Skip to main content

चम्किदो चङ्गा व्यापार


काठमाडौं, कात्तिक-आफ्नो छोराको रहर मेटाइदिन कोटेश्वरकी सरिता खनालले ११ वटा चङ्गा किनिदिएकी छिन्। नजिकैको गिफ्ट सपबाट उनले छोराका लागि एक दर्जन चङ्गा किनिदिएकी हुन्। 
'दसैंभरलाई पुर्‍याउछ भनेर एकैपटक एक दर्जन किनिदिएको हो,' नागरिकसँग उनले भनिन्, 'सगैका साथीहरुले चङ्गा उडाएको देखेपछि केटाकेटीले रहर गरिहाल्छन्, किनिदिनै पर्‍यो।' छोरालाई ५ रुपेयाँ पर्ने १२ वटा चङ्गा किनिदिएकी उनले ५ सय मिटर धागो सहितको लट्टाई समेत ल्याइदिएकी छिन्। छोराले ५ सय मिटर छोटो भएको गुनासो गरेपछि उनले पसल पुगेर त्यसमै फेरि ५ सय मिटर थपिदिइन्। 
खनाल मात्र होइन, दसैंको चहलपहल बढेपछि धेरै अभिभावकले बालबालिकाको रहर पुरा गरिदिन चङ्गा किन्न थालेका छन्। यसले गर्दा वर्षका अरु बेला प्रायः शुन्य जस्तो हुने चङ्गाको व्यापार यसबेला निक्कै फस्टाएको छ। राजधानीका विभिन्न स्थानका गिफ्ट सपहरुमा रङ्गी चङ्गी चङ्गा सजाउने क्रम पनि बढेको छ। 
बालबालिका मात्र होइन, पछिल्लो समयमा बढ्दै गएका चङ्गा चेट प्रतियोगिताका सहभागी र आयोजकले समेत किन्ने गरेकाले व्यापार फस्टाएको सम्बद्ध व्यवासयीहरु बताउछन्। यस्तो प्रतियोगिताहरु पनि दसैं–तिहारकै बेला धेरै हुने गरेका छन्। यसले गर्दा अरुबेला खासै व्यापार नभएपनि दसैंका बेलामा भने निक्कै हुने बिक्रेतहरुले बताए। 

स्वरुप डिफ्ट एन्ड कस्मेटिक कोटेश्वरका सञ्चालक रामचन्द्र श्रेष्ठका अनुसार दसैंका बेलामा मात्र करिब १० हजार चङ्गा बिक्री गर्ने गरेको बताए। 'यसबेला मात्र बिक्ने हो अरुबेला कसैले किन्दैन,' उनले भने, 'घटस्थापना देखि चङ्गाको व्यापार निक्कै बढेको छ।'
दसैं बाहेका तिहारका बेलामा केही कारोबार भएपनि अरुबेला चङ्गाका ग्राहक न्यून हुने उनले बताए। श्रेष्ठका अनुसार राजधानीका प्रायः सबै बजारमा भारतिय चङ्गा आउने गरेका छन्। नेपाली र चिनियाँ चङ्गा पनि बिक्री हुन्छन्। बजारमा कागज, प्लास्टिक र कपडाबाट बनेका विभिन्न आकार र मूल्यका चङ्गा उपलब्ध छन्। 
बजारमा १ रुपैयाँदेखि हजाररुपैयाँसम्म पर्ने चङ्गा पाइन्छन्। सस्ता खाले चङ्गाको बिक्री महँगाको तुलनामा धेरै हुने गर्छ। रंगिन चङ्गाको आकर्षण ग्राहकमा छ। श्रेष्ठले भने २ रुपैयाँदेखि ४० रुपैयाँसम्मका चङ्गा बिक्री गर्ने गरेको बताए। उनका अनुसार ग्राहकले एकैपटकमा एक–दुई दर्जन किन्ने भएकाले बिक्री राम्रो हुन्छ। 
चङ्गा उडाउनका लागि धागो र लट्टाईको आवश्यकता पर्छ। यसले गर्दा चङ्गासँगै लट्टाई र धागोको कारोबार हुने गर्छ। बजारमा धागो विनाको लट्टाईको भाउ न्यूनतम ५० रुपैयाँ पर्छ। यसैगरी धागो सहितको लट्टाईको न्यूनतम मूल्य भने ३ सय देखि सुरु हुन्छ। लट्टाई र धागोको डिजाइन र गुणस्तरका आधारमा भाउ बढ्दै जान्छ। 
बानेश्वरस्थित बानेश्वर गृहका बिक्रेता साजन कर्मचार्यका अनुसार दसैंका बेलामा जस्तो चङ्गाको कारोबार अरु बेला हुदैन। …अरुबेला त हामी बेच्दैनौ,' उनले भने, 'दसैंका बेलामा मात्र बेच्ने हो।' बानेश्वर गृहले १ रुपैयाँदेखि १ सय ९० रुपैयाँसम्म पर्ने चङ्गा बिक्रीका लागि राखेको छ। विशेषगरि बालबालिका नै पसलमा चङ्गा किन्न आउछन्। बजारमा विभिन्न आकारका चङ्गा उपलब्ध छन्। 
गृहले माछा र छाता आकारका चङ्गा पनि बिक्रीका लागि राखेको छ। बालबालिकालाई आकर्षित गर्न विभिन्न कार्टुन सिरियलका पात्रहरु अंकित र रंगिन चङ्गा पनि बजारमा आएका छन्। यसैगरी माछा, पुतली, माकुरा जस्ता जीवजस्ता देखिने र विभिन्न चर्चित व्यक्तिका तस्विर देखिने चङ्गा पनि किन्न पाइन्छ। 
बढी मात्रामा कागज र प्लास्टिकबाट बनेका चङ्गा बिक्छन्। बालबालिकाले खेलाउन र प्रतियोगितामा भाग लिनका लागि मात्र नभई धार्मिक विश्वासले चङ्गा किन्नेहरु पनि छ। मनोरञ्जनको साथमा धार्मिक र वैज्ञानिक कारणले पनि चङ्गा उडाउने चलन छ । यस्ता चलनलाई पछ्याउनेहरु चङ्गा किन्ने गरेका छन्। 
शुभ र सकुनकारुपमा चङ्गालाई मानेर उडाउने नेपाली पनि छन्। दसैंका बेलामा चङ्गा उडाउनुलाई हिन्दु परम्पराअनुसार पानी नपार्न इन्द्रदेवलाई सन्देश पठाउन पनि चङ्गा उडाइन्छ। दसैंका बेला धान पाक्न लागिसकेको हुनाले चङ्गा उडाएर इन्द्रलाई पानी नपार्दिन अनुरोध गरिएको भन्ने जनविश्वास पनि पाइन्छ। 
मनोरञ्जन, प्रतिष्पर्धा र धार्मिक विश्वासको संगमका कारण वर्षेनी चङ्गाको कारोबार बढिरहेको बिक्रेताहरुको अनुभव छ। 'पोहोर–परारभन्दा यसपटक चङ्गा निक्कै बिकिरहेको छ,' बिक्रेता श्रेष्ठले भने, 'यत्तिधेरै माग हुन्छ भन्ने सोचेकै थिइन।' नेपालमा वर्षेनी विभिन्न संघ–संस्थाहरुले चङ्गा उडाउने प्रतियोगिता समेत गर्ने गरेका छन्। दसैंकै अवसर पारेर नगरकोटमा वर्षेनी चङ्गा उडाउने प्रतियोगिता हुदै आएको छ। 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...