Skip to main content

बोतल–जारका पानी र प्याकेटको दूधमा पखाला लगाउने किटाणु

राजधानीलगायतका सहरी क्षेत्रमा प्रशोधित पिउने पानीको उपभोग बढिरहेका बेला यसको गुणस्तर भने खस्कँदो छ। बोतल र जारका पानीमा गुणस्तर समस्यासँगै शरिरलाई हानी गर्ने किटाणुको मात्रा पनि बढिरहेको छ। पिउने पानीको आवश्यकता पूर्ति गर्न राजधानीसहित सहरी क्षेत्रमा खुलेका दर्जनौ उद्योगले पखाला लगाउने जीवाणु 'कोलिफार्म'सहितको पानी बेचिरहेका छन्।

उपभोग्य खाद्यान्न र पेयको गुणस्तर निमयमन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पछिल्लो परीक्षण अध्ययनले प्रशोधित पानीको गुणस्तर सबैभन्दा कमजोर देखाएको हो। विभागले गएको वर्ष गरेको परीक्षणले प्रशोधित पानीका संकलित नमुनामध्ये सबैभन्दा धेरै झण्डै ६६ प्रतिशत गुणस्तरहीन देखाएको छ।
तोकिएको गुणस्तर नपुगेका पानीमध्ये धेरैमा अधिकमात्रामा 'कोलिफार्म' भेटिएको छ। 'गुणस्तर नपुगेका पानीमध्ये धेरैमा अधिक कोलिफार्म र पिएच नपुगेको पाइएको छ,' विभागका खाद्य अनुशन्धान अधिकृत मदन कुमार चापागाईले भने, 'परीक्षणले पानीको गुणस्तर निक्कै कमजोर नै देखाएको छ।'
विभागको प्रतिवेदन अनुसार गएको वर्षभन्दा यसपाली गुणस्तरहीन पानीको दर बढेको छ। गत वर्ष संकलित नमुनामध्ये ५८ प्रतिशत मात्र पानी गुणस्तरहीन पाइएको थियो। यसअघिका परीक्षणहरुले पनि करिब ५० प्रतिशत प्रशोधित पानी गुणस्तरहीन देखाएको थियो।

गएको वर्ष विभागले गरेको परीक्षण अनुसार पानीपछि दूधको गुणस्तर कमजोर देखिएको छ। दूध र दूग्धजन्य वस्तुमा पनि 'कोलिफार्म'को मात्र भेटिएको छ। दूधमा यस्ता जीवाणु शुन्य हुनुपर्छ। धेरैमा यस्ता जीवाणुको मात्रा अधिक पाइएको छ। यसका साथै मापदण्ड अनुसार चिल्लो पदार्थ र एसएनएफ नपाइने दूध, दही पनि धेरै छन्। दूधका लागि सरकारले ३० प्रतिशत चिल्लो पदार्थको मापदण्ड तोकेको छ।
गएको वर्ष संकलित दूधका नमुनामध्ये ५३.५ प्रतिशत गुणस्तरहीन पाइएको छ। विभागका अनुसार घिउ र तेलको गुणस्तर पनि कमजोर छ। गएको वर्ष यस्ता वस्तुका संकलित नमुनामध्ये २६.८ प्रतिशत गुणस्तरहीन पाइएका छन्। घिउ र तेलमा भने आवश्यक मात्रामा समि्रश्रण नभएको पाइएको हो।
विभागको परिक्षणले चिनी, मह, नुन, चक्कलेट, अन्नबाट बनेका खाद्यान्न, मासु, फलफूल, तरकारी, बेसन, इनर्जी ड्रिङ्क्सलगायतमा पनि गुणस्तर समस्या रहेको देखाएको छ। विभागकी महानिर्देशक जीवनप्रभा लामाले जनशक्ति, स्रोत, साधन अभावमा प्रभावकारी अनुगमन नहुदा गुणस्तर समस्या आएको बनाइन्।
उनले गुणस्तर मापदण्ड पुरा नगर्ने उद्योग विरुद्ध खाद्य ऐन अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएको जानकारी दिइन्। विभागले गएको वर्ष २ सय वटा उद्योग विरुद्ध मुद्दा दर्ता गराएको छ भने १ सय २३ वटा विरुद्ध मुद्दाको तयारी गरेको छ। 
सबैभन्दा धेरै गुणस्तर समस्या देखिएको प्रशोधित पानी उद्योग सञ्चालकहरु भने आफुहरुले सुधार गरिरहेको दाबी गर्छन्। 'हामीले संघको तर्फबाट पनि पहल गरेर गुणस्तर सुधार गरिरहेका छौ,' नेपाल बोतल वाटर उद्योग संघका अध्यक्ष धर्मानन्द श्रेष्ठले भने, 'हामीले मात्र गरेर भएन, कडा अनुगमन पनि हुनुपर्‍यो।'

श्रेष्ठले पानी उद्योगहरु 'जन्माएर पालन पोषण नगरि छाडिएका बच्चा' जस्तै भएको बताए। 'सरकारले जनतालाई खानेपानी वितरण गर्न सकेको छैन,' उनले भने, 'यसको फाइदा उठाउदै गुणस्तरहीन पानी उत्पादन गर्ने बढेका बढ्यै छन्, हेर्नुपर्ने निकायलाई मतलब छैन।' उनले अनुगमनलाई औपचारिकतामा सीमित नराखी प्रभावकारी बनाए यो समस्या कम हुने बताए।
डेरी उद्योग संघका पूर्व अध्यक्ष रामकुमार खड्काले पनि प्रभावकारी अनुगमन नहुदा र कारबाही कमजोर हुदा गुणस्तरहीन दूध उत्पादक बढेको बताए। 'फ्याट र एसएनएफ नै कम हाल्नेलाई त सरकारले डण्डा लगाउनु पर्‍यो नी,' उनले भने, 'कानुन प्रभावकारी कार्यान्वयन नहुदा यस्तो भएको हो।'
वस्तु            नमुना    गुणस्तरहीन नमुना
प्रशोधित पिउने पानी          ७९                         ५२ 
दूध र दूग्ध पदार्थ          ८६                          ४६ 
घिउ र तेल         ७१                         १९ 
चिनी, मह र चक्लेट        ४३                          ८ 
अन्नका उत्पादन १००                          १८ 
नुन                 ६                            १ 
इनर्जी ड्रिङ्क्स, ग्लुकोज    १५                           २ 
बेसन र भुजिया       १२७                          १६ 
मसला      १०१                          ७ 
फलफूल र तरकारी    ९०                           ३ 
मासु उत्पादन  ३६                                  १ 



Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु