Skip to main content

फुटपाथका पसेलेलाई भ्याइनभ्याई


काठमाडौं, कात्तिक-दसैं सुरु भएपछि राजधानीका सपिङ मल, सुपरमार्केट, डिर्पामेन्ट स्टोर र सटरका पसले मात्र होइन, फुटपाथका पसलेलाई पनि भ्याइनभ्याई भएको छ। 
आ–आफ्नो क्षमता अनुसार किनमेल गर्न ग्राहक सहरका विभिन्न स्थानका पसलमा पुग्ने गर्छन्। कम आय भएका र राजधानी बाहिर जानेहरुले किनमेल गर्नलाई फुटपाथ रोजेपछि यस्ता पसलेलाई पनि भ्याइनभ्याई भएको हो। यस्ता पसलेहरु दसैं सुरुहुनुअघिदेखि फुलपाती–अष्टमीसम्म सामान बिक्री गर्न बिहानदेखि बेलुकैसम्म सडक पसलमा व्यस्त हुने गरेका छन्। 
'दसैंका बेला अरु समयकोभन्दा तेब्बर बिक्छ,' बानेश्वरको फुटपाथमा व्यापार गर्ने डम्बर थापाले भने, 'अरुबेला दैनिक बढीमा चार हजारको व्यापार हुन्थ्यो, अहिले १० देखि १५ हजारसम्म भइरहेको छ।' उनका अनुसार दसैंका बेलामा महानगरपालिकाले विहानैदेखि फुटपाथमा पसल राख्न दिएकाले पनि कारोबार बढेको हो। 
अरुबेलामा सिमित दिन र साँझमात्र यस्ता पसलेले फुटपाथमा पसल राख्न पाउछन्। दसैंका अवसरमा भने यी पसलेलाई विहानैदेखि पसल राख्न छुट दिइएको छ। पसलको भाडा तिर्नु नपर्ने भएकाले फुटपाथका पसलमा सामान अन्यत्रभन्दा निक्कै सस्तो हुने गर्छ। यसले गर्दा मध्यम र निम्न मध्यम वर्गका ग्राहकले फुटपाथमा किनमेल गर्ने गर्छन्। 

'भित्रभन्दा निक्कै सस्तो हुने भएकाले फुटपाथमा किनेको हो,' कोटेश्वरको फुटपाथ पसलमा विहिबार हाफपेन्ट किन्दै गरेका गोठाटारका रामहरि खड्काले भने, 'अरुलाई किनिदिनुपर्दा पनि म फुटपाथबाट नै किनिदिन्छु।' 
दसैंका बेलामा फुटपाथमा राखिएका तयारी पोशाकका पसल बढी चलेका छन्। विभिन्न खाले सर्ट, पेन्ट, टिर्सट, हाफपेन्ट, टोपी, भेस्ट, इनर वेयर, कुर्ता सुरुवाल, टप्स, कुर्ती, जम्फर, ज्याकेट, लेगिन्ज, स्कट, वानपिसलगायतका कपडाको बिक्री धेरै हुने गरेको बिक्रेताहरु बताउछन्। 
तयारी पोशाक बाहेक जुत्ता–चप्पल, बेल्ट, पर्स, लेडिज ब्यग, चस्मा, घडी, मोबाइल एस्सेसरिज, इमजेन्सी लाइटलगायतको बिक्री पनि फस्टाएको छ। आफ्नै प्रयोग र राजधानीबाट घर फर्कनेले उपहारकोरुपमा लानलाई किनमेल गर्ने भएकाले यस्ता सामग्रीको बिक्री बढेको हो। 
आवश्यक सामग्री किन्न फुटपाथमा ग्राहकको भिड लाग्न थालेपछि फुटपाथमै राखिएका खानाका स्टल र ठेलाको कारोबार पनि फस्टाएको छ। सडक किनारामै मम, चाउमिन, चाटलगायतका खाजा बनाउने र पानीपुरी, चटपटेलगायतका सामग्री बेच्नेले समेत दसैंमा अन्य बेलाकोभन्दा बढी कमाई गर्ने गरेका छन्। 
कोटेश्वरमा एकै स्थानमा नबसी हातमै ज्याकेटलगायतका लुगा झुन्ड्याएर बिक्री गर्ने कमलेश भगतले दसैंका बेलामा सबैभन्दा राम्रो कारोबार भइरहेको बताए। 'अरुबेला दिनको एक हजारको समान बेच्थे अहिले ४ हजारसम्म बेचिरहेको छु,' उनले भने, 'दसैंका बेलामा जस्तो बिक्री कहिल्यै हुदैन।' 
कोटेश्वरकै फुटपाथमा व्यापार गर्ने कल्पना पण्डितका अनुसार अहिले उनलाई सामान बेच्न भ्याइनभ्याई छ। 'बिहानैदेखि केही न केही बिक्री भइनै रहेको छ,' उनले विहिबार दिउसो भनिन्, 'साँझसम्म यस्तै हुन्छ।' पहिले साँझ मात्र पसल राख्दा पनि खासै ग्राहक नआउने गरेकामा अहिले भने विहानदेखि बेलुकैसम्म आउने गरेका छन्। 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...