Skip to main content

रोजाई नयाँ रियो

स्पोर्टी लुक्स, आकर्षक डिजाइन,  लोभलाग्दो भित्री र बाहिरी बनावट। युरोपेली ग्राहकका लागि बनेको  भएपनि नेपालीको पहुँचमा आएको  किया नयाँ रियोका विशेषता हुन् यी।
 युरोपेली सडकमा ब्रान्डेड कार कुदाउन चाहनेलाई लक्षिण गरि दक्षिण कोरियाली कम्पनी किया मोटर्सले उत्पादन गरेको नयाँ रियोले नेपालीको पनि मन जित्न थालेको छ।  नेपाली बजारमा भित्रिएको दुई सातामै ३० वटाभन्दा बढी बिक्री भइसकेको कियाको नयाँ रियो नेपालीको रोजाइमा परिसकेको छ।
कार निर्माताहरुले प्राय: कुनै मोडलको गाडी उत्पादन गर्दा एउटा समूहको मात्र गर्ने चलन छ। तर, कियाले भने त्यसलाई तोडेर ह्याचब्याक र सेडान दुवै समूहमा उत्पादन गरेको रियोले युरोपेली मात्र होइन नेपाली बजार पनि तताउन थालेको छ। ‘हामीले एकदमै राम्रो प्रतिक्रिया पाइरहेका छौ,’ कियाको बिक्रेता कन्टिनेन्टल एसोसिएट्स प्रालिका  नायब महाप्रबन्धक युगेन्द्र श्रेष्ठले भने, ‘यसमा भएको विश्वस्तरिय विशेषताले नै ग्राहक आकर्षित भएका हुन्।’ 

स्पोर्टी लुक्स मन पराउने युवा र अधवैंसेहरु नै यसका मुख्य ग्राहक हुन्।  सन् २००१ मा पहिलो पटक बजारमा आएको किया रियाले सन् २०१३ सम्म आइपुग्दा धेरै रुप फेरिसकेको छ। पछिल्लो संस्करणले भने ग्राहकको मन निक्कै नै लोभ्याएको छ।  ह्याचब्याक र सेडान दुवै समूहमा उपलब्ध भएकाले पनि रियोको आकर्षण बढेको हो। दुवै समूहमा यसका तीन–तीन भ्यारेन्ट उपलब्ध छन्। सबै मोडल र भ्यारेन्टले नेपाली सडकमा युरोपेली कारको झल्को दिनसक्छन्।
‘ग्राहकको चाहना बदलिदो छ,’ श्रेष्ठले भने, ‘त्यसलाई मध्यनजर गरेर कियाले गाडी बनाउँछ।’ कियाले लामो अनुशन्धान र विकास प्रकृया पुरा गरेर बनाएकाले नयाँ रियो ग्राहककको ढुकढुकी बन्न सफल हुदै गएको उनको ठम्याई छ।  युरोपेली मुलुका प्रतिष्पर्धामा रहेका अन्य कारसँग जुध्नका लागि निर्माण भएकाले नयाँ रियो  डिजाइन र सुरक्षाका हिसाबले अब्बल भएको उनको तर्क छ।
दुवै समूहका रियोमा ‘इएक्स–८०’, ‘इएक्स–१’ र ‘इएक्स–२’ गरि तीनथरी भ्यारेन्ट उपलब्ध छन्। यी कारको मूल्य न्यूनतम ३४ लाख ९९  हजारदेखि सुरु हुन्छ। अधिकतम मूल्य ४१ लाख ९९ हजार रुपैयाँसम्म छ। अत्याधुनिक प्रविधियुक्त बी—सेग्मेन्टको यो कारमा उच्च ग्राउन्ड क्लियरेन्स रहेकाले नेपाली सडक सुँहाउदो छ। यसमा १ सय ४० मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ।
आकर्षक बाहिरी र भित्री बनावट, बाहिरी आवरणमा सुरक्षात्मक प्रबन्धहरु, स्पोर्टर प्रोफाइलजस्ता विशेषता युवापुस्तालाई आकर्षित गर्ने कडी हुन्। एकदमै आरामदायी ड्रइभिङका लागि यो कार उपयुक्त हुनेछ। ठूलो क्याबिन, सफ्ट टच प्लास्टिकजस्ता विशेषताले यसलाई बढी लचक बनाएको छ।
यसमा आधुनिक प्रविधियुक्त फ्याक्ट्री जडित म्युजिक सिस्टम, इन्धन किफायती, स्वचालित ट्रन्समिसन, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल(इएससी), मोटर ड्राइभ पावर स्टेयरिङ(एमडिपिएस) जस्ता विशेषता छन्।  एमडिपिएसका कारण ३ प्रतिशत इन्धन बचत हुने कम्पनीको दाबी छ।  यसमा प्रयुक्त एयर कन्डिसनर, हिटिङ र क्याबिन एयर ट्रिटमेन्टलगायतका सुविधाले प्रयोगकर्तालाई सहज अनुभुति दिनेछन्। 
१ हजार ४ सय सिसी पेट्रोल इन्जिनयुक्त यो कारले ६ हजार ३ सय आरएमपीमा करिब ७९ किलोवाट बराबरको १ सय ७ पिएसको शक्ति उत्पन्न गर्नसक्छ । यसले ४ हजार २ सय आरएमपीमा १ सय ३५ एनएमको टर्क दिन्छ। ग्राहकलाई छनोटका लागि सजिलो होस् भनेर कम्पनीले विभिन्न १० वटा रङमा यी कार उपलब्ध गराएको छ।
विश्वका उत्कृष्ट १ सय ब्रान्डमध्ये ८७ औ स्थानमा पर्ने किया गाडीका उत्कृष्ट ब्रान्डमध्ये ९ औ स्थानमा पर्छ। वार्षिक ४.१ विलियन डलरको कारोबार गर्ने यसले सन् २०१२ मा २७ लाख युनिट कार बेचेको थियो। कियाको बिक्री वृद्धिदर वार्षिक ९ प्रतिशत रहेको छ। नेपालीको समेत रोजाइमा परेको कियाका गाडी  सडका प्रसस्त गुड्छन्। दुई दशकदेखि नेपालमा कियाको गाडी बिक्री गर्ने कन्टिनेन्टलका अनुसार सडकमा कियाका ६ हजारभन्दा बढी गाडी गुडिरहेका छन्। 
नयाँ रियोमा रहेका विभिन्न खाले नौला विशेषताले धेरैलाई आकर्षित गरेको छ। लेदर सिट, ह्यान्ड कन्ट्रोल ब्लुटुथ, म्यानुअल एसी, इलेक्ट्रिक मिरर जस्ता विशेषता भएको यो कारले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड समेत जितेको छ।  कार रेटिङ कम्पनीहरुले राम्रो अंक दिएका छन्।  प्रदुषण कम गर्ने यो कारले युरोपमा सुरक्षात्मक प्रविधिका लागि पनि ‘फाइभ स्टार’ पाएको छ।
यसमा १५ इन्च एलोइ विल्ससहित १ दशमलव ४१ गामा इन्जिन प्रयुक्त छ। यसले कारले १२ देखि १४ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ। स्टेरिङमा राखिएका बटनबाटै मोबाइल  र म्युजिक  सिस्टम चलाउन सकिन्छ। मोबाइल उठाउन र काट्न, म्युजिकको आवाज सानो ठूलो गर्न यसैले सहयोग गर्छ। बीबीसी टप गियर युकेले यो गाडीलाई १० मा ६ अंक दिएको छ।
अफ्टर सेल्स सर्भिस सहित उपलब्ध कियाको रियोले नेपालीको मन जित्न  थालेको बिक्रेताको अनुभव छ।  नेपाल भित्रिएको एक महिना नपुग्दै ठूलो संख्यामा भएको बुकिङले यसको सडकमा गुड्ने कियाका गाडीको अंक बढाइरहेको छ। ग्राहकले चलाउन थालेको धेरै समय भइनसकेकाले यसको परफरमेन्सका लागि उनीहरुले उतिर्ण अकं दिने हुन कि होइनन्? भविष्यकै गर्भमा छ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु