानीकै विशाल बजारमा मेला भएको थियो भने अरू मलहरूले पनि दसैंको अवसरमा विभिन्न मेला आयोजना गर्दै छन् ।
चाडवाड ताकेर मेला आयोजना गर्नेका कारण भृकुटीमण्डपको प्रदर्शनी हल र चौर भदौदेखि कात्तिकसम्म सधैंजसो ‘बुकिङ’ हुने गरेको प्रदर्शनी कक्षको स्वामित्व रहेको समाजकल्याण परिषद्का सूचना अधिकारी बोधराज दाहाल बताउँछन् । ‘चाडपर्व आउनै लाग्दा मेला आयोजना गर्नेहरूको लहर नै चल्छ,’ उनले भने, ‘यस बेला मेलास्थल खाली हुनै पाउँदैन ।’ भृकुटीमण्डप व्यवस्थापन गर्ने परिषद्का कर्मचारीहरूका अनुसार चाडपर्वको बेला मेलास्थल पाउन उच्च अधिकारी र मन्त्रीसम्मको ‘सोर्सफोर्स’ लगाउने
समेत हुन्छन् ।

भृकुटीमण्डपको हल र त्यससँगै रहेको चौरसहित भाडामा लिन दैनिक १ लाख ५० हजार रुपैयाँ तिर्नुपर्छ । यसैगरी बाहिरपट्टिको चउर भाडामा लिन भने दैनिक ६० हजार रुपैयाँ तिर्नुपर्छ ।
राजधानीमा भृकुटीमण्डपजस्तो पायक पर्ने स्थानमा खाली जग्गासमेत नभएकाले गर्दा पनि यो केन्द्र चाडपर्वका बेला सबैभन्दा धेरै व्यस्त हुने गरेको हो । वर्षभर कुल ४० देखि ५० मेला आयोजना हुने भृकुटीमण्डपमा सबैभन्दा चाप भदौदेखि कात्तिकसम्म नै पर्ने गर्छ । तर, चाडपर्वका बेला मात्र होइन अरू बेलासमेत विभिन्न खाले मेला आयोजना गर्नेका लागि प्रदर्शनी स्थलको भने अभाव छ ।
बिहीबार सूचना प्रविधि मेलाको उद्घाटनका बेलासमेत व्यवसायीले मेलास्थल बनाउन माग गरेका थिए । नेपालल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरले सरकारलाई प्रदर्शनी स्थल बनाउने प्रक्रिया अघि बढाउन माग गरेका थिए ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...