Skip to main content

कति हुदारहेछन् सार्वजनिक यातायतमा ६० कटेका यात्रु?

साठी वर्ष काटेका यात्रु धेरै हुने भन्दै व्यवसायीले यातायात भाडा छुट दिन अस्वीकार गरिरहेका बेला एकदमै थोरै जेष्ठ नागरिकले मात्र सार्वजनिक सवारीमा यात्रा गर्ने गरेको तथ्य बाहिर आएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको सर्वेक्षणले सार्वजनिक सवारी साधनमा व्यवसायीले दाबी गरेको भन्दा एकदमै कम जेष्ठ नागरिक चढ्ने गरेको देखाएको हो। साढे चार महिनाअघि जेष्ठ नागरिकले यातायात भाडामा ५० प्रतिशत छुट दिनुपर्ने माग गर्दै आन्दोलन थालेपछि मन्त्रालयले स्थानीय, मध्यय र लामो दुरीका सवारी साधनको अध्ययन गराएको थियो।
अध्ययनका क्रममा तीनैखाले दुरीमा ६० वर्षमाथिका यात्रुको संख्या करिब ३ प्रतिशतभन्दा कम देखिएको छ। ‘व्यवसायीहरुले धेरै यस्ता यात्रु हुन्छन् भन्ने तर्क राख्नु भएको थियो,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले भने, ‘अध्ययनले यस्ता यात्रु एकदमै कम रहेको देखाएको छ।’

गत फागुन २४ गतेदेखि दिव्येश्वरी नागरिक समाजको अघुवाईमा यातायात भाडामा छुट सहित विभिन्न माग राखेर जेष्ठ नागरिकले यातायात व्यवस्था विभागमा धर्ना दिइरहेका छन्। उनीहरुले धर्ना दिन थालेपछि माग सम्बोधन गर्न मन्त्रालयले सार्वजनिक यातायातमा चढ्ने यात्रु बारे अध्ययन गराएको हो।
मन्त्रालयले गरेको ‘जेष्ठ नागरिकको सार्वजनिक सवारी साधनमा आगमनको अवस्था सम्बन्धि सर्वेक्षण—२०६९’ अनुसार राजधानीको स्थानीय रुटमा ६० वर्ष माथिका यात्रुको संख्या १.८४ प्रतिशत पाइएको छ। यस्तो रुटमा ७० वर्ष माथिका यात्रुको संख्या भने १.०४ प्रतिशत रहेको छ। सर्वेक्षणले यस्ता सवारीमा कुल जेष्ठ नागरिक यात्रको संख्या भने २.८८ प्रतिशत रहेको पाइएको छ।
मन्त्रालयका लागि आइटी एक्सपर्ट प्रालिले स्थानीय रुटका १२ हजार १ सय ७५ सवारी साधनमा सात दिन अध्ययन गरेको थियो। यी सवारीमा चढेका कुल २ लाख ६५ हजार १ सय १२ यात्रुमध्ये ६० वर्ष माथीका यात्रु ४ हजार ८ सय ८६ र ७० वर्ष माथिका यात्रु २ हजार ७ सय ६२ रहेका थिए।
कम्पनीले स्थानीय रुटतर्फ सुकेधारा, थापाथली, सोह्रखुट्टे, नारायणगोपाल चोक, सात दोबाटो र कोटेश्वर क्षेत्रमा सात दिन बसेर अध्ययन गरेको थियो। उपत्यका भित्रका रुटमा माइक्रोबस र मिनीबस अध्ययनमा समेटिएका थिए। सात दिन छुट्टा—छुट्टै समयमा अध्ययन गरिएको हो। सिटौलाका अनुसार सातै दिन विहान ७ देखि ८, ९ देखि ११, दिउासो १ देखि ३ र सााझ ५ देखि ७ बजे सवारी साधनमा यात्रुको अवस्था बारे अध्ययन गरिएको हो।
मध्यम र लामो दुरीका सवारी साधनमा पनि जेष्ठ नागरिकक यात्रुको संख्या एकदमै कम देखिएको छ। कम्पनीले मन्त्रालयका लागि गरेको सर्वेक्षण अन्तर्गत मध्यम दुरीका लागि २ सय ४४ वटा सवारी साधन समेटिएको थियो। यी सवारी साधनमा सात दिन एकै समयमा गरिएको अध्ययनबाट ६० वर्ष माथिका यात्रुको संख्या २.१२ प्रतिशत रहेको पाइयो। यसैगरी ७० वर्ष माथिका यात्रुको संख्या १.०७ प्रतिशत देखिएको छ।
सर्वेक्षण अनुसार यी सवारीमा सवार कुल ८ हजार १ सय ७९ यात्रुमध्ये ६० वर्ष माथिका १ सय ७४ र ७० वर्ष माथिका ८८ जना मात्र रहेका छन्। मध्यम दुरीका लागि राजधानीबाट वीरगञ्ज र सिन्धुली जाने सवारी साधनको अध्ययन गरिएको हो। स्थानीय रुटकै समय र तालिकामा मध्यम दुरीको पनि अध्ययन भएको थियो।
सर्वेक्षणले लामो दुरीका सवारीमा पनि तीन प्रतिशतभन्दा कम यात्रु चढ्ने गरेको देखाएको छ। लामो दुरीका सवारीमा ६० वर्ष माथिका यात्रु २.०४ प्रतिशत र ७० वर्ष माथिका यात्रु ०.३३ प्रतिशत चढ्ने गरेको पाइएको छ। लामो दुरीका २ सय ७९ सवारीमा गरिएको अध्ययनमा कुल ९ हजार ९ सय ४२ यात्रु समेटिएका थिए। त्यसमध्ये ६० वर्ष माथिका यात्रु २ सय ३ र ७० वर्ष माथिका ३३ यात्रु यात्रा गरेको पाइएको थियो। स्थानीय रुटमा ८, मध्यममा २ सय ८७, लामो ५ सय २९ रुपैयाा भाडालाई आधार मानेर अध्ययन गरिएको हो।
सरकारले कानुनी व्यवस्था अनुसार जेष्ठ नागरिक यात्रुलाई सार्वजनिक यातायातको भाडामा छुट दिने विषयमा टुङ्गो लगाउन अध्ययन गराएको सचिव सिटौलाले बताए। जेष्ठ सम्बन्धि ऐन २०६३ को दफा ९(२) मा सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट दिने व्यवस्था छ। यो व्यवस्था तत्काल लागू गर्न सर्वोच्च अदालतले २०६७ चैत २४ गते परमादेश जारी समेत गरेको छ।
यातायात व्यवसायीले भने सरकारले हावादारी सर्वेक्षण गरेको दाबी गरेका छन्। ‘यो हावादारी सर्वेक्षण हो, यसलाई हामी मान्दैनौ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले भने, ‘सरकारले व्यवसायीलाई सम्लग्न नगरि गरेको सर्वेक्षणको कुनै अर्थ छैन।’ उनले सरकारले अनुदान उपलब्ध गराए यातायात भाडामा जेष्ठ नागरिकलाई छुट दिन सकिने बताए।





Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...