Skip to main content

भारतिय कम्पनीको नेपालमा स्मार्टफोन बेच्ने टक्कर


काठमाडौं, असोज २९–आइफोन निर्माता एप्पल र स्मार्टफोन निर्माता सामसङको शितयुद्ध चलेका खबरहरु धेरै आउने गर्छन्। एप्पल–सामसङ प्रतिष्पर्धा र कानुनी लडाई अन्तर्राष्ट्रिय मिडियाका मसला बनिरहेका छन्। 
स्मार्टफोनको विकाससँगै यी दुई कम्पनी मात्र होइन धेरै कम्पनीबिच प्रतिष्पर्धा चम्कदो छ। यस्तो प्रतिष्प्रर्धा ठूला कम्पनीमा मात्र सिमित छैन। विश्व स्मार्टफोन बजारमा ठाँउ अनुसार एप्पल, सामसङ, नोकिया, सोनी इरिक्सन, एलजी, एचटिसीलगायतका चलेका ब्रान्डबिच प्रतिष्पर्धा छ। 
यस्ता प्रतिष्पर्धामा ग्राहकको क्रय क्षमताले भुमिका खेल्ने रहेछ। विकसित र क्रय क्षमता बढी भएका मुलुकमा नाम चलेका र पुराना ब्रान्डबिच प्रतिष्पर्धा छ, नेपालजस्ता क्रय क्षमता कम भएका मुलुकमा भने सस्ता र नयाँ ब्रान्डबिच। नेपाली बजारमा स्मार्टफोनको माग बढ्न थालेपछि सस्ता फोन ल्याएर बजर हिस्सा बढाइरहेका भारतिय कम्पनीबिच पनि प्रतिष्पर्धा चर्कन थालेको छ। 
नेपाली बजारमा मोबाइल बिक्री गरिरहेका कलर्स, कार्बन, माइक्रोम्याक्सलगायतका ब्रान्डबिच स्मार्टफोन भित्र्याउने होडबाजी चल्न थालेको छ। यी कम्पनीले सुविधा र मूल्यमा प्रतिष्पर्धा गर्न थालेका छन्। कलर्सले नेपाली बजारमा तीनखाले सस्ता स्मार्टफोन भित्र्याएपछि हालै कार्बनले पनि यस्तै दुइखाले मोडेल भित्र्याएको छ। यद्यपी मूल्यका हिसाबले भने कार्बनका स्मार्टफोन कलर्सका तुलनामा केही महँगा देखिएका छन्।
कलर्सको बिक्रेता पशुपति ट्रेडलिंकले कार्बनका दुइखाले स्मार्टफोन बजारमा ल्याएको हो। कम्पनीले कार्बन ए–५ र कार्बन ए–७ मोडेलका स्मार्टफोन ल्याएको हो। यी स्मार्टफोनमा गुगलको एन्ड्रोइड भि–२.३.६ जिन्जरब्रेड अपरेटिङ सिस्टम प्रयोग गरिएको छ। कार्बन ए–५ मा ३.५ इन्चको एचभिजिए टचस्त्रिकन छ।
दुइवटा सिमकार्ड प्रयोग गर्न मिल्ने यसमा थिरजी सेवा चलाउन सकिन्छ। यसमा दुई मेगापिक्सेलको क्यामेरा, एचएसडिपिए ७.२ एमबिपिएस, ८ सय मेगाहर्जको प्रोसेसर, जि–सेन्सर सपोर्ट, ब्लुतुथ, इडिजिई सपोर्ट, ३२ जिबीसम्मको मेमोरी थप गर्न सकिनेलगायतका विशेषता छन्। १ हजार ४ सय २० एमएएचको ब्याट्रीयुक्त यो फोनमा तीव्र गतिको इन्टरनेट चलाउन सकिन्छ। यसको बजारमा मूल्य १० हजार ९८ रुपैयाँ तोकिएको छ।यस्तै विशेषता भएको कार्बनको एक्स फ्याक्टरको भाउ भने ७ हजार ९ सय ९५ रुपैयाँ पर्छ।  
यसैगरी कार्बन ए–७ मा ३.५ इन्चको एचभिजिए मल्टिटचस्क्रीन, दुइवटा सिमकार्ड लाग्ने, अल्ट्रा फास्ट १ गेगाहर्ज प्रोसेसर, ५ मेगापिक्सेलको एचडी क्यामरा, फ्रन्ट क्यामरा, भिडियो कलिङ, थि्रजी चल्ने, एचएसडिपिए ७.२ एमबिपिएस, वाइफाई हटस्पट, युएसबी तिथरिङ, ३.५ एमएम युनिभर्शल ज्याक, गुगल म्याप, जिपिएस, ३२ जिबीसम्म मेमोरी विस्तार गर्न मिल्ने, सेन्सर सपोर्ट, जि–सेन्सर गेमलगायतका विशषता छन्। यसको भाउ १२ हजार २ सय ३६ रुपैयाँ तोकिएको छ। यस्तै विशेषता भएको कार्बनको एक्स फ्याक्टरको भाउ भने ७ हजार ९ सय ९५ रुपैयाँ पर्छ। यस्तै विशेषता भएको कार्बनको एक्सफ्याक्टरप्लसको भाउ भने१० हजार ५ सय ५५ तोकिएको छ। यसले गर्दा नेपाली बजारमा यी दुई कम्पनीबिच तिव्र प्रतिष्पर्धा हुने देखिएको छ।  
दुई स्मार्टफोनसँगै कार्बनका अरु नयाँ सेटहरु पनि बजारमा आएका छन्। कम्पनीले कार्बन–१०१८, कार्बन–२१, कार्बन–११, कार्बन–४५१, कार्बन– ११०८ मोडलका सेट बजारमा ल्याएको हो। कार्बन–१०१८ मोडेलमा १.८ इन्चको एलसिडी स्त्रिकन, दुइवटा सिमकार्ड लगाउन मिल्ने, ब्लुतुथ, अडियो प्लेयर, भिडियो प्लेयर, एफएम रेडियो, मोबाइल ट्रयाकर, क्यामरा,  भिडियो रेकर्डरलगायतका सुविधा छन्। यसको मूल्य २ हजार २ सय ५२ रुपैयाँ तोकिएको छ। 
कार्बन–२१ मोडलमा २.२ इन्चको स्त्रिकन, डिजिटल क्यामरा, दुइवटा सिमकार्ड प्रयोग गर्न मिल्ने, भिडियो प्लेयर, भिडियो रेकर्डर, वायरलेस एफएम रेडियो, ब्लुतुथ, दुइवटा मेमोरी कार्ड राख्न मिल्ने, टर्च लाइटलगायतका सुविधा छन्। यसको भाउ ३ हजार ७६ रुपैयाँ तोकिएको छ। 
कार्बन–११ मोडलको मोबाइलमा २.४ इन्चको स्त्रिकन, ब्लुतुथ, डिजिटल क्यामरा, चार जिबीसम्म मेमोरी विस्तार गर्न मिल्ने, अटो कल रेकर्डर, टर्च, म्युजिकप्लेयर, भिडियोप्लेयर, एफएम रेडियो, साउण्ड रेकर्डर, हिन्दी र अंग्रजी भाषालगायतका सुविधा छन्। यसको मूल्य २ हजार ८ सय ५१ रुपैयाँ तोकिएको छ। 
कमपनीले बजारमा ल्याएको कार्बन–४५१ मोबाइलमा पनि २.४ इन्चको स्त्रिकन छ। यसमा १.३ मेगापिक्सेलको क्यामेरा, भिडियो प्लेयर, रेकर्डर, दुइवटा सिमकार्ड लाग्ने, एफएम रेडियो, रेकर्डिङ, ८ जिबीसम्म मेमोरी लाग्ने, जिपिआरएस, वाप, एमएमएस र ब्लुतुथलगायतका विशेषता छन्। यसको बजारभाउ ३ हजार ५ सय ४६ कायम गरिएको छ।
कार्बन–११०८ मोडेलमा २ इन्चको स्त्रिकन, डिजिटल क्यामेरा, दुइवटा सिमकार्ड लाग्ने, भिडियो प्लेयर, रेकर्डर, चार जिबीसम्मको मेमोरी गर्न मिल्ने, एफएम रेडियो, टर्च, हिन्दी र अंग्रजी भाषालगायतका सुविधा छन्। यसको बजार मूल्य २ हजार ५ सय ८६ रुपैयाँ तोकिएको छ। कम्पनीले सबै फोन सेटमा १ वर्षे र ब्याट्री एवं चार्जरमा ६ महिने वारेन्टी सुविधा दिएको छ। 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु