Skip to main content

डलर महँगिदा के केको भाउ बढ्छ?

डलर महंगिएपछि नेपालमा आयात हुने उपभोग्य वस्तुको लागत बढ्न गई बजार भाउ उच्च हुने भएको छ। डलरको भाउका कारण दैनिक उपभोग्यदेखि विलासी वस्तुसम्मको भाउ उच्च हुने भएको हो। व्यवसायीहरुका अनुसार डलरको भाउ बढ्दा तेस्रो मुलुकबाट  सिधै आयात हुने वस्तुमा सबैभन्दा धेरै असर पर्नेछ। भारतबाट आयात हुने कतिपय वस्तुको समेत भाउ बढ्ने व्यवसायीहरु बताउछन्।
नेपाली बजारमा खपत हुने चामल, दाल, तरकारी, फलफूल, गेडागुडी, पेट्रोल, ग्यासलगायतका वस्तु समेत आयात हुने भएकाले भाउ उच्च हुने भएको हो। यस्ता दैनिक उपभोग्य वस्तुका साथै सुन, गाडी, मोबाइल, घडी, तयारी पोशा, जुत्ता, चप्पललगायतका वस्तुको समेत भाउ बढ्नेछ।
डलरको भाउ उच्च भएपछि त्यसको असर बसैखाले उपभोग्य वस्तुमा पर्ने व्यवसायीहरु बताउछन्। ‘दसैंको मुखमा धेरै ग्राहकले किन्ने कपडा, सारीलगायतको समेत भाउ बढ्ने भयो,’ भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भने, ‘हामीले चीन, भारत, थाइल्यान्ड, सिंगापुरलगायतका स्थानबाट यस्ता सामान ल्याउछौ।’ उनले तेस्रो मुलुकबाट आयात हुने यस्ता सामग्रीको भाउ कम्तिमा १५ प्रतिशत बढ्ने अनुमान गरेको बताए। भारतमै बनेका कतिपय वस्तुको कच्चा पदार्थ तेस्रो मुलुकबाट आउने भएकाले त्यस्ता सामानको भाउ पनि उच्च हुने गुरुङले बताए।  

चेम्बर अफ कमर्सका सचिव एवं खाद्यान्नका थोक बिक्रेता देवेन्द्रभक्त शाक्यका अनुसार भारतबाट आउने चामलको भाउ बढ्ने सम्भावना नभएपनि अन्य खाद्यान्नको वृद्धि हुने बताए। ‘डलर धेरै महँगो भएकाले अब गेडागुडी र ड्राइफुडको भाउ सबैभन्दा धेरै बढ्छ,’ उनले भने, ‘नेपालमा अष्ट्रेलियनबाट चना, क्यानेडियाबाट केराउ र विभिन्न तेस्रो मुलुकबाट बोडी आउने गरेको,’ शाक्यले भने, ‘ड्राई फुड पनि तेस्रो मुलुकबाटै आउछ, डलरको प्रत्यक्ष असर यी वस्तुमा देखिन्छ।’
नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८८ प्रतिशत रहेकाले सबैखाले उपभोग्य वस्तुमा नेपाल आयातमा भर पर्दै आएको छ। नेपालमा चामल मात्र गएको वर्ष ८ अर्बभन्दा बढीको अयात भएको छ। यसले गर्दा दैनिक उपभोग्य वस्तुमा समेत असर पर्ने देखिएको हो।
डलरको भाउ उच्च भएपछि त्यसको प्रत्यक्ष असर सुनमा भने देखिइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्दा पनि नेपालमा भने मंगलबार भाउ वृद्धि भएको छ। ‘सुन किन्ने लागत बढेकाले विदेशमा घट्दा पनि यहा बढेको हो,’ नेपाल सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले भने, ‘डलरमा किन्नुपर्ने भएपछि अन्त घट्दा पनि हामीले बढाउनु पर्छ।’
विश्वव्यापीरुपमै डलरको भाउ बढ्दा सुनको घट्ने प्रचलन छ। तर, सोमबारको तुलनामा मंगलबार नेपालमा सुनको भाउ तोलामा साढे ६ सय रुपैयाँ वृद्धि भएको छ। जबकी सोमबारको तुलनामा अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १५ डलर भाउ घटेको थियो। मंगलबार नेपाली बजारमा सुन तोलाको ५७ हजार ३ सय भएको छ। यो भाउ ६० हजार पुग्ने व्यवसायीको अनुमान छ।
डलरका कारण नेपाल आयाल निगमले महँगोमा पेट्रोलियम पदार्थ किन्नुपर्ने भएको छ। यसले गर्दा अलिहेकै मूल्य कामय भए घाटा वृद्धि हुनेछ। भाउ बढाइएमा उपभोक्ताले महँगोमा किन्नुपर्नेछ। हाल मासिक १ अर्ब ६ करोड घाटा बेहोरीरहेको निगमले डलरको भाउ अहिलेकै अवस्थामा कायम रहेपनि मासिकरुपमा झण्डै १ अर्ब ३० करोड घाटा बेहोर्नु पर्ने हुन्छ। ‘अबको मूल्य आउदा भारतबाट करिब २० प्रतिशत बढेर आउने अनुमन छ,’ निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले भने, ‘घाटा घटाउन मूल्य समायोजन गर्दा पेट्रोलियम पदार्थ महँगिने सम्भावना छ।’
डलरका कारण मोबाइल, क्यामेरा, टेलिभिजनलगायका विद्युतिय सामग्रीको पनि मूल्य बढ्ने भएको छ। ‘डलर बढेपछि लागत वृद्धि हुन्छ,’ चौधरी ग्रुपका महाप्रबन्धक रमेश श्रेष्ठले भने, ‘यसले इलेक्ट्रोनिक्स सामानको भाउ स्वभाविकरुपमा बढ्छ।’ नेपाली बजारमा आउने इलेक्ट्रोलिक सामानमध्ये धेरैजसो तेस्रो मुलुकबाट आउने गर्छन्।
डलरका कारण सवारी साधनको भाउ पनि बढ्ने भएको छ। डलरको भाउ उच्च हुदै गएकपछि गएको दुइमहिनाभित्र तेस्रो मुलुकबाट आयात हुने सवारी साधनको भाउ १० प्रतिशत बढिसकेको निसान गाडीको बिक्रेता दुगड ब्रदर्स एन्ड सन्सका वरिष्ठ प्रबन्धक शम्भु सुवेदीले बताए। ‘डलरको अहिलेकै भाउ कायम रहे अहिले हामीले ४५ लाखमा बेचेको गाडी अब आयात गर्दा ५५ लाखमा बेच्ने गरि मात्र आइपुग्छ,’ उनले भने।
आयातको ठूलो हिस्सा भारत र चीनले ओगट्ने भएपनि तेस्रो मुलुकबाट पनि प्रसस्त आयात हुने गरेको छ। यसले सबै क्षेत्रमा महँगी बढ्ने सम्भावना भएको अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले बताए। ‘महँगी बढ्न सक्ने भएपनि सरकारले स्वभाविक हो की होइन हेर्नुपर्छ,’ उनले भने, ‘मूल्यवृद्धि अस्वभाविक भएमा बजार अनुगमन गरि नियन्त्रण गर्नुपर्छ।’

के को भाउ बढ्छ?

पेट्रोलिय पदार्थ
दाल, गेडागुडी
तयारी पोशाक
सुन
गाडी
विद्युयित सामग्री

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु