Skip to main content

टेलिकमले बुझायो २० अर्ब

सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले गत आर्थिक वर्षमा लाभांस, कर, रोयल्टी र नविकरण शुल्क बापत २० अर्ब ३७ करोड रकम बुझाएको छ।
आर्थिक वर्ष २०६८/६९ मा टेलिकमले सरकारलाई विभिन्न शिर्षकमा कुल १८ अर्ब २ करोड रुपैयाँ बुझाएको थियो। गत वर्ष कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब १६ करोड ८९ लाख रुपैयाँ बढी रकम सरकारलाई बुझाएको हो।
टेलिकमले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा गत वर्ष कम्पनीले नेपाल सरकारलाई लाभांस बापत ६ अर्ब ५८ करोड ७५ लाख बुझाएको छ। त्यसभन्दा अघिल्लो वर्ष कम्पनीले सरकारलाई ६ अर्ब १६ करोड ५७ लाख लाभांस बुझाएको थियो । सरकारको ९२ प्रतिशत सेयर रहेको टेलिकम नाफामा सञ्चालित सार्वजनिक संस्थान हो।
टेलिकमले सरकारलाई दिने लाभांस बढेपनि गत वर्ष सरकारलाई बुझाउने कर र कम्पनीको नाफा भने घटेको छ। टेलिकमले सरकारलाई बुझउने, आयकर, मूल्य अभिवृद्धि कर, स्वमित्व शुल्कलगायतको रकम भने घटेको हो। ‘हामीले फ्रिक्वेन्सी नविकरण शुल्क बुझाउनु परेकाले कर र नाफा कम भएको हो,’ टेलिकमका कम्पनी सचिव बुद्धिप्रसाद आचार्यले भने, ‘गत वर्ष पनि रोयल्टी शुल्क तिर्दा नाफामा कम भएको थियो।’
टेलिकमले गत वर्ष भ्याट, स्वामित्व शुल्क र दूरसञ्चार सेवा शुल्क बापत ४ अर्ब १४ करोड ५२ लाख रुपैयाँ बुझाएको छ। त्यसभन्दा अघिल्लो वर्ष टेलिकमले यो रकम बापत ५ अर्ब ४५ लाख रुपैयाँ बुझाएको थियो।
गत वर्ष टेलिकमले बुझाउने आय कर पनि घटेको छ। गत आर्थिक वर्षमा कम्पनील ४ अर्ब २४ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएको छ। त्यसभन्दा अघिल्लो वर्ष भने कम्पनीले ५ अर्ब २७ करोड आयकर बुझाएको थियो। मोबाइलको अनुमतिपत्र नविकरण र फ्रिक्वेन्सी दस्तुर बुझाउनुपर्दा कम्पनीको आय कम देखिएको कर कम भएको हो। गत वर्ष टेलिकमले रोयल्टी र ग्रामिण दूरसञ्चार कोष बापत १ अर्ब ९८ करोड, जिएसएम मोवाइलको अनुमतिपत्र नविकरण बापत २ अर्व ३१ करोड १० लाख र फ्रिक्वेन्सी दस्तुर बापत १ अर्ब ३३ करोड ५९ लाख रुपैयाँ बुझाएको छ।
कम्पनीले चालू आर्थिक वर्षमा भने लाभांस र कर सहित २१ अर्ब ३५ करोड ३१ लाख ८४ हजार रुपैयाँ सरकारलाई बुझाउने लक्ष्य राखेको छ। टेलिकमको समग्र आय भने गत वर्ष वृद्धि भएको छ। आर्थिक वर्ष २०६८/०६९ मा कम्पनीको जम्मा आय ३६ अर्ब ७९ करोड रहेकामा गत वर्ष ३६ अर्ब ८१ लाख ५८ हजार रुपैयाँ आयको लक्ष्य राखेको थियो।
कम्पनीले आय लक्ष्यभन्दा बढी ३७ अर्ब ६० करोड २३ लाख ९ हजार रुपैयाँ भएको जनाएको छ। चालू आर्थिक वर्षमा भने टेलिकमले कुल ४१ अर्ब ६५ करोड १ लाख ९० हजार आय गर्ने लक्ष्य राखेको छ। यो गतवर्षको भन्दा १०.७७ प्रतिशतले बढी हो ।
नाफा घट्यो
कम्पनीका अनुसार अघिल्लो वर्षको तुलनामा टेलिकमको नाफा घटेको छ। फ्रिक्वेन्सी दस्तुर र नविकरण शुल्क तिरेपछि नाफा घटेको हो। आर्थिक वर्ष २०६८/०६९ मा कम्पनीको कर पछिको मुनाफा ११ अर्ब ६० करोड ५२ लाख रुपैयाँ रहेको टेलिकमको गत वर्षको नाफा भने मात्र १० अर्ब ५९ करोड ७२ लाख रुपैयाँ भएको छ।
कम्पनी चालू आर्थिक वर्षमा भने कर पछिको मुनाफा ११ अर्ब ९६ करोड २५ लाख रुपैयाँ हुने लक्ष्य राखेको छ। कम्पनीले नयाँ खाले सेवा विस्तार गरि नाफा बढाउने लक्ष्य राखेको हो।
सत्तरी अर्बको बजेट
टेलिकमले चालू आर्थिक वर्षका लागि करिब ७० अर्बको बजेट विनियोजन गरेको छ। कम्पनीले विभिन्न खर्च र सरकारलाई बुझाउने रकम सहित कुल ६९ अर्ब ९५ करोड ६३ लाखको बजेट विनियोज गरेको हो।
विनियोजित रकममध्ये टेलिकमले नेपाल सरकारलाई बुझाउनका लागि २१ अर्ब ३५ करोड ३१ लाख रुपैयाँ छुट्टयाएको छ। यसैगरी पूजीगँत खर्ब बापत १९ अर्व ४१ करोड ६५ लाख रुपैयाँ छुट्टयाएको छ। यसैगरी आयगत खर्च बापत १० अर्व ६८ करोड ७४ लाख, नेपाल सरकार बाहेक सेयरधनीलाई दिने लाभांस बापत ६१ करोड २४ लाख, बोनस, इन्सेन्टिभ बापत ८४ करोड २८ लाख, अन्य दायित्व बापत ७ करोड ७१ लाख, अन्य प्रशासनिक शेयरिङ बापत १ अर्व १ करोड ६५ लाख र लगानी बापत १५ अर्व ९५ करोड रुपैयाँ विनियोजन गरेको छ।
उन्तिस लाख लाइन विस्तार गर्ने
चालू आर्थिक वर्षभित्र नेपाल टेलिकमले कुल २९ लाख १३ हजार ४ सय १ लाइन टेलिफोन विस्तार गर्ने भएको छ। टेलिकमले सार्वजनिक गरेको बजेटमा चालू वर्षमा २० लाख जिएसएम, ८ लाख ८६ हजार सिडिएमए,  २७ हजार ४ सय १ पिएसटिएन लाइन वितरण गर्ने लक्ष्य राखेको हो। यसैगरी इन्टरनेट सेवा विस्तारको क्रममा वाइम्याक्स, स्काईप्रोलगायतका सेवा विस्तार तिव्र बनाउने भएको छ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु