Skip to main content

दैनिक उपभोग्य वस्तुको भाउ तोकियो(तालिकासहित)

काठमाडौं, भदौ २८ –सरकाले पहिलो पटक दैनिक उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य(एमआरपी) तोकेको छ। मुख्य सचिव लिलामणि पौडेलको संयोजकत्वमा बसेको सरकारवालाको बैठकले उपभोग्य वस्तुको एमआरपी तोकेको हो। व्यवसायीका प्रतिनिधी समेत सहभागी बैठकले उनीहरुको सहमतीमा भाउ तोकेको हो। सरकारले चामल, दाल, गेडागुडी र पिठोको भाउ तोकेको छ।

नुन र चिनीको भाउ भने सरकारी संस्थानहरुसँग छलफल गरेर तोक्ने निर्णय भएको छ। बैठकले खाने तेलमा भने प्याकेटमा लेखिएको एमआरपीमा २ प्रतिशत छुट दिने निर्णय गरेको छ। तोकिएको भाउमा नबेच्ने व्यापारीलाई सरकारले कारबाही गर्नसक्नेछ।

 सरकारले तोकेको मूल्य(किलोमा)
जनरल सोना मन्सुली ३६
स्टिम सोना मन्सुली ४६
जनरल जिरा मसिनो ५५
स्टिम जिरा मसिनो ६०
मास दाल मझौला ९६
मास दाल ठूलो गेडा १०५
मुसुरो दाल मझौला ९३
मुसुरो दाल ठूलो गेडा १०२
मुङ खोस्टा मझौला ११७
मुङ खोस्टा ठूलो गेडा १२७
चना मझौला १०७
केराउ सेतो ६५
बोडी ९५
आटा ३१
मैदा ३६

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...