Skip to main content

सुपर सेन्टुरो

स्पोर्टी लुक्स, फ्लिप की, डिजिटल मिटर, सभिर्स रिमाइन्डर, इन्जिन मोबिलाइजर। यस्ता विशेषता सुन्ने वित्तिकै धेरैको मनमा प्रिमियम सेग्मेन्टका स्पोर्टस् बाइकको याद आउन सक्छ।
धेरै नेपाली युवाको रोजाइमा बजाज पल्सरको उच्च इन्जिन क्षमताका मोडलहरु पर्छन्। यी विशेषतालाई पनि कतिपयले पल्सरका यीनै मोडलको भन्न सक्छन् वा यामाहा, रोयल इन्फिल्ड, ड्रुक, डिम्याकजस्ता अन्य स्पोर्टस् बाइकका मोडल सम्झलान्।
यस्ता विशेषत उच्च इन्जिन क्षमताका स्पोर्टस् बाइकमा मात्र होइन, सामान्य इन्जिन क्षमताका ‘कम्युटर’ सेग्मेन्टभित्र पनि अटाउन सकिन्छ भन्ने उदाहरण हो, महिन्द्रा सेन्टुरो। नेपाली बजार भित्रिएको करिब एक महिना मात्र भएको यो बाइकमा यस्ता र यस्तै अनेक प्रिमियम बाइकका विशेषता छन्।
‘कम्युटर सेग्मेन्टको भएपनि यसमा महिन्द्राले उच्च इन्जिन क्षमताका र स्पोर्टस् बाइकका विशेषता राखेको छ,’ महिन्द्राको नेपाली बिक्रेता एसजी ग्लोबलका उपाध्यक्ष राजु क्षेत्री भन्छन्, ‘यसैले हामी यो बाइकलाई सुपर प्रिमियम १ सय सिसी भन्छौ।’ क्षेत्री नेपाली युवाको रोजाइमा आधुनिक विशेषतायुक्त उच्च इन्जिन क्षमताका बाइक पर्ने गरेको बताउछन्। कम आय भएका र इन्धन किफायती बाइकको खोजिमा रहेकाले सेन्टुरोमा यस्ता उच्च इन्जिन क्षमतायुक्त बाइकमा भएका विशेषता पाउनेछन्।

यसमा उच्च इन्जिन क्षमताका बाइकहरुमा पाइने सबै विशेषता पाइन्छन्। यसका साथै यसमा थप विशेषता पनि छन्, जुन अरु कुनैपनि ब्रान्डका बाइकमा छैनन्। यसलाई महिन्द्राले अरु ब्रान्डका प्रिमियम मोडलसँग समेत प्रतिष्र्धा गर्न सक्ने गरि बनाएको दाबी गरेको छ। भारतमा सार्वजनिक भएको तीन सातामा १० हजारभन्दा बढी बिक्री भएको सेन्टुरो नेपालमा पनि युवा पुस्ताको रोजाइमा पर्ने क्षेत्री बताउछन्।
यसमा रहेको ‘फ्लिप की’ले मोटरसाइकल चढ्नेलाई पनि कार चढ्नेको दाँजोमा पुर्‍याइदिएको छ। कारको जस्तो ‘फ्लिप की’ अरु कसैको बाइकमा पाइदैन। यसका सुरक्षात्मक हिसाबले र आफ्नो प्रतिष्ठाका हिसाबले धेरै फाइदा छन्। टर्च सहितको ‘फ्लिप की’ले बाइकका विभिन्न विशेषता पनि चलाउन सकिन्छ। यसमा प्रिमियम बाइकमा मात्र पाइने डिजिटल मिटर जडान गरिएको छ। यसमा रिजर्भमा रहेका बेला अगाडी कति दूरी यात्रा तय गर्न सकिन्छ भन्ने देखाउने सूचांक जडान भएको छ।
सर्भिस रिमाइन्डर, इन्जिन इमोबिलाइजर युक्त साँचो, ‘फाइन्ड मी’ जस्ता विशेषता छन्। सर्भिस रिमाइन्डरले सर्भिसिङ गर्ने बेला भयो भनेर प्रयोगकर्तालाई सचेत गराउँछ। यसैगरी ‘फ्लिप की’मा रहेको फाइन्ड मी बटम दबाउदा पार्किङमा राखिएको बाइक कहा छ भनेर पत्ता लगाउन सजिलो हुन्छ। ‘यो विशेषता प्रिमियम सेग्मेन्टका भनिएका अरु बाइकमा पनि छैन,’ क्षेत्रीले भने, ‘रातको समयमा र भिडभाडमा आफ्नो बाइक पहिल्याउन यसले सहयोग गर्छ।’
यसमा स्टार्ट बन्द गरेपछि पनि राती १० सेकेन्डसम्म हेडलाइट बलिरहने विशेषता छ। ‘फलो मी होम’ भनिने यो विशेषताले गर्दा बेलुका पार्किङ गरेर घरभित्र छिर्न सहज बनाउँछ। यसले काठमाडौंको सडकमा ५५ देखि ६० किलोमिटर माइलेज दिने बाइमा सुरक्षात्मक प्रबन्धहरु प्रसस्त छन्।
यसको ‘आई क्याचिङ’ डिजाइनले सबैलाई तान्छ। यसको अगाडीपट्टी इन्धन ट्याङ्कीको मुन्तिर दुइवटा सुनौलो रङका ‘रिब्स्’ छन्। यस्तो युनिक डिजाइन अरुमा छैन। सुनौला ‘रिब्स्’ पनि अरु मोडलमा पाउन सकिदैन। लिड पाइलट लाइट र लिड टेल लाइट भएको यसमा १२.७० लिटरको इन्धन ट्याङ्की छ।
महिन्द्रा सेन्टुरोमा १०६.७ सिसीको एयर कुल्ड सिङ्गल सिलिन्डर इन्जिन प्रयोग भएको छ। यसले १७ सय आरएमपीमा ८.५ पिएसको शक्ति र ५५ सय आरएमपीमा ८.५ एनएमको टर्क दिन्छ। यही क्षमताले यसको पिकअप धेरै भएको क्षेत्रीले बताए। नेपाली ग्राहकलाई सुहाउदो र प्रिमियम बाइकमा हुने विशेषता भएकाले यो बाइक नेपाली युवाको रोजाइमा धेरै पर्ने क्षेत्रीको अनुमान छ।
‘यत्तिका सुविधा र विशेषतायुक्त बाइक अरु ब्रान्डमा हाम्रो मूल्यमा उपलब्ध छैनन्,’ उनले भने, ‘कसैले पनि १ सय सिसी क्षमताका बाइकमा यस्ता विशेषता राख्न सकेका छैनन्।’ १ लाख ५७ हजार ९ सय रुपैयाँमा मूल्य तोकिएको सेन्टुरो बाइक एक वर्षभित्र चार हजार वटा बिक्रीको लक्ष्य राखेको उनले बताए।
एसजी ग्लोबलले सेन्टुरो बाइकमा बिक्री पछि ६ वटा सर्भिसिङ नि:शुल्क गरिदिन्छ। २ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी दिन्छ। मोटर पार्टस् र सर्भिस सेन्टको सञ्जाल रहेको कम्पनीले ४६ वटा डिलर र सोरुमबाट सेवा पाउन सक्छन्।
स्पोर्टी लुक्स, आकर्षक डिजाइन, लामो सिटयुक्त यो बाइकको तौल १ सय २० किलो छ। १ सय ७३ मिलिमिटरको ग्राउन्ड क्लियरेन्सयुक्त यो बाइक सिल्भर, रेड, ग्रे र ब्लू कलरमा उपलब्ध छ। एलोई ह्विलयुक्त सेन्टुरोले सहरी क्षेत्रमा समेत ६० किलोमिटर माइलेज दिन्छ। हाइवेमा भने ७९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ।
आकर्षक डिजाइन, लुक्स र विशेषताको संगम सेन्टुरो नेपाली युवा पुस्ताको मनमा बस्न सक्छ सक्दैन त्यो त भविश्यले देखाउने छ। बिक्रेताको दाबीमा भने यो बाइक नेपाली युवाको मनमा बस्नेछ र बन्नेछ ‘सुपर सेन्टुरो’।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...