Skip to main content

लौ हेर्नुस हेभी इक्युपमेन्टको ‘स्टन्ट सो’

तपाईले रामशाहपथस्थित नेसनल ट्रेडिङको चउरमा धेरैचोटी चर्को संगीतका साथ ‘बाइक स्टन्ट सो’ हेर्नु भएको होला। भारतबाट आएका ‘बाइकका जदुगरले’ अत्यासलाग्दो गरि बाइक कुदाएको हेरेर धेरै पटक आत्तिनु भएको होला। तर, तपाईले कहिल्यै डोटर, क्रेन, स्काभेडरलाई त्यसै गरि डरलाग्दो पाराले कुदाएको र नचाएको हेर्नु भएको छ?
हेर्नु भएको छैन भने तपाई भृकुटीमण्डप गए हुन्छ। त्यहा जारी ‘अन्नपूर्ण होम्स नेपाल कन्ट्रक्सन एक्सपो–२०१३’मा नेपालमै पहिलो पटक हेभी इक्युपमेन्टको ‘स्टन्ट सो’ भइरहेको छ। ठूला–ठूला निर्माण उपकरणको ‘स्टन्ट सो’ देखाउने चाँजोपाँजो मिलाएको हो–जेसिबीका उपकरण बिक्री गर्ने मोरङ अटो वक्र्सले।
कम्पनीले विभिन्न खाले हेभी इक्युपमेन्टहरु एकै स्थानमा ल्याएर थरी–थरीका स्टन्ट गराइरहेको छ। ‘हामीले नेपालमै पहिलो पटक हेभी इक्युपमेन्टको स्टन्ट सो गराएका हौ,’ कम्पनीका बजार प्रबन्धक सञ्जीव देउजाले भने, ‘स्टन्टका लागि भारतबाट दुइजना अनुभवी स्टन्टकर्तालाई ल्याएका छौ।’

भारतबाट आएका अनुभवी स्टन्टकर्ताहरुले भृकुटीमण्डपको चउरमा शुक्रबारदेखि दैनिक विभन्न खाले कला देखाइरहेका छन्। उनीहरु कहिले जेसिबीको ब्याकहो लोडरलाई उचाल्छन् त कहिले लिफ्टरलाई नचाउछन्।
‘मेला हेर्न आउनेलाई मनोरञ्जन समेत होस् भनेर हामीले यस्तो स्टन्ट सो राखेका हौ,’ देउजाले भने, ‘स्टन्टका साथै हामीले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि गरिरहेका छौ।’ आफ्ना उपकरण वरपर र विभिन्न पहिरनका मोडललाई राखेको कम्पनीले स्काभेटरको डालोलाई नै बास्केटबल कोर्ट बनाएर बास्केटबल पनि खेलाइरहेको छ। यस्तो खेलका विजेतालाई उपहार दिने व्यवस्था पनि गरिएको उनले बताए।
मेलामा आएर हेभी इक्युपमेन्ट बुकिङ गर्नेलाई कम्पनीले विशेष उपहार योजना चलाएको छ। यो योजना मेला अवधिभर लागू हुनेछ। मेलामा ब्याकहोलोडर, कम्प्याक्टर, लिफ्टरलगायतका हेभी इक्युपमेन्ट किन्नेले चार दिन पाँच रातको थाइल्यान्ड भ्रमण गर्न पाउने छन्। यसैगरी स्काभेटर बुकिङ गर्नेले ७ दिन ८ रातको थाइल्यान्ड र सिंगापुर भ्रमण अवसर पाउनेछन्।
नेपाली हेभी इक्युपमेन्ट बजारमा आफ्नो हिस्सा बढाइरहेको जेसिबीले मेलामा आउनेलाई आकर्षित गर्न मनोरञ्जनात्मक कार्यक्रम राखेको देउजाले बताए। मेलाकै अवसरमा कम्पनीले नेपाली बजारमा लिफ्टर पनि बिक्री सुरु गरेको छ। कम्पनीको नेपाली बजारमा कम्प्याक्टरको बजार सबैभन्दा धेरै रहेको छ। कमप्याक्टर बजारको ९० प्रतिशत हिस्सा आफ्नाले ओगट्ने देउजाले बताए।
यसैगरी ब्याकहोलोडर र डोजरको हिस्सा पनि सबैभन्दा धेरै रहेको उनले बताए। ब्याकहोलोडरको बजारमा जेसिबीको हिस्सा ६७ प्रतिशत, डोजरको ७५ प्रतिशत, लोडरको ५५ प्रतिशत र स्काभेटरको ४९ प्रतिशत रहेको कम्पनीले जनाएको छ।





Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...