Skip to main content

चरिअमिलोको सस र चट्नी, सिन्कीको पाउडर

तस्विर : – नेपाली विकिपेडिया

चरिअमिलोको सस र चट्नी अनि सिन्कीको तयारी सुप। यो कल्पना हैन, तपाइले चाहनु भयो भने अब मात्रा मिलाएर बनाउन सक्नुहुनेछ। लगानी गरेर चरिअमिलोको सस, चट्नी र सिन्कीको तयारी सुप उद्योग पनि खोल्न सक्नुहुनेछ। 
गाँउघरमा खेर गइरहेको चरिअमिलोबाट सस र चट्नी अनि सिन्कीको तयारी सुप बनाउने प्रविधि विकास भएकाले यो सम्भव हुने भएको हो। एक वर्ष लगाएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अध्ययन गरेर यी खाद्य वस्तुको प्रविधि विकास गरेको हो। 
अहिले बजारमा गोलभेडा र खुर्सानीको सस बढी प्रचलनमा छ। यीनै सस जसरी चरिअमिलोबाट बनेको पनि प्रयोग गर्न सकिने विभागले जनाएको छ। 'खाद्य वस्तुको गुणस्तर नियमनसँगै हामीले नयाँ प्रविधि पनि विकास गरिरहेका छौ,' विभागकी महानिर्देशक जीवनप्रभा लामाले भनिन्, 'गएको आर्थिक वर्षमा हामीले चरिअमिलोको सस, चट्नी र सिन्की पाउडरको प्रविधि विकास गरेका हौ।' 
विभागले विकास गरेको प्रविधि प्रयोग गरेर उद्योगीहरुले उत्पादन बजारमा ल्याउन सक्नेछन्। केही वर्षअघि विभागले विकास गरेको सिस्नो पाउडरको प्रविधिकै आधारमा अहिले मुलुकका विभिन्न स्थानमा सिस्नो पाउडर उद्योग खुलिसकेका छन्। 

सस बनाउन १ किलो चरिअमिलोको गुदीमा चिनी, नुन र खुर्सानी, जिरा, ल्वाङ, मरिच, अलैची र सुकुमेलको धुलो मिसाउनु पर्नेछ। यसैगरी साइटिक र एसिडिक एसिड पनि मिलाउनु पर्छ। विभागले गरेको प्रविधि सिफारिसमा १ किलो चरिअमिलोको गुदीमा २ सय ग्राम चिनी, २५ ग्राम नुन, १० ग्राम खुर्सानीको धुलो, पाँच–पाँच ग्राम जिरा, ल्वाङ, मरिच, अलैची र सुकुमेलको धुलो मिसाउनु पर्नेछ। यसैगरी साइटिक एसिड ५ ग्राम र एसिडिक एसिड ५ मिलिलिटर मिसाउन विभागले सिफारिस गरेको छ। 
यसैगरी चरिअमिलोको चट्नी बनाउन भने विभागले १ किलो गुदीमा १ सय ग्राम चिनी, ४५ ग्राम नुन, २० ग्राम खुर्सानीको धुलो, पाँच–पाँच ग्राम जिरा, ल्वाङ, मरिच, अलैची र सुकुमेलको धुलो एवं साइटिक एसिड मिसाउने सिफारिस गरेको छ। चट्नीमा पनि ५ ग्राम एसिडिक एसिड मिसाउनु उपयुक्त हुनेछ। 
विभागले चरिअमिलोको सस र चट्नीसँगै सिन्कीको तयारी सुप बनाउने प्रविधि पनि विकास गरेको छ। यस्तो तयारी सिन्कीको सुपलाई उपभोक्ताले तातो पानीमा सिधै धुलो हालेर तयार पार्न सक्नेछन्। सिन्की सुपका लागि ४० ग्राम मकैको धुलो, ३० ग्राम गहुँको धुलो, १० ग्राम सिन्कीको धुलो मिसाउनु पर्छ। यसैगरी अदुवा, प्याजको धुलो, वनस्पती तेललगायत पनि मात्रा मिलाएर राखेपछि सिन्कीको तयारी पाउडर तयार हुनेछ। 
कम महत्व दिएका र गाँउघरमा खेर जाने तर पौष्टिक तत्व भएका वस्तुबाट आम्दानी बढाउनका लागि यस्ता खाद्यान्नको प्रविधि विकास गरिएको लामाले बताइन्। 'सहरी क्षेत्रमा यस्ता खाद्यान्नको खोजी हुने गरेपनि सहज पूर्ति भइरहेको छैन, परम्परागतरुपमा उपलब्ध खाद्यान्नलाई आधुनिक तरिकाले बनाउदा आम्दानी गर्न सकिन्छ,' उनले भनिन्, 'हामीले विकास गरेका प्रविधि प्रयोग गरेर साना उद्योगीले फाइदा लिन सक्नेछन्।'

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...