Skip to main content

गोल्छाको ग्याजेट्स


सबैका आफ्ना–आफ्नै सोख हुन्छन्। उनको पनि सोख छ, बिहान उठ्ने बित्तिकै साइकल चलाउने। यो भर्खर जन्मेको सोख होइन, कुरा बुझ्ने बालख हुदादेखी नै उनलाई साइकिलिङले आकर्षित गर्‍यो। यसले आकर्षित गर्न अहिले पनि छाडेको छैन।
धेरैले ‘मर्निङ वाक’कारुपमा दैनिक पैदलै हिडडुल गर्छन्। तर उनलाई हिड्न भन्दा साइकल चलाउन मन पर्छ, कहिले कता कहिले कता। पहिले साइकिलिङको रुट आफै हेर्दै पत्ता लगाउदै हिड्नु पथ्र्यो, आफुले इच्छाएको दुरी पुरा गर्न कति समय लाग्ला? आफैले अनुमान गर्नुपथ्र्यो। कहिले अनुमान मिल्थ्यो, कहिले मिल्दैन थियो।
केही वर्षदेखि उनलाई साइकलले तय गर्ने दुरीको अनुमान गर्नु नपर्ने भएको छ। कति समय लाग्ला? त्यसका लागि पनि टाउको दुखाइरहनु पर्दैन। बरु, पहिले अनुमान लगाउदा नमिल्ने दुरी र समय अहिले ठ्याक्कै मिल्छ।

समय र दुरी अनुमान गरेर बताइदिन उनले ‘असिस्टेन्ट’ राखेका छैनन्। त्यसो भए कसले दुरी बताइदिन्छ त? ‘इन्डोमोन्डोले’ सहज उत्तर छ, हिम इलेक्ट्रोनिक्सका कार्यकारी निर्देशक शेखर गोल्छाको। सामसङ ग्यालेक्सी एसथ्री बोक्ने गोल्छाले प्ले स्टोरबाट डाउनलोड गरेको ‘इन्डोमोन्डो’ एप्स नै अहिले उनलाई साइकिलिङको दुरी, समय र रुट बताइदिने सहाकय भएको छ। ‘इन्डोमोन्डो’ उनका लागि ‘पर्सनल असिस्टेन्ट(पिए)’ बराबर छ।
‘एकपटक सेट गरेर साइकल कुदाउन थालेपछि समय र दुरी मात्र होइन यसले कति क्यालोरी खर्च भयो समेत बताइदिन्छ,’ गोल्छाले अनुभव सुनाए, ‘यसले साह्रै सजिलो पारिदिएको छ।’ नेपालको प्रमुख  व्यापारिक घराना गोल्छा परिवारमा जन्मिएका शेखरको सानैदेखि खेलकुदमा लगाव थियो। खेलकुदको लगाव अहिले पनि घटेको छैन। गोल्छाले बोक्ने ग्यालेक्सी एसथ्रीको ‘विड्जेट्स’ सूचीमा अहिले पनि धेरै ‘स्पोर्टस् एप्स’ नै छन्।
सामसङका स्मार्टफोन बजारमा आएदेखि उनले यसैका नयाँ—नयाँ मोडललाई पछ्याउदै हिडेका छन्। अहिले उनका लागि सबैखाले सूचनाको स्रोत बनिदिएको छ, सामसङ ग्यालेक्सी एसथ्री। यसअघि यस्तो सूचनाका स्रोत थिए तिनै ग्यालेक्सी सिरिजका पुराना भर्सनहरु।
‘बिबिसी सिएनएनदेखि सबै चर्चित समाचार संस्थाका एप्स मोबाइलै राखेको छु,’ गोल्छा भन्छन्, ‘नयाँ खबर थाहा पाउने माध्यम नै मोबाइल भएको छ।’ उनले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल चलाउन ‘पर्सनल कम्प्युटर(पिसी)’ प्रयोग नगरेको धेरै भइसक्यो।
नोकिया मोबाइल बेच्ने गोल्छा समूहका सदस्यको हातमा सामसङ? ‘एन्ड्रोइडको जति सुविधा अरु अपरेटिङ सिस्टममा पाइदैन,’ उनले सामसङ बोक्नुको रहस्या खोले, ‘जुन माध्यमले दैनिक जीवन सजिलो हुन्छ, त्यसैलाई प्रयोग गर्ने हो।’ उनले इमेल, सामाजिक सञ्जाल, न्युज एप्स र स्पोर्टस् एप्सका लागि सामसङ बढी चलाएपनि  नोकियाको स्मार्टफोन बोक्न छाडेका छैनन्।
‘सामसङसँगै नोकिया पनि बोक्छु,’ नोकिया लुमिया—९०० बोक्ने उनले भने, ‘यसलाई चाही फोनकै रुपमा मात्र प्रयोग गरिरहेको छु।’ कम्प्युटरमा गर्नुपर्ने धेरै जसो काम अहिले उनको सामसङ स्मार्टफोनबाटै हुन्छ। तर, नोकियाबाट भने कुराकानी गर्न र एसएमएस पठाउने मात्र।
साइकिलिङको जस्तै ग्याजेट्सका सौखिन उनी बजारमा सामसङको नयाँ स्मार्टफोन आएपछि किन्न पुगिहाल्छन्। ‘मलाई सामसङ ग्यालेक्सी नोटथ्री किन्न मन छ, त्यसैको पर्खाइमा छु,’ उनले भने, ‘प्याड र फोनको दुवै काम गर्ने सामसङको नोट चलाउने विचार आएको हो।’ उनी बजारमा आउने बित्तिकै सामसङ ग्यालेक्सी नोटथ्री किनिहाल्ने दाउमा छन्।
स्मार्टफोन बोक्ने स्मार्ट गोल्छाले विदेश भ्रमणमा जादा ल्यापटप नबोकेको पाँच वर्षजति भइसक्यो। ‘आइप्याड आएदेखि नै म ल्यापटप बोक्दिन,’ उनले भने, ‘आइप्याडबाटै सबै प्रेजेन्टेसन गर्न सकिहालिन्छ।’ उनले अहिले आइप्याडको पछिल्लो संस्करण चलाइरहेका छन्। नयाँ आएपछि पुरानो कतै थन्क्याएर नयाँ संस्करण हात पारिहाल्छन्।
इमेल पठाउन समेत अहिले उनी ल्यापटपभन्दा स्मार्टफोन नै प्रयोग गर्छन्। विदेशी कम्पनीहरु र साथीभाईसँग कुरा गर्दापनि अहिले भाइबरमै कल र म्यासेज आदानप्रदान हुन थालिसक्यो। बिजनेस सम्बन्धि विभिन्न एप्सहरु उनको ‘विड्जेट्स’ सूचीमा छदैंछन्। न्युयोर्क स्टक एक्सचेन्जको अपडेट होस् वा नेपालको लोडसेडिङको तालिका सबै स्मार्टफानेका माध्यमबाटै थाहा हुन्छ।
‘ग्याजेट्सलै दैनिक जीवनलाई सरल र सहज बनाउछन्,’ गोल्छा भन्छन्, ‘ग्याजेट्समा अनावश्यक कुरामा भुल्ने बानी भयो भने समय बर्बाद पनि हुनसक्छ।’ अहिलेका कतिपय युवा जमातले ग्याजेट्सलाई सान र समय कटाउने साधनकोरुपमा मात्र लिएका छन्। तर, यसलाई भरपुर उपयोग गरेर आफै दैनिक कार्यलाई सरलिकृत र सहज बनाउन सकिन्छ। यो उनको मान्यता हो।
सामसङको स्मार्टफोन र एप्पलको प्याड बोक्ने गोल्छाले पिसी पनि एप्लकै रोजेका छन्—म्याक बुकप्रो। उनको टेबुल वर्क म्याकमै हुन्छ। अफिसियल कार्म बढी म्याकमै गर्छन् गोल्छा। ‘अरु ल्यापटपको तुलनामा राम्रो, फास्ट र आकर्षक भएकाले म्याक चलाएको हो,’ उनी भन्छन्, ‘एप्पलका उत्पादनहरु राम्रै छन्।’
जब शेखर यात्रामा निस्कन्छन्, उनको हातमा हुन्छ—सामसङको मिरलेस एनएक्स—१०० क्यामेरा। वाइफाई चल्ने यो क्यामेरा पनि स्मार्टफोनभन्दा कम छैन। उच्च स्तरिय गुणस्तरको लेन्स र रिजोलुसनयुक्त यो क्यामेरा प्रयोग गर्दै उनले धेरै तस्विर कैद गरेका छन्। ‘मलाई घुम्न मन पर्छ, घुम्नसँगै नयाँ—नयाँ स्थानको तस्विर लिन पनि,’ उनी भन्छन्, ‘सामसङको नयाँ र हाइइन्ड क्यामेरा आएपछि त्यहि बोकेर हिडिहाल्छु।’
ग्याजेट्सले शेखरलाई कति सजिलो पार्दिएको छ भने, उनी घरमा र गाडीमा हुदा फोन उठाउन मोबाइल छुनै पर्दैन। ब्युटुथ डिभाइसमार्फत ‘सिङ्क्रोनाइज’ गरेका छन् फोनलाई। ‘गाडी चलाउदा चलाउदै फोन आयो भने ब्लुटुथ डिभाइसबाटै कुरा हुन्छ,’ उनी भन्छन्, ‘घरमा ब्लुटुथले साउन्ड डिभाइसमा फोन जोडिदिएको हुन्छु।’ उनी ब्लुटुथ कनेक्टिभिटी प्रयोग गरेर साउन्ड डिभाइसमै कुरा गर्छन्।
बिहान साइकल कुदाउदादेखि सुत्नेबेला फोनमा कुरा गर्दा समेत उपकरणकै भर? यसले त पुरै डिपेन्डेन्ट बनाएन? ‘होइन—होइन, लाइफलाई झन इजी बनाएको छ,’ उनी हास्दै भन्छन्, ‘ग्याजेट्स विनाको लाइफ कल्पनै गर्न सकिदैन।’

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु