Skip to main content

सौखिनलाई सुहाउदा बाइक


मोटरसाइकलमा कला देखाउने र बाइक कुदाएर रमाइलो गर्न चाहनेलाई लक्षित गर्दै विभिन्न कम्पनीले नेपाली बजामा पनि 'बिग बाइक'हरु भित्र्याउन थालेका छन्। 
नेपाली बजारमा यस्ता बाइकको संख्या बढ्दो छ। केही वर्षदेखि विभिन्न कम्पनीले नेपाली बजारमा बढी इन्जिन क्षमताका यस्ता बाइक ल्याइरहेका छन्। राजधानीमा अहिले चलिरहेको नाडा अटो सोमा पनि यस्ता बाइक ग्राहकले हेर्न सक्नेछन्। 
नाडा अटो सोमार्फत नै केही कम्पनीले ठूला मोटरसाइकल बजारमा ल्याएका छन्। बढी क्षमता मात्र होइन, उच्च मूल्य भएका यस्ता बाइक सहरिया एलिट वर्गका शौखिन युवाको नजरमा पर्न थालेका छन्। बाइक चलाउने शौख पाल्नेका लागि बजारमा उपलब्ध गराइदिएर मोटरसाइकल बिक्रेताहरुले पनि उनीहरुको रुची पुरा गर्न थालेका छन्। 
'यस्ता मोटरसाइकल बिक्रीका लागि भन्दापनि बढी ग्राहकलाई जानकारी दिन ल्याइएको हुन्छ,' नाडा सोमा तीनवटा ठूला बाइक राखेको सुजुकीको बिक्रेता गणेश इन्टरप्राइजेजकी बिक्री प्रबन्धक प्रमिला खत्रीले भनिन्। उनले नाडामा राखेका आफ्ना ठूला बाइकको बारेमा जिज्ञासा राख्ने धेरै भएपनि बिक्री भने नभएको बनाइन्। 'ग्राहकको जिज्ञासाले बिक्री हुन्छ भन्ने देखाएको छ,' उनले भनिन्। 

मेलामा सुजुकी मात्र होइन, होन्डा, यामाहा, केटिएम ड्रुक, ह्योसुङलगायत कम्पनीका यस्ता महँगा र उच्च इन्जिन क्षमता भएका स्पोर्टस् बाइक राखिएका छन्।  यस्ता बाइकप्रति युवा पुस्ताको आकर्षण निक्कै देखिएको छ। नेपाली बजारमा हाल २० लाख रुपैयाँ माथिका बाइकको संख्या पनि बढ्दै गएको छ। 
यामाहाको 'बिग बाइक' बिक्रीतर्फका इन्चार्ज छिरिङसिंह ठकुरीले यस्ता बाइक अन्य जस्तो धेरै नबिके पनि अहिले युवा पुस्तामा खोजीको विषय बन्न थालेको बताए। उनले अहिले युवाहरुले यस्ता बाइक खोज्न थालेको जानकारी दिए। यामाहाले पनि नाडामा यस्ता बाइक राखेको छ। नाडा सोमा यसपटक सुजुकीको भने ४ सय सिसीको स्कुटर समेत राखेको छ। बाइकसँगै यस्ता स्कुटर पनि बजारमा देखिन थालेका छन्। 
नाडामार्फत नै होन्डाले आफ्नो आफ्नो सबैभन्दा बढी क्षमता भएको महँगो बाइक बजारमा ल्याएको छ। होन्डाले सिबिआर–१०००–आरआर बाइक बजारमा ल्याएको हो। यो पनि मोटरसाइकल सौखिनका लागि लक्षित गरेर ल्याइएको कम्पनीले जनाएको छ। 
यस्ता बाइकहरु बिक्री गरेर व्यवसाय गर्न भन्दा पनि कम्पनीहरुले आफ्नो निर्माण कला देखाउनका लागि बजारमा ल्याउने गरेका छन्। विभिन्न बाइक स्टन्ट सोहरुमा यस्ता बाइकको प्रयोग धेरै हुने गरेको छ। 

नेपाली बजारमा उपलब्ध केही महँगा र बढी इन्जिन क्षमताका बाइकहरु 


मोडेल : – सुजुकी बि–किङ
इन्जिन क्षमता : – १३४० सिसी 
मूल्य : – २५ लाख 
विशेषता : –न्याकेट बाइक, इनलाईन–फोर–फोर स्ट्रोक इन्जिन, सिक्स स्पिड गेयरबक्स, १२० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, इलेक्ट्रिक स्टार्टलगायत 




मोडेल : – सुजुकी जिएसएक्सआर–६००
इन्जिन क्षमता : – ५९९ सिसी 
मूल्य : – २२ लाख 
विशेषता : –फोर स्ट्रोक लिक्युड कुल्ड इन्जिन, सिक्स स्पिड ट्रान्समिसन, १३० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, इलेक्ट्रिक स्टार्ट, १७ लिटर इन्धन ट्याङ्कलगायत 




मोडेल : – सुजुकी बर्गम्यान–४००(स्कुटर)
इन्जिन क्षमता : – ४०० सिसी 
मूल्य : – १६ लाख 
विशेषता : –फोर स्ट्रोक, लिक्युड कुल्ड, सिङ्गल सिलिन्डर इन्जिन, १२५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, इलेक्ट्रिक स्टार्ट, १३.५ लिटर इन्धन ट्याङ्कीलगायत 






मोडेल : – यामाहा आरसिक्स
इन्जिन क्षमता : – ५९९ सिसी 
मूल्य : – २० लाख ४७ हजार ९ सय 
विशेषता : –इनलाइन फोरसिलिन्डर लिक्युड कुल्ड इन्जिन, फोर स्पिड ट्रान्समिसन, इलेक्ट्रिक स्टार्टलगायत 






मोडेल : –यामाहा एफजे सिक्स 
इन्जिन क्षमता : – ६०० सिसी 
मूल्य : –१५ लाख १७ हजार ९ सय
विशेषता : –इनलाइन फोरसिलिन्डर लिक्युड कुल्ड इन्जिन, फोर स्पिड ट्रान्समिसन, इलेक्ट्रिक स्टार्टलगायत 









मोडेल : – होन्डा सिबिआर–१०००–आरआर 
इन्जिन क्षमता : – ९९८ हजार सिसी 
मूल्य : –२६ लाख ५० हजार रुपैयाँ 
विशेषता : –इनलाइन फोरसिलिन्डर लिक्युड कुल्ड इन्जिन, सिक्स स्पिड ट्रान्समिसन, इलेक्ट्रिक स्टार्टलगायत 




Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु