Skip to main content

चामल, दाल, तेलको अधिकतम मूल्य तोकिँदै


विष्णु पोखरेल, काठमाडौं, भदौ २२- केही व्यापारीको मिलेमतोमा उपभोग्य वस्तुको मूल्य अस्वभाविक रुपमा बढिरहेका बेला वाणिज्य विभागले अत्यावश्यक आठ खाद्य वस्तुको अधिकतम मूल्य (एमआरपी) तोक्न सरकारलाई प्रस्ताव गरेको छ।  वाणिज्यमन्त्रीसमेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य तोक्न दुई साताअघि विभागलाई निर्देशन दिएका थिए।
विभागले सोही निर्देशनअनुसार बजार मूल्यको विश्लेषण गरेर सर्वसाधारणलाई अति आवश्यक आठ वस्तुको भाउ तोक्न वाणिज्य मन्त्रालयलाई बिहीबार प्रस्ताव गरेको हो। सरकारले यसरी भाउ तोक्न लागेको यो पहिलोपटक हो।
विभाग महानिर्देशक नारायणप्रसाद बिडारीका अनुसार चामल, दाल, पिठो, तेल, गेडागुडी, नुन, चिनी र चिउराको भाउ तोक्न मन्त्रालयमा प्रस्ताव छलफलबाट मन्त्रिपरिषदले पारित गरेपछि लागू हुनेछ।
'हामीले विभिन्न खाले तथ्य-तथ्यांक विश्लेषण गरी आठ वस्तुको मूल्य प्रस्ताव गरेका हांै,' बिडारीले भने, 'हामीले व्यापारीका संस्थाहरुको सुझाव मागेका थियौं, उहाँहरुले नदिएपछि सुझावबिनै प्रस्ताव पठाएका छौं।' विभागले चेम्बर अफ कमर्स, खुद्रा व्यापार संघ, किराना व्यापारी संघलगायतलाई मूल्य सुझाव गर्न बिहीबारसम्मको समय दिएको थियो।
यी संस्थाहरुले कुनै सुझाव नदिएपछि विभाग आफंैले संकलन गरेको तथ्यांक विश्लेषणका आधारमा मूल्य तोक्न सिफारिस गरेको हो। विभागले एक वर्षअघिदेखि राजधानीमा बढी खपत हुने दैनिक उपभोग्य वस्तुको नियमित मूल्य संकलन गर्दै आएको थियो।
बिडारीले मसिनो, मन्सुली र मोटा चामलको मात्र भाउ तोक्ने प्रस्ताव गरिएको बताए। यसैगरी दालमा मास, मुसुरो, रहर र मुङ, पिठोमा गँहु र मैदा, तेलमा तोरी, भटमास र सूर्यमुखी, गेडागुडीमा केराउ, चना र सिमी-बोडीको अधिकतम मूल्य तोक्न सिफारिस गरिएको छ। उनले सिफारिस गरे पनि अन्तिम रूप नपाइसकेकाले मूल्य विवरण भने सार्वजनिक गर्न नमिल्ने बताए।
सरकारले आवश्यक वस्तु संरक्षण ऐनअनुसार उपभोग्य वस्तुको भाउ तोक्न लागेको हो। ऐनले बजारमा अत्यावश्यक वस्तुको कालोबजारी हुन नदिन भाउ तोक्नसक्ने व्यवस्था गरेको छ। विभागले पठाएको प्रस्तावलाई मन्त्रालयले सरोकारवालाबिच छलफल गराई मन्त्रिपरिषद पठाउनेछ।
वाणिज्य सचिव लालमणि जोशीले सर्वसाधारणले कालोबजारीको सामना गर्नुपरिरहेकाले सरकारले उपभोग्य वस्तुको भाउ तोक्न लागेको बताए। उनले बजार हस्तक्षेपका लागि सरकारले उपभोग्य वस्तुको मूल्य तोक्न लागेको जानकारी दिए। मन्त्रालयले चाँडै खाद्य वस्तुको भाउ तोक्न मन्त्रिपरिषदमा प्रस्ताव गर्ने जोशीले बताए।
केही समयदेखि बजारमा उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढिरहेको छ। मूल्यवृद्धि धेरै भएपछि सरकारलाई नियन्त्रण गर्ने दबाब परिरहेको छ। मूल्यवृद्धि नियन्त्रणका लागि प्रधानमन्त्री भट्टराईले पटक-पटक सरकारी निकायलाई निर्देशन दिइसकेका छन्।
'ठूला गोदाम छापा मार्छौं'
वाणिज्य सचिव जोशीले मूल्यवृद्धि नियन्त्रणका लागि ठूला व्यापारी र उत्पादकका गोदाम छापा मार्ने बताएका छन्। उनले प्रधानमन्त्रीको निर्देशनअनुसार ठूला व्यापारीका गोदाम पनि छापा मार्ने तयारी भएको जानकारी दिए।
'प्रधानमन्त्रीले कृत्रिम अभाव सृजना गर्नेका गोदामका ताला फोडेर भए पनि अनुगमन गर्न निर्देशन दिइसक्नुभएको छ,' बिहीबारै राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, 'अब गोदाम बन्द गरेर हिँड्ने व्यापारीको ताला तोडेर भए पनि अनुगमन गछर्ौं।'
केही दिनअघि सरकारी अनुगम टोली जाँदा कुलेश्वरका आयातकर्ता व्यापारीले गोदाम बन्द गरेर भागेका थिए। प्रधानमन्त्रीले ठूला व्यापारीका कारण भाउ बढेको भन्दै यस्ता भगौडालाई कारबाही गर्न निर्देशन दिएपछि जोशीले यस्तो प्रतिक्रिया दिएका हुन्। 'हिजो अस्तिसम्म सचेतनामूलक अनुगमन भइरहेको थियो, अब सशक्त अनुगमन हुन्छ,' जोशीले भने, 'मूल्यवृद्धि कम गर्न सरकारले अब कुनै कसर बाँकी राख्दैन।'

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु