Skip to main content

अनुगमन आउदा किन भाग्छन् व्यापारी ?

विष्णु पोखरेल, काठमाडौं, भदौ २८ - -बजार अनुगमनमा गएको वाणिज्य विभागको टोलीले बिहीबार सितापाइलास्थित तारापुञ्ज ट्रेडलिंकको सटरमा 'तीन दिनभित्र विभागमा उपस्थित हुनु' भन्ने व्यहोराको पत्र टाँसेर हिँड्यो। फोन गर्दा सम्पर्कमा आएका पसले टोली पुग्दा पसलमा नभेटिएपछि यस्तो पत्र टासिएको हो। 
-करिब एक महिना अघि विभागकै नेतृत्वमा कुलेश्वरस्थित खाद्य किराना पसलहरुको अनुगमनमा गएको थियो। टोली पुग्दा त्यहाँका धेरैजसो पसल बन्द थिए। सञ्चालकको खोजी गर्दा नभेटिएपछि केही पसलमा यस्तै पत्र टाँसेर टोली हिँडेको थियो। 

-गत वर्ष वाणिज्य मन्त्री भएको केही दिनभित्र लेखराज भट्ट आफंै अनुगमनका लागि कुलेश्वर पुगे। त्यसबेला पनि व्यापारीहरु पसल छाडेर भागिसकेका थिए। भाग्ने पसलेलाई कडा कारबाही गर्ने भेर मन्त्रीले भाषण पनि ठोके। तर, व्यापारीहरुले दबाब दिएपछि भाग्नेलाई केही कारबाही भएन। 

-दुई वर्षअघि अनुगमनमा विभागको टोली पुग्दा पनि कुलेश्वरका व्यापारी यसरी नै भागेका थिए। त्यसबेला विभागले तीनदिने स्पष्टिकरण सोध्यो। व्यापारीको समूह नै विभाग पुगेर उच्च अधिकारीलाई कारबाही नगर्न दबाब दिए। विभागले खासै कारबाही नगरि फेरि यस्तो गल्ती नगर्न सचेत मात्र गराएर छाडिदियो। 

बजार अनुगमनका लागि सरकारी टोली आउने सुइको पाएपछि व्यापारी भागेका केही उदाहरण हुन् यी। अनुगमन गर्न सरकारी टोली आउने थाहा पाएपछि यी मात्र हैन, अरु पनि धेरै व्यापारी भाग्ने गरेका छन्। अनुगमनका क्रममा असहयोग गर्दै व्यापारी भागे पनि कडा कारबाही नहुँदा यस्तो क्रम दोहोरिरहेको छ। 



उपभोक्ता ठगी रोक्ने जिम्मेवारी पाएको वाणिज्य विभागले अनुगमन गर्न जाँदा कुलेश्वरका व्यापारीले सधै असहयोग गर्दै आएका छन्। यस्तो असहयोग अन्य क्षेत्रका व्यवसायीले पनि गर्न थालेका छन्। उपभोक्ता अधिकार संरक्षण सम्बन्धी ऐन-कानुनले विभागलाई अनुगमन गर्ने अधिकार दिएको छ। त्यही अधिकार प्रयोग गर्दै अनुगमनमा जाने विभागको टोलीलाई व्यापारीले सहयोग गर्नुको साटो भाग्ने गरेका छन्। 
अनुगमनका क्रममा व्यापारीहरु भाग्ने क्रम दोहोरिन थाले पनि सरकारी नियकाले खासै गतिलो कारबाही गर्न सकेका छैनन्। कारबाही नभएको कुरालाई सरकारी निकायले पनि स्वीकारेका छन्। 'पहिले जे भए पनि अब भाग्नेलाई छाडिँदैन,' विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले भने, 'अनुगमन गर्दा भाग्नेलाई अब पक्राउ गरेर कारबाही गरिने छ।' 

सरकारी निकायले कारबाही नगरी छाडिदिदा पटकपटक व्यापारीहरु भाग्ने क्रम दोहोरिएको उपभोक्ताहित संरक्षण मञ्चका सचिव रामचन्द्र सिम्खडाले बताए। 'कालोबजारी गर्नेहरु यसरी भाग्ने गरेका हुन्, तिनलाई कडा कारबाही गर्नुपर्छ,' उनले भने, 'यस्ता व्यापारीको अनुमतिपत्र नै खारेज गर्नुपर्छ।' उनले कर्मचारीहरुले मिलेमतोमा समेत भगाएको हुनसक्ने भएकाले माथिल्लो निकायले खोजबिन गर्नुपर्ने बताए। 
यसरी भाग्ने केही व्यापारीलाई भने कालोबजार ऐनअनुसार पक्राउ गर्न वाणिज्य विभागले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेपछि पक्राउ भएका थिए। 'भाग्नेहरु पक्राउ पनि परेका छन्,' विभागका निर्देशक प्रेमप्रसाद पौडेलले भने, 'हालै मात्र चारजना भाग्ने व्यापारी पक्राउ परी धरौटीमा छुटेका छन्।' 

व्यापारी भाग्ने मात्र होइन, विभागले अनुगमनपछि स्पष्टीकरणका लागि बोलाएको समयमा उपस्थित नभएका पनि थुप्रै अनुभव सरकारी अधिकारीहरु सुनाउँछन्। स्पष्टीकरण गर्न बोलाउँदा नआएपछि गत वर्ष जिल्ला प्रशासन कार्यालयको सहयोगमा विभागले केही व्यापारीलाई पक्राउ गराएको थियो। त्यसबेला ग्यास, गुदँपाक, मिठाइ पसलेहरुलाई जिल्ला प्रशासन कार्यालयले पक्राउ गरी कालोबजार ऐनअनुसार कारबाही गरेको थियो।

Comments

Post a Comment

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...