Skip to main content

उद्योग बढ्दै, गुणस्तर खस्कदै


काठमाडौं, असोज २८ - राजधानीमा पिउने पानीको राम्रो प्रबन्ध नहुँदा वर्षेनी प्रशोधित पानी उद्योग थपिने क्रम बढेको छ।उद्योगको संख्या बढे जसरी गुणस्तर भने खस्कँदै गएको छ। 
उपत्यकाभित्र प्रत्येक वर्ष दर्ताहुने खाद्य तथा पेय उद्योगमध्ये प्रशोधित पानी उद्योगको संख्या सबैभन्दा धेरै हुने गरेको छ। 
'सरकारले समेत पिउनयोग्य पानी वितरण नगरेपछि उद्योगको संख्या बढेको हो,' नेपाल बोतल वाटर उद्योग संघका अध्यक्ष धर्मानन्द श्रेष्ठले भने। खाद्य एवं पेय उद्योगलाई उत्पादन अनुमतिपत्र(अनुज्ञापत्र) दिने सरकारी निकाय खाद्य प्रविध तथा गुण नियन्त्रण विभागका अनुसार यस्ता उद्योग धेरै खुल्ने गरेका छन्। विभागको पछिल्लो तथ्यांकअनुसार गत वर्षमात्र विभागबाट ४६ वटा नयाँ प्रशोधित पानी उद्योगले अनुज्ञापत्र लिएका छन्।
यसैगरी विभागले गत वर्ष ३४ उद्योग दर्ताका लागि उद्योग विभाग र घरेलु तथा साना उद्योगलाई सिफारिस गरेको छ। उद्योगको संख्यावृद्धिसँगै गुणस्तर समस्यासमेत बढिरहेको विभागकै तथ्यांकले देखाएको छ। गत वर्ष विभागले गरेरको पानीका नमुना परीक्षणमा ६६ प्रतिशत पानी गुणस्तरहीन पाइएको छ। त्यसभन्दाअघि भने ५८ प्रतिशतमात्र पानीका नमुना गुणस्तरहीन भेटिएका थिए। 
उपत्यकामा वर्षेनी प्रशोधित पानीको माग ३० प्रतिशतले बढ्ने गरेको संघले जनाएको छ। बढ्दो माग पूरा गर्ने नामममा खुलेका उद्योगले आवश्यक मापदण्ड पुरा नगर्दा गुणस्तर खस्केको अध्यक्ष श्रेष्ठले बताए। 'उत्पादकले आफ्नो पानी परीक्षण गरेर मात्र बजारमा पठाउनुपर्नेमा त्यस्तो प्रणली विकास भएको छैन,' उनले भने, 'प्रयोगशाला पनि कतिपयले देखाउनमात्र राख्छन्।'
विभागले अनुज्ञापत्र दिदा प्रयोगशाला अनिवार्य गरेको छ। तर, यस्ता प्रयोगशाल प्रयोग नगरी पानी बजारमा ल्याउँदा समस्या भएको हो। 'हामीले गुणस्तर कायम गर्नलाई पहल गरिरहेका छौं, न्यूनतम मापदण्ड बनाइरहेका छौं,' श्रेष्ठले भने, 'यसमा सरकारी निकायले पनि सहयोग गर्नुपर्छ।' 
श्रेष्ठका अनुसार राजधानीमा अझै पनि धेरै उद्योग बिनादर्ता चलिरहेका छन्। यसले गर्दा गुणस्तरीय पानी उत्पादकको लगानी डुब्ने र सरकारले राजस्व पनि नपाउने अवस्था आएको छ। सरकारी अनुगमन कमजोर हुदा समस्या बढेको उनले बताए। 
अनुगमन भइरहेको भए पनि व्यवसायीले गुणस्तरीय उत्पादनमा ध्यान नदिदा समस्या बढेको विभागका प्रवक्ता प्रमोद कोइरालाले बताए। 'अनुज्ञापत्र लिएर कानुनीरुपमा आउँदैमा गुाणस्तर सुधार हुन्छ भन्ने हैन,' उनले भने, 'व्यवसायीले गुणस्तरीय बनाउन ध्यान नदिदा समस्या छ।' सरकारी तथ्यांक अनुसार उपत्यकाभित्र पानी उद्योग १ सय ३६ वटा पुगेका छन्। यसैगरी दूध उद्योगको संख्या ५४, बेकरीको संख्या १ सय ४५, मसला १ सय १३ वटा पुगेका छन्। 
पिउने पानी वितरण गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले मागअनुसार आपूर्ति गर्न नसक्दा प्रशोधित उद्योग दर्ता बढेको श्रेष्ठ बताउँछन्। उपत्याकामा दैनिक ३५ करोड लिटर पिउने पानी माग रहेको छ। केयुकेएलले भने दैनिक १४ हजार लिटर उपलब्ध गराउने गरेको छ। केयुकेएलका अनुसार राजधानीमा वर्षेनी ६ हजारभन्दा बढी धारा थपिन्छन्। यसले पानीको माग बढ्दो छ। तर, केयुकेएलले पहिलेकै संरचनालाई व्यवस्थित गर्न नसक्दा वितरित पानीसमेत ३३ प्रतिशत चुहावट भइरहेको छ। 
नेपालमा यस्ता उद्योगको संख्या धेरै भएकाले स्रोत साधनको कमीका कारण अनुगमन गर्न नसकिएको सरकारी निकायका अधिकारीले बताउँदै आएका छन्। झन्डै सवा अर्ब जनसंख्या भएको भारतमा मात्र २ सय वटा पानी उद्योग रहेको तथ्यांक छ। तर, साढे २ करोडको हाराहारीमा जनसंख्या भएको नेपालमा भने झन्डै ४ सय पानी उद्योग छन्। त्यसमध्ये आधाभन्दा बढी अवैधरुपमा अनुमतिबिनै चलिरहेका स्वयं उद्योगी स्वीकार्छन्। 
अन्तर्राष्ट्रियरुपमै बोतलको पानी उपभोग बढिरहेकाले यस्ता उद्योगको संख्या बढ्दो छ। तर, नेपाल जस्तो सहजै खानेपानीको स्रोत उपलब्ध हुने मुलुकमा पनि यति धेरै उद्योग खुल्नु अस्वभाविक भएको अध्यक्ष श्रेष्ठ बताउछन्। 'जे जसरी बेचे पनि बिक्ने र कसैले नहेर्ने भएपछि यस्तो भएको हो,' उनले भने, 'अन्तर्राष्ट्रिय निकायले नेपालको बोतल वाटर प्रदूषित छ भन्ने रिपोर्ट दिएकाले राम्रो उत्पादन गर्नेलाई पनि समस्या छ।'

विभागमा गत वर्ष दर्ता केही खाद्य एवं पेय उद्योग 
उद्योग दर्ता सख्या
प्रशोधित पानी ४६
बेकरी, बिस्कुट र कुकिज २५
वनस्पती घिउ र तेल १४
मसला १३
दूध र दूधजन्य ११
चक्लेट, कन्फेसनरी र ग्लुकोज १०
कुल नयाँ खाद्य उद्योग १६१

स्रोत : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...