Skip to main content

युरो–थ्री मापदण्ड पुरा नगर्ने गाडी भन्सारमै




(सर्वोच्चको आदेशपछि भन्सारले पुरानो प्रदूषण मापदण्डका सवारीको जाँचपास नगर्दा आयातित सवारी नाकामा थन्किएका हुन्)

काठमाडौं, असोज १४ -नयाँ सवारी प्रदूषण मापदण्ड लगाउने सरकारी निर्णयलाई सर्वोच्च अदालतले तत्काल लागु गर्न अन्तरिम आदेश दिएपछि पुरानो मापदण्डका सवारी भन्सार नाकामा रोकिन थालेका छन्। 
सर्वोच्चको आदेशपछि भन्सारले पुरानो प्रदूषण मापदण्डका सवारीको जाँचपास नगर्दा आयातित सवारी नाकामा थन्किएका हुन्। 'युरो–थ्री मापदण्डका गाडीमात्र जाँचपास गरिरहेका छौं' वीरगन्ज भन्सारका प्रमुख रामहरि अर्यालले भने, 'मापदण्डको प्रमाण ल्याउन नसक्ने गाडी छुटेका छैनन्।' 
उनले सरकारी निर्णयअनुसार अदालतले पनि आदेश दिइसकेकाले युरो–थ्री मापदण्ड पूरा नगरेका सवारीको जाँचपास गर्न छाडिएको बताए। 'हामीले रोकेको होइन, मापदण्ड पूरा भएको प्रमाणपत्र लिएर आउनुस् मात्र भनेका हौं' उनले भने। उनका अनुसार वीरगन्ज भन्सारमा अहिले एक सयभन्दा बढी गाडी र मोटरसाइकल रोकिएका छन्। 

सरकारले गत साउन २९ गते राजपत्रमा सूचना प्रकाशित गरेर युरो–थ्री मापदण्ड लागु गरेको थियो। यो निर्णयविरुद्ध सर्वोच्चमा रिट परेपछि गत मंगलबार सर्वोच्चले निर्णय लागु गराउनुपर्ने पक्षमा अन्तरिम आदेश दिएको छ। 

सर्वोच्चले 'सवारी प्रदूषण मापदण्ड–२०६९ लागु गर्न देखा परेका वा देखापर्ने व्यवधानबाहेक वा उक्त मापदण्ड लागु हुने विपरीतका कार्य नगर्नू नगराउनू' भनी अन्तरिम आदेश दिएको छ। 
सर्वोच्चको आदेशपछि भन्सारले युरो–थ्री मापदण्ड पूरा नगरेका गाडी जाँचपास नगरेको विभागमा उप–महानिर्देशक लक्ष्मण अर्यालले बताए। 'सर्वोच्चको आदेशपछि हामीले तोकिएको मापदण्ड पूरा गरेको प्रमाणपत्र नभएका गाडीलाई छाडेका छैनौं,' उनले भने। भन्सार अधिकारीहरुले वातावरण मन्त्रालयले निर्णय नगरी मापदण्ड पूरा नभएका सवारी छाड्न नसकिने बताएका छन्। 
नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का प्रवक्ता दीपक थापाले युरो–थ्री मापदण्ड पूरा नभएका सवारी भन्सारमा रोकिएको बताए। उनले भारतिय कम्पनीका गाडी र मोटरसाइकल नाकामा धेरै रोकिएको जानकारी दिए। 
थापाले वातावरण मन्त्रालयले सवारी साधन रोकिएको विषयमा के निर्णय गर्ने भनेर छलफल अघि बढाएपछि निर्णय भने गरिनसकेको बताए। वातावरण मन्त्रालयले आइतबार पनि यस विषयमा छलफल गरेको थियो। छलफलमा भन्सार विभाग, वाणिज्य मन्त्रालय, वातावरण मन्त्रालय र नाडाका प्रतिनिधि सहभागी थिए। छलफलबाट कुनै निश्कर्ष निस्कन सकेन। 
सरकारले युरो–थ्री मापदण्ड लागु गरेपछि व्यवसायीले तत्काल कार्यान्वयन गर्न नसकिने बताउँदै आएका छन्। नाडाले आयात गर्न सम्झौता भइसकेका, अर्डर दिइएका र आयात हुँदै गरेका सवारी साधन नेपाल भित्रिसकेपछि मात्र निर्णय लागु गर्न माग गरेको छ। यसैगरी वर्कसपलाई आधुनिकिकरण गर्न पनि नाडाले समय माग गरेको छ। नाडाले गरेका माग समेत समेटेर निर्णय कार्यान्वयन गर्न सरकारले समिति गठन गरिसकेको छ। 
निर्णय कसरी र कहिलेदेखि लागु गर्ने भन्ने छलफल चलिरहेका बेला सर्वोच्चले आदेश दिएपछि भन्सार अधिकारीले जाँचपास गर्न छाडेका हुन्। 'अदालतको आदेशविपरीत निर्णय गर्दा अख्तियारले समाउला भन्ने डर भएकाले जाँचपास नगरिएको हो,' भन्सार विभागका एक अधिकारीले भने, 'जाँचपास नगराउनु भन्ने पत्राचार भने भएको छैन।' 
नेपालमा आयात हुने अधिकांश भारतीय कम्पनीका व्यावसायिक गाडी, कार र मोटरसाइकलले युरो–थ्री मापदण्ड पूरा गरेका छैनन्। युरोपेली, जापानी, कोरियाली, अमेरिकी ब्रान्डका सवारी साधनले भने पहिलेदेखि नै धेरै युरो–थ्री मापदण्डका गाडी ल्याउँदै आएका छन्। 'अन्यत्रका गाडीको आयात ५ प्रतिशतभन्दा कम छ,' वीरगन्ज भन्सार प्रमुख अर्यालले भने, 'धेरै आउने भारतीय नै हुन्, तिनले नै मापदण्ड पूरा नगरेकाले नाकामा भारतीय गाडी धेरै बसेका छन्।' 








Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु