Skip to main content

चोरीको मोबाइल बोक्ने पर्ने भए फन्दामा

कार्टुन साभार : कम्प्युटरएडज् डटकम
चोरीका मोबाइल सेटमा अब नेपाल टेलिकमको सिमकार्ड नचल्ने भएको छ। सरकारी स्वामित्वको दूरसञ्‍चार सेवाप्रदायक टेलिकमले ग्राहकको गुनासोका आधारमा हराएका वा चोरी भएका सेटमा सिमकार्ड नचल्‍ने बनाउन लागेको हो। ‘मोबाइल चोरी नियन्त्रणमा सहयोग पुगोस् भनेर यस्तो सेवा सुरु गर्न लागेका हौं’, टेलिकमकी प्रवक्ता गुणकेसरी प्रधानले अन्नपूर्णसँग भनिन्, ‘अहिले परीक्षणको चरणमा छौं, बिस्तारै कार्यान्वयन गर्नेछौं।’
प्रधानका अनुसार टेलिमकले पुरानो मोबाइल नेटवर्कलाई नयाँमा स्थानान्तरण गरिसकेपछि यो सेवा पूर्णरूपमा सञ्‍चालनमा आउनेछ। बुधबारदेखि राजधानीमा पुरानो मोबाइल नेटवर्क विस्थापित गरी नयाँमा सेवा स्थानान्तरण गर्न थालेको टेलिकमले चाँडै नयाँ नेटवर्कमा यो सेवा सुरु गर्ने उनले बताइन्।
टेलिकमले मोबाइल सेटको पहिचान दर्ता प्रणाली (इक्युपमेन्ट आइडेन्टिटी रजिस्ट्रर-ईआईआर) सेवा सुरु गर्न लागेको हो।
ईआईआर सेवा सुरु भएपछि टेलिकमले हराएको वा चोरी भएको मोबाइल सेटको इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बरका आधारमा सिमकार्ड नचल्ने बनाइदिनेछ।
यो सेवा सुरु भएपछि ग्राहकले आफ्नो हराएको वा चोरी भएको मोबाइलको आईएमईआई नम्बरसहित टेलिकमलाई जानकारी दिनुपर्नेछ। टेलिकमले यसरी जानकारी दिँदा ग्राहकले मोबाइल सेट किनेको मूल्य अभिवृद्धि कर (भ्याट) नम्बरसहितको बिल पेस गर्नुपर्ने नियम बनाउने भएको छ। ग्राहकले जानकारी दिएपछि त्यो आईएमईआई नम्बरयुक्त मोबाइल सेटलाई टेलिकमले कालो सूचीमा राख्नेछ।
‘आईएमईआई नम्बरका आधारमा कालोसूचीमा राखिएको सेटमा हामीले वितरण गर्ने कुनै पनि सिमकार्ड चल्नेछैन’, प्रवक्ता प्रधानले भनिन्, ‘सेटमा सिमकार्ड नै नचलेपछि त्यसको उपयोग हुँदैन, यसले चोरी घटाउनेछ।’ टेलिकम मोबाइल सेवा निर्देशनालयका प्रमुख सुरेन्द्र थिकेले मोबाइल सेट हराएको गुनासो धेरै आउने गरेकाले यस्तो सेवा सुरु गर्न लागिएको बताए। उनले टेलिकमले प्राविधिक टोली बनाएर अहिले परीक्षण गरिरहेको यो सेवा उपत्यकाभित्र नयाँ नेटवर्क सबैतिर सञ्‍चालनमा आएपछि सुरु गरिने जानकारी दिए।
बुधबारदेखि टेलिकमले सुरु गरेको चिनियाँ कम्पनी हुवावेको नयाँ नेटवर्क आगामी दुई महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा सञ्चालन गर्ने टेलिकमको लक्ष्य छ। ‘नयाँ नेटवर्कमा गएपछि ग्राहकले यो सेवा उपयोग गर्न पाउनेछन्’, थिकेले भने, ‘ईआईआर सेवा सुरु भएपछि ग्राहकको गुनासोका आधारमा हामी हराएका सेटमा जीएसएम सिमकार्ड र सीडीएमए रिमकार्ड नचल्ने बनाइदिन्छौं’, उनले भने।
चोरी भएका र हराएका सेटलाई सिमकार्ड नचल्ने बनाउने सुविधा नहुँदा अहिले मोबाइल चोरी बढेको छ। महँगा स्मार्टफोनको प्रचलनसँगै सार्वजनिक स्थान र सार्वजनिक यातायातबाट मोबाइल चोरी धेरै हुने गरेको छ। अहिले नेपाल टेलिकमसहित अन्य मोबाइल सेवाप्रदायकले चोरी भएका मोबाइलको आईएमईआई नम्बरको आधारमा कुन नम्बरको सिमकार्ड प्रयोग भएको छ भन्ने पत्ता लगाउने सेवा भने दिइरहेका छन्।
‘अहिले पनि हामीले आईएमईआई नम्बरका आधारमा हराएको वा चोरी भएको सेटमा कति नम्बरको नयाँ सिमकार्ड प्रयोग भएको छ भन्ने पत्ता लगाउन सक्छौं’, थिकेले भने, ‘नयाँ सेवाले भने सेटलाई फोनको रूपमा प्रयोग गर्न नसकिने बनाइदिन्छ।’
निजी मोबाइल सेवाप्रदायक एनसेलले पनि हराएको सेटको आईएमईआई नम्बरको आधारमा कसले प्रयोग गरिरहेको छ भन्ने सेवा दिइरहेको छ। नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आईएमएस) ले पनि एनसेलसँगको सहकार्यमा सामसुङका हराएका सेट पत्ता लगाउन ग्राहकलाई सहयोग गरिरहेको छ।
टेलिकमले यो सेवा सुरु गरेपछि सहरी क्षेत्रमा बढिरहेको मोबाइल चोरी घटनामा कमी हुने प्रवक्ता प्रधानले दाबी गरिन्। ‘यो सेवा सुरु भएपछि चोर्नेले सेट फिर्ता गर्छ भन्ने त होइन’, उनले भनिन्, ‘निश्चय नै चोरी हुने क्रमचाहिँ घट्नेछ।’

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु