Skip to main content

खाद्य सुरक्षाको उच्च जोखिममा नेपाल


काठमाडौं, असोज २४-अन्तर्राष्ट्रियरुपमा गरिएको एक सर्वेक्षणले नेपाल खाद्य सुरक्षाको उच्च जोखिममा रहेको देखाएको छ। 
बेलायतस्थित जोखिम विश्लेषण गर्ने कम्पनी(रिस्क एलनाइसिस कम्पनी) म्यापलक्रफ्टले ९७ मुलुकमा गरेको सर्वेक्षणले नेपाललाई उच्च जोखिममा देखाएको हो। सर्वेक्षणले नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, बंगालादेश, श्रीलंकालगायतका अधिकांश मुलुक खाद्य सुरक्षाको उच्च जोखिममा रहेको देखाएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 
अफगानिस्तान भने खाद्य सुरक्षाको अति जोखिममा रहेको सर्वेक्षणले देखाएको छ। कम्पनीले बुधबार 'खाद्य सुरक्षा जोखिम सुचांक' प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो। प्रतिवेदनका अनुसार संसारभरका ५९ मुलुक खाद्य सुरक्षाको अति जोखिममा रहेका छन्। त्यसमध्ये ३९ मुलुक अफि्रकाका पर्छन्। 
प्रतिवेदनले अफि्रकाका ७५ प्रतिशत मुलुकमा खाद्य सुरक्षा जोखिम रहेको देखाएको छ। अति जोखिमको सूचीमा रहेका ११ मुलुकमध्ये नौवटा अफिकाका छन्। १ सय ९७ मुलुकमध्ये सबैभन्दा बढी खाद्य सुरक्षा जोखिम सोमालियामा देखिएको छ। यसैगरी दोस्रो नम्बरमा कंगो, तेस्रोमा हाइटी, चौथोमा बुरुन्डी, पाचौमा चाड, छैटौंमा इथियोपिया, सातौमा इरिट्रीया, आठौंमा अफगानिस्तान, नवौमा दक्षिणी सुडान र दशौंमा कोमोरोस परेका छन्।  

नेपाल खाद्य सुरक्षा जोखिममा रहेका ४८ राष्ट्रभित्र परेको छ। हालैका दिनमा भएको खाद्यान्नको उच्च मूल्यवृद्धि, अमेरिकालगायतका मुलुमा देखिएको लामो खडेरी, अरब मुलुकमा भएका आन्दोलन, गरिबी, सैन्य विद्रोह, गृहयुद्धलगायतका कारणले खाद्य सुरक्षा जोखिम बढेको सर्वेक्षणमा उल्लेख छ। 
सर्वेक्षक कम्पनीले यो सूचांक सरकार, गैर सरकारी निकाय र व्यापार क्षेत्रलाई विभिन्न मुलुकको खाद्य सुरुक्षा संकेतकोरुपमा प्रयोग गर्न मिल्ने गरि निकालिएको जनाएको छ। कम्पनीले १ सय ९७ मुलुकबाट प्राप्त खाद्यान्न आपूर्ति स्थिती, पोषणको अवस्था, स्वास्थ्यको अवस्थालगायतलाई मूल्याङ्कन गरेर सूचांक निकालेको हो।
कम्पनीले विश्वभर बढ्दो खाद्यान्नको मूल्यले खाद्य संकट बढ्ने सम्भावना देखिएको संकेत पनि गरेको छ। कम्पनीले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनमा अमेरिकामा ५० वर्ष यताकै सबैभन्दा ठूलो खडेरी परेकाले मकैंको भाउ हालसम्मकै उच्च विन्दुमा पुग्न लागेको उल्लेख छ। यसैगरी रसियामा उत्पादन घटेपछि गँहुको मूल्यपनि १० प्रतिशतले बढेको छ। घट्दो खेतियोग्य जमिनका कारण गत जुलाइमा खाद्यान्नको भाउ ६ प्रतिशतले बढेको कम्पनीको प्रतिवेदनमा उल्लेख छ।
'सन् २०१३ का लागि गरिएको खाद्यान्न मूल्य प्रक्षेपण चिन्ताजनक छ,' कम्पनीका प्रमुख हेलेन होजलाई उदृत गर्दै विज्ञप्तीमा उल्लेख छ, 'अझै खाद्य संकट भने आइसकेको छैन।' 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...