Skip to main content

दुई रेगुलेटर कम्पनीलाई गुणस्तर चिह्न




सरकारले पहिलोपटक नेपाली रेगुलेटरलाई गुणस्तर प्रमाण चिह्न(एनएस)दिँदै मापदण्डभित्र ल्याएको हो।  


काठमाडौं, भदौ २६ –खाना पकाउने ग्यासमा प्रयोग हुने रेगुलेटर नक्कली र मापदण्डविपरीत भेटिन थालेपछि मापदण्ड बनाएको सरकारले स्वदेशी २ कम्पनीलाई नेपाल गुणस्तर प्रमाण चिह्न(एनएस) दिएको छ। 
नेपालमा ६ वटा उद्योगले उत्पादन गरिरहेका भए पनि मापदण्ड पूरा गर्ने दुई उद्योगका उत्पादनलाई यस्तो चिह्न दिइएको हो। सरकारले ग्यासमा प्रयोग हुने रेगुलेटरलाई एनएस चिह्न दिएको यो पहिलोपटक हो।  
'मापदण्ड पूरा गरेका  उद्योगलाई हालै गुणस्तर चिह्न दिएका हौं,' गुणस्तर तथा नापतौल विभागका महानिर्देशक रामआधार साहले भने, 'अरु केही उद्योगले पनि एनएस लिन निवेदन दिएका छन्।' विभागले पशुपति फिल्टर क्यान्डल उद्योग र पेन्टस् रेगुलेटर उद्योगलाई एनएस दिएको हो। साहले विराटनगरको एक उद्योगलाई पनि एनएस दिन लागिएको बताए। 
पशुपतिका प्रबन्धक सन्तोष अग्रवालले एनएस पाएपछि आफूहरुको उद्योग वैधानिक हुनुका साथै गुणस्तरमा सरकारी मान्यता पाएको बताए। उनले स्वदेशी उद्योगको उत्पादनले गुणस्तर चिह्न पाएपछि विदेशीलाई प्रतिस्थापन गर्न सजिलो हुने दाबी गरे। पशुपतिले उत्पादन गर्ने 'इन्डो', 'मोरिया' र 'हरि इन्टरनेसनल' ब्रान्डले एनएस चिह्न पाएका हुन्। 

बजारमा न्यून गुणस्तरीय र असुरक्षित रेगुलेटर बिक्री भएको भेटिएपछि करिब डेढ वर्ष लगाएर सरकारले गएको माघमा रेगुलेटरको मापदण्ड तयार पारेको थियो। मापदण्ड नहुँदा विनादर्ता चलेका उद्योगले गुणस्तरहीन रेगुलेटर बजारमा ल्याएको भेटिएपछि सरकारले एनएस मापदण्ड बनाएको हो। 
रेगुलेटरको मापदण्ड तयार पार्न गुणस्तर तथा नापतौल विभागले गठन गरेको प्राविधिक समितिले करिब डेढ वर्ष अध्ययन गरेको थियो। प्राविधिक समितिले तयार पारेको मापदण्डलाई विभागले अन्तिमरुप दिई गुणस्तर परिषद्को बैठकबाट अनुमोदन गराएपछि लागु भएको हो। 
सरकारले भारतको मापदण्डलाई आधार मान्दै रेगुलेटरको गुणस्तर निर्धारण गरेको हो। नेपालले बनाएको रेगुलेटरसम्बन्धी यो पहिलो मापदण्ड हो। स्वदेशी मापदण्ड नहुँदा करिब दुई वर्षदेखि सरकारले भारतीय गुणस्तर प्रमाण चिह्न(आइसएआई) अंकितबाहेकका रेगुलेटर बिक्रीमा रोक लगाएको छ। ०६७ साउन २७ मा माओवादी सभासद् रामकुमारी यादवको ग्यास दुर्घटनामा परी मृत्यु भएपछि सरकारले आइसआई अंकितबाहेकका रेगुलेटर बिक्रीमा रोक लगाएको थियो। 
सरकारले आइएसआई अंकित नभएका रेगुलेटर बिक्रीमा रोक लगाए पनि बजारमा भने अन्य रेगुलेटर बिक्री भइरहेका छन्। मापदण्ड नबन्दै नेपालमा ६ वटा रेगुलेटर उद्योग खुलिसकेका थिए। केही नेपाली उद्योगले समेत आइएसआई चिह्नको दुरुपयोग गरी रेगुलेटर उत्पादन गरेको भेटिएको थियो। 
रेगुलेटरका लागि भारतको गुणस्तर विभागले तोकेको चिह्न 'आइएस–९७९८' को साटो नेपाली उत्पादकले 'आइएस–४१२९', 'आइएस–६७६८' र 'आइएस–९८९७' नम्बर उल्लेख गरेर रेगुलेटर उत्पादन गरेको पाइएको थियो। 
मापदण्ड नहँदा बजारमा आएका गुणस्तरहीन रेगुलेटरलाई कारवाही गर्न पनि समस्या परेको थियो। यस्ता रेगुलेटरले जोखिम बढाउने सम्भावनासमेत हुने भएकाले मापदण्डमा ल्याउनुपर्ने प्राविधिले बताउँदै आएका थिए। 


Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु