Skip to main content

टेलिकम प्रमुखमा १३ प्रतिस्पर्धी

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि कम्पनी भित्रका ९ सहित १३ जनाले आवेदन दिएका छन्। प्रतिस्पर्धात्मक प्रणालीबाट टेलिकम प्रमुख छनोट गर्न प्रस्ताव आह्वान गरिएको आइतबार अन्तिम दिन हो।
‘अन्तिम दिनसम्ममा कुल १३ जनाको आवेदन परेको छ,’ पहिलो पटक प्रतिस्पर्धाबाट टेलिकम प्रमुख छनोटका लागि बनेको सिफारिस समितिका संयोजक एवं सूचना तथा सञ्चारसचिव दिनेशकुमार थपलियाले भने, ‘आवेदकको प्रस्ताव हेरेर हामी ६ जनाको छोटो सूची प्रकाशित गर्ने छौं।’ छोटो सूचीमा परेकासँग भने समितिले अन्तर्वार्ता लिने छ। त्यसपछि तीन जनाको नाम समितिले मन्त्रिपरिषद्मा पठाउने छ।
समितिसमक्ष आवेदन दिनेमा हालका प्रबन्ध निर्देशक बुद्ध्रिप्रसाद आचार्यसहित टेलिकमकी नायब प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, कम्पनी सचिव गोकर्णप्रसाद सिटौला, मानव संसाधन प्रमुख रवीन्द्र झा, प्रबन्धकहरू मचुतानन्द वैद्य, सुनिलकुमार पोखरेल, प्रतिमा प्रधान, राजुबाबु अर्याल र गुणकेशरी प्रधान रहेका छन्। यसैगरी दीपकराज जोशी, अनिलकुमार झा, मदन खरेल र नगेन्द्र झाले पनि टेलिकम प्रमुखका लागि आवेदन दिएका छन्।
टेलिकमबाट आवेदन दिनेमा राजभण्डारी, झा, वैद्य, पोखरेल र गुणकेशरी एवं प्रतिमा प्राविधिक समूहका हुन् भने आचार्य, अर्याल र सिटौला अप्राविधिक समूहका हुन्। सिफारिस समितिले गत असार असार २५ मा २१ दिने म्यादसहित टेलिकम प्रमुखका लागि आवेदन आहवान गरेको थियो। वर्तमान प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको कार्यकाल आगामी भदौ २० मा सकिने भएकाले सरकारले नयाँ प्रबन्ध निर्देशकको खोजी सुरु गरेको हो।
सञ्चारसचिव थपलिया संयोजकत्वको समितिमा पाँच जना सदस्य छन्। समितिका अन्य सदस्यमा सञ्चार मन्त्रालयका पूर्वसहसचिवहरू नारायणप्रसाद सञ्जेल एवं कविराज खनाल, टेलिकमका पूर्वप्रबन्ध निर्देशक अमरनाथ सिंह र राष्ट्रिय सूचना प्रविधि परिषद् सदस्य वसन्त वन रहेका छन्।
सरकारले गत वर्ष असोज २२ मा निर्देशिका बनाएर प्रतिस्पर्धा गराउने प्रणाली अपनाएको हो। निर्देशिकामा दूरसञ्चार क्षेत्रमा काम गरेकालाई मात्र प्रबन्ध निर्देशक बनाउन पाइने व्यवस्था भएकामा गत जेठ १३ मा सरकारले संशोधन गरेको थियो। संशोधनमा दूरसञ्चार क्षेत्र बाहेकका त्यस्तै खाले संस्थामा काम गरेकाले समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। नयाँ व्यवस्थाअनुसार टेलिकम वा टेलिकमजस्तै सेवा प्रदायकमा पूर्ण एवं आंशिक स्वामित्वको जुनसुकै सरकारी संस्थानको अधिकृत स्तरमा कम्तीमा १५ वर्ष काम गरेको नागरिकले आवेदन दिन पाउने छन्।
४० वर्ष पूरा भई ५८ वर्ष ननाघेको र वाणिज्य, विकास, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, सूचना प्रविधि, कानुन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर गरेको नेपाली नागरिकले आवेदन दिन सक्ने मापदण्ड सरकारले बनाएको हो। आवेदकले १५ पृष्ठसम्मको व्यावसायिक कार्ययोजना एवं तीन पृष्ठको व्यक्तिगत विवरणसहित समितिको कार्यालयमा निवेदन दिएका हुन्। प्रतिस्पर्धामा सहभागी टेलिकमको अधिकृत स्तरका कर्मचारीले अतिरिक्त ३ नम्बर पाउने छन्। टेलिकमको प्रबन्ध निर्देशकले मासिक २ लाख रुपैयाँ पारिश्रमिक पाउने छन्। यसका अतिरिक्त सवारी, इन्धन, आवासलगायत भत्ता पनि पाउने छन्। पहिलो पटकका लागि सरकारले तीनवर्षे कार्यकाल तोक्ने छ। तर, प्रबन्ध निर्देशकको कार्य सन्तोषजनक भएमा सरकारले थप दुई वर्षका लागि म्याद थप्न सक्ने छ। यसका लागि कम्पनीको सञ्चालक समितिले कार्यमूल्यांकन सिफारिस गर्नुपर्ने छ।


Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु