Skip to main content

समोसाको अचारमा मरेका साङ्ला



काठमाडौं, असोज १–खाजा खान जादा मिठो मानेर मिठाई खाने गर्नुभएको छ भने विचार गर्नुहोस्। तपाइले खाने मिठाई फोहोर भान्सामा पनि बनेको हुनसक्छ।
राजधानीको एउटा यस्तो मिठाई पसललाई सोमबार सरकारी अनुगमन टोलीले बन्द गराएको छ। टोलीले राजधानीको महाराजगञ्जस्थित रुवी स्विट्स एन्ड मिठाइ पसल बन्द गराएको हो। समोसाको साथमा दिइने अचारमा साङ्लै साङ्ला भेटिएपछि टोलीले पसल बन्द गराएको हो।
'पसल हेनै नहुने फोहोर रहेछ, खानेकुरा अस्वस्थकररुपले उत्पादन भइरहेको भेटिएकाले बन्द गराएका हौ,' टोलीमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुशन्धान अधिकृत योगेन्द्र ढुङ्गेलले भने, 'सञ्चालक प्रदीप बोगटीलाई तीनदिने स्पष्टिकरण सोधिएको छ।'

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...