Skip to main content

वालमार्टमा नेपाली अल्लोको माग

अल्लो, गाजा र बासलगायतका प्राकृतिक रेसाबाट नेपाली साना व्यवसायीले  उत्पदन गरेका कपडा अमेरिकी चेन स्टोरहरुले बिक्री गर्ने भएका छन्।
अमेरिकामा भएको व्यापार मेलामा भाग लिन गएका नेपाली साना
‘हामीले केही चेन स्टोरसँग प्राकृतिक रेसाजन्य वस्तु आपूर्ति गर्ने सम्झौता गरेर आएका छौ,’ नेपाल एप्पारेल्स एन्ड नेचुरल फाइबर प्रालिका सञ्चालक श्यामप्रसाद गिरीले भने, ‘अहिले उनीहरुको अर्डर पुरा गर्न लागिपरेका छौ।’
अमेरिकाको ओक्सस्थित ग्रेटर फिलाडेल्फिया एक्स्पो सेन्टरमा गत साउन ६ देखि ८ गतेसम्म सञ्चालित फिलाडेल्फिया गिफ्ट सो २०१३ मा सात नेपाली कम्पनीले भाग लिएका थिए। त्यसक्रममा ठूला र विश्वस्तरिय चेन स्टोरले समेत नेपाली प्राकृतिक रेसाजन्य कपडा अर्डर गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले बताए।
महासंघको पहलमा मेलामा सहभागी भएका व्यवसायीहरुले केही चेन स्टोरको अर्डर लिएर आएका छन्। मेलामा आएका वालमार्टका प्रतिनिधीले समेत नेपाली प्राकृतिक रेसाजन्य कपडा अर्डर गरेको गिरीले बताए। ‘मलाई एकैपटकमा ५ हजार मिटर अल्लोको कपडा सप्लाई गरिदिनु भनेका थिए,’ गिरीले भने, ‘हामीले एकैपटक त्यत्रो ठूलो मात्रामा कपडा आपूर्ति गर्न सक्ने अवस्था छैन।’ उनले अर्डर पुरा गर्न सक्ने अवस्था नभएकाले वालमार्टका प्रतिनिधिलाई कपडा दिननसक्ने जानकारी दिएको बताए।

प्राकृतिक रेसाबाट बनेका र अर्गानिक उत्पादन भएकाले धेरै अमेरिकीको रोजाइमा यस्ता कपडा परेको गिरीले जानकारी दिए। ‘फिलाडेल्फिया मेला विशेष गरि थोक क्रेताहरु आउने ठाँउ रहेछ,’ उनले भने, ‘त्यहा प्राय: जसो अमेरिकाभर फैलिएका चेन स्टोर सञ्चालक आएर अर्डर गरेका छन्।’ वालमार्ट विश्व चर्चित चेन स्टोर भएपनि उनीहरुको माग अनुसार उत्पादन गर्न नसक्ने भएकाले अर्डर लिन नसकेको व्यवसायीहरु बताउछन्।
नेपाली व्यवसायीले मेलाको अवसरमा करिब २५ हजार डलर रुपैयाँ बराबरका प्राकृतिक रेसाजन्य, फेल्ट, थान्का, हस्तकलालगायतका सामग्रीको अर्डर लिएका छन्। ‘हामीसँग अर्डर लिनेमा प्राय: चेन स्टोरहरु नै छन्,’ गिरीले भने, ‘हामीले पर्याप्त मात्रामा उत्पादन गरेर सप्लाई गर्न सक्ने भए चेन स्टोरले मज्जाले बिक्री गरिदिने रहेछन्।’
चेन स्टोर सञ्चालकहरुले हातले बुनेका र प्राकृतिक रेसाजन्य कपडालाई बढी महत्व दिएको व्यवसायीले बताए। यसैगरी फेल्टका सामग्रीप्रति पनि धेरै चेन स्टोरले चासो देखाएको हिमालयन रग्स प्रालिका सञ्चालक शोभा गुरुङले बताइन्। मेलामा सहभागी हुन गएकी उनले केही स्टोरको अर्डर लिएर फर्किएको बताइन्।
नेपाली उत्पादन अर्डर गर्ने स्टोरले सामानमा आफै ‘बार कोड’ लगाएर बिक्री गर्नेछन्। नेपालमा ‘बार कोड’ सम्बन्धि व्यवस्था नभएकाले उनीहरु आफैले यस्तो कोड लगाएर बिक्री गर्ने भएको गिरीले बताए। व्यवसायीले उत्पादन बढाउन सके नियमितरुपमा चेन स्टोरले किनिदिने अवस्था रहेको बताए।
भ्रमण फलदायी
लघु, घरेलु तथा साना उद्योगीलाई आफ्ना सामग्रीहरु विश्व बजारमा प्रवेश गराउनका लागि व्यवसायीले गरेको अमेरिका भ्रमण फलदायी भएको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ।
महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि भ्रमण फलदायी भएको जनाएको हो। ‘यो भ्रमणले हामीलाई अमेरिकी बजार बुझ्न र हाम्रा सामग्रीको बारेमा जानकारी दिन महत्वपूर्ण भुमिका खेलेको छ,’ महासंघका अध्यक्ष सुरेश प्रधानले भने, ‘भ्रमणको क्रममा भएका भेटहरुमा हामीले धेरै कुरा सिक्ने मौका पायौ।’
साउन ४ देखि १९ गतेसम्म महासंघका प्रतिनिधिले गरेको भ्रमणका क्रममा मेलामा सहभागी हुनुका साथै अमेरिकी चेम्बरका प्रतिनिधिसँग पनि भेट गरेको प्रधानले जानकारी दिए। नेपाली दुतावासको सहयोगमा भएका विभन्न छलफलका क्रममा नेपाली व्यवसायीलाई बजार प्रवद्र्धन गर्न सहयोग पुगेको उनले जानकारी दिए।
भ्रमणका क्रममा महिला उद्यमशीलता विकासका लागि समेत महत्वपूर्ण उपलब्धी भएको महासंघ महिला उद्यम समितिका सभापति रहेकी शोभा गुरुङले बताइन्। ‘हामीले त्यहाका महिला उद्यमीलाई समेत भेटेर सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ।’



व्यवसायीसँग केही अमेरिकी चेन स्टोरले यस्ता सामग्री अर्डर गरेका हुन्। वालमार्ट, सेभेन इलेभेनलगायतका ठूला र विश्वस्तरिय चेन स्टोरहरुले समेत यस्ता सामग्री बिक्रीका लागि चासो देखाएका छन्।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु