Skip to main content

बाबुरामको घोडा मालामाल




अहिले मासिक १० वटा गाडी बिक्री भइरहेका छन्, प्रधानमन्त्रीले चढ्नुअघि मासिक २–३ वटा गाडी पनि बिक्दैन थिए। 


काठमाडौं–गत वर्ष भदौ दोस्रो सातातिर हेर्दा 'मिनि ट्रक' जस्तो देखिने, आकर्षणविहिन एउटा गाडीको चर्चा चुलियो। राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा त्यहि गाडीका तस्विर देखिए। 

प्रधानमन्त्री नियुक्त भएकै दिन बाबुराम भट्टराईले चढ्ने घोषणा गरेपछि  'हुलास मुस्ताङ म्याक्स'को चर्चा चुलिएको थियो। कमै मात्र नेपालीले चाल पाएको स्वदेशी गाडी 'मुस्ताङ म्याक्स'को चर्चा त्यसपछिका केही महिनासम्म पनि चलिरह्यो। 

प्रधानमन्त्रीले चढेपछि 'मुस्ताङ म्याक्स'को चर्चा मात्र भएन, व्यापार पनि बढ्यो। भट्टराईले प्रयोग गर्न थालेको १ वर्षभित्र यो गाडीको बिक्री र उत्पादन ह्वात्तै बढेको छ। बिक्री बढ्ने क्रम रोकिएको छैन। यसले थप गति लिदैछ। 

'मुस्ताङ म्याक्स' उत्पादन गोल्छा समुहको हुलास मोटर्सका अनुसार अहिले गाडीको माग पहिलेको भन्दा दोब्बर भएको छ। उत्पादन सुरु भएको केही वर्षपछि राम्रो व्यपार गर्न नसकेको यो कम्पनीले माग बढेपछि उत्पादन क्षमता नै बढाएको छ। 

'पहिलेकोभन्दा हामीले क्षमता पनि बढाउदै लगेका छौ,' कम्पनीका महाप्रबन्धक प्रफुल्लचन्द्र दासले भन, 'अहिले हामीलाई सबैतिरका डिलरले गाडी मागेको मागै छन्।' दासका अनुसार अहिले कम्पनीले आफ्नो क्षमतामा सुधार गरि मासिक १५ वटा गाडी बनाउनसक्ने भएको छ। पहिलो कम्पनीले मासिक ३ देखि ५ वटासम्म मात्र गाडी उत्पादन गर्न सक्थ्यो।  


'मुस्ताङ म्याक्स'को माग मात्र बढेको छैन, कम्पनीले आफ्नो वितरण सञ्जाललाई पनि विस्तार गर्दैछ। भट्टराईले चढ्न थालेपछि नै कम्पनीले राजधानी र दाङमा नयाँ डिलर नियुक्त गरेको छ। ग्रामिण भेगमा मात्र बिक्री हुने यो गाडी राजधानी भित्रैबाट पनि बिक्री भइरहेको छ। 

'माग धेरै छ, कम्पनीले माग अनुसार गाडी दिने अवस्था छैन,' सात महिनाअघि राजधानीको कुलेश्वरमा 'मुस्ताङ म्याक्स'को सोरुम खोलेका श्रीराम अटोमोबाइल्सका अध्यक्ष विजयराम कर्माचार्यले भने। उनका अनुसार हालसम्म उनले राजधानीबाट एक दर्जनबढी मुस्ताङ गाडी बिक्री गरिसकेका छन्। 

'कम्पनीको क्षमता थोरै छ,' कर्माचार्यले भने, 'ग्राहकले चाहेका बेलामा पनि हामीले गाडी दिनसक्दैनौ।' पहिले गाडीको कारोबार नगरेका कर्माचार्यले स्वदेशी गाडी बिक्री गर्न सुरु गरेका हुन्। 'हाम्रो अनुभवले मुस्ताङको बजार राम्रो छ भन्ने देखाएको छ,' कर्माचार्यले भने, 'प्रचारप्रसार हुन नसकेको रहेछ।' 

कर्माचार्यका अनुसार 'मुस्ताङ म्याक्स'का पिकअप, डबल क्याप र जीपमध्ये जीपको बिक्री राम्रो छ। धेरैले १३ सिट क्षमताको जीप मन पराएका छन्। कम्पनीले 'मुस्ताङ म्याक्स' भन्दा अघि बजारमा ल्याएको 'मुस्ताङ भिटु'को बिक्री भने खासै बढेको छैन। 

महाप्रबन्धक दासका अनुसार अहिले नेपालभरका डिलरमार्फत मासिक १० वटा जति गाडी बिक्री भइरहेका छन्। गत भदौअघि भने कम्पनीले मासिक २–३ वटा गाडी समेत बिक्री सकेको थिएन। पहिले देखिएका कमी कमजोरीलाई सुधार गर्दै बनाइएकाले नयाँ मोडेलको माग बढ्दो छ। 

…हामीले पहिलेकोभन्दा लुक्स पनि परिवर्तनको कोसिसमा छौ,' दासले भने, …यसलाई कसरी ग्राहकमैत्री बनाउने भन्नेमा हामी लागिरहेका छौ।' विशेषगरि पहाडी भु–भागका लागि उपयुक्त मानिएको …मुस्ताङ म्याक्स'ले गत वर्ष भदौपछि गति लिएको दासले बताए। 

स्वदेशी उत्पादन भएपनि सरकारले कर धेरै लगाएकाले कम्पनीले सस्तोमा गाडी उत्पादन गर्न नसकेको सञ्चालकहरुको दाबी छ। कम्पनीले अहिले आयात गर्ने पार्टस् र कच्चा पदार्थमा २५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर(भ्याट) तिर्दै आएको छ। उत्पादनपछि ४५ प्रतिशत अन्तशुल्क प्रतिशत १३ प्रतिशत भ्याट पनि तिर्नुपर्छ। भ्याटबाहेक अरु कर हटाइएपनि अहिलेको भन्दा निक्कै सस्तो पर्ने र ग्राहकले मुस्ताङ रोज्ने कम्पनीको दाबी छ। 

अहिले फुल अप्सन 'मुस्ताङ म्याक्स' १३ सिटे गाडीको मूल्य करिब २२ लाख पर्छ। फुल अप्सन गाडी नकिन्नेका लागि कम्पनीले 'मुस्ताङ म्याक्स' १३ सिटे जीप १७ लाख २५ हजार रुपैयाँमा दिन्छ। यसैगरी ११ सिटे जीपको भने १६ लाख ७५ हजार रुपैयाँ पर्छ। डलबक्याबको १७ लाख १० हजार र सिङ्गलक्याबको भने १३ लाख ८८ हजार रुपैयाँ पर्छ। 

चीनमा बनेको जिआई रिजर्भ टर्क इन्जिन प्रयोग गरिएको यो गाडीको क्षमता २ हजार ५ सय ४० सिसी छ। किसानका लागि आवश्यक पावर कार्टबाट उत्पादन सुरु हुलास मोटर्सले भारत र चीनमा बनेका पार्टस् र केही नेपालकै जोडेर गाडी बनाउने गरेको छ। कम्पनीका अनुसार करिब ६० प्रतिशत विदेशी र ४० प्रतिशत स्वदेशी कच्चापदार्थ 'मुस्ताङ म्याक्स'मा प्रयोग भएको छ। 

कम्पनीले अन्तशुल्क नलाग्दा वर्षको १ सय वटा भन्दा बढी गाडी उत्पादन गर्ने गरेकोमा अन्तशुल्क लगाएपछि भने वर्षको ३८ वटासम्ममा झरेको थियो। टु ह्विल र फोर ह्विल दुवै विशेषतायुक्त गाडी कम्पनीले उत्पादन गरेको छ। यो गाडी १ लिटर डिजेलमा १० किलोमिटरसम्म कुद्न सक्छ। कम्पनीले विराटनगर, पोखरा, नारायणगढ, हेटौडा, वुटवल, दाङ, महेन्द्रनगर, धनगढी, बनेपा र  काठमाडौंका डिलरमार्फत गाडी बेच्दै आएको छ। 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...