Skip to main content

नेपालको कृषिमा चीनको सहयोग

काठमाडौं–चीनले बाली, पशु र बीउ विकास, कृषि उपज व्यापार सहजिकरणलगायतका विभिन्न पाँच क्षेत्रमा आर्थिक र प्राविधिक सहयोग गर्ने भएको छ।  
तस्विर साभार : – विश्व खाद्य कार्यक्रम

सोमबार राजधानीमा भएको नेपाल–चीन कृषि सहायता सम्बन्धी द्विपक्षिय बैठकमा चीनले सहयोगको प्रतिबद्धता जनाएको हो। बैठकले विभिन्न पाँच क्षेत्रलाई प्राथमिकता क्षेत्र तोकि सहयोग आदानप्रदान गर्ने निर्णय गरेको छ। नेपालका तर्फबाट बैठकमा कृषि सचिव गणेशराज जोशी र चीनको तर्फबाट कृषि मन्त्रालयका उप–मन्त्री निउ दुनले नेतृत्व गरेका थिए। 

बैठकले बाली तथा पशु विकास कार्यक्रम अन्तर्गत वणशंकर धान र  मकैं विकास, मत्य पालन र चरन विकासका लागि आपसी सहयोग गर्ने निर्णय गरेको छ। कृषि मन्त्रालयका प्रवक्ता प्रभाकर पाठकल यस्तो सहयोग आर्थिक हुने वा प्राविधिक भन्ने विषयमा भने पछि टुङ्गो लगाइने छ। 

'बैठकले कृषि मन्त्रालयका सह–सचिवको संयोजकत्वमा पाँच सदस्यिय कार्यदल गठन गर्ने निर्णय गरेको छ,' उनले भने, 'यो कार्यदलले कुन क्षेत्रमा कस्तो सहयोग गर्ने भन्ने निर्णय गर्नेछ।' आर्थिक र प्राविधिक सहयोगको टुङ्गो लागेपछि नेपालले आगामी यस्तै बैठकमा प्रस्ताव राख्ने उनले बताए। 


बैठकले बीउका लागि अत्यावश्यक पर्ने आनुवंशिक स्रोतहरुको आदान–प्रदान गर्ने र विभिन्न बालीका वर्णशंकर जात बीउ उत्पादनका लागि संयुक्त अनुशन्धान गर्ने निर्णय गरेको छ। यस्ता जात विकासमा धान, मकै, वागबानी, बंगुर र कुखुरालाई समेटिएको छ। 

कृषि उपज र उत्पादन सम्बन्धी व्यापार सहजिकरणका लागि वनस्पती, पशु र खाद्य क्वारेन्टाइन कार्यक्रमलाई सुदृणिकरण गर्ने, दुवै देशमा देखिने पशु र वनस्पतीमा देखिने सीमाविहिन रोग र पेस्ट नियन्त्रणमा सहकार्य गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यस्तै नेपालका व्यवसायी, कृषि प्राविधिक, कर्मचारी र कृषकलाई चीन भ्रमण गराई कृषि प्रविधि सम्बन्धी तालिम दिने प्रतिबद्धता चीनले जनाएको छ। 

नेपाल र चीनले बैठकमा सहयोग आदान–प्रदान गर्ने सम्बन्धी बैठकको निर्णयमा दुवै देशका नेतृत्वकर्ताले हस्ताक्षर गरेको छ। सहयोग सम्बन्धी समझदारीपत्रमा आगामीवर्ष चीनमा हुने चौथो यस्तै बैठकमा हस्ताक्षर हुनेछ। नेपाल–चीन कृषि सहायता सबन्धी उच्चस्तरिय तहको यो तेस्रो बैठक हो। 

चीनबाट उप–मन्त्रीले यस्तो बैठकमा सहभागिता जनाएको भने पहिलो पटक हो। यसअघिका बैठकमा चीनबाट मन्त्रीस्तरिय अधिकारी सहभागी भएका थिएनन्।नेपालले बैठकमा रसायनिक मल कारखाना स्थापनाका लागि सहयोगको प्रस्ताव राखेको थियो। तर, यस विषयमा कुनै निर्णय भएन। 

क्वारेन्टाइनहरु सुधारका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यसले निर्यात सहजिकरणमा सहयोग गर्ने अपेक्षा गरिएको छ। नेपालबाट फलफूल, चिकेनलगायतका सामग्री निर्यातको सम्भावना रहेको छ। 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...