Skip to main content

दसैंमा ३० करोडका खसीबोका कारोबार


काठमाडौं, कात्तिक -मासुको सबैभन्दा बढी खपत हुने दसैंका बेला राजधानीमा ३० करोड रुपैयाँभन्दा बढीको खसीबोकाको कारोबार भएको छ।
राजधानीका दसैंका लागि निजी र सरकारी क्षेत्रले ल्याएका ३० करोड रुपैयाँभन्दा बढीका खसीबोका बिक्री भएका हुन्। राजधानीका हुने माग पुरा गर्न निजी क्षेत्रले दसैंका बेला ठूलो संख्यामा खसीबोका भित्र्याउने गरेका छन्। यसैगरी खसीबोकाको बजार भाउ अस्वभाविकरुपमा नबढोस् भनेर वर्षेनी सरकारी स्वमित्वको खाद्य संस्थानले पनि दसैंका बेला खसीबोकाको कारोबार गर्दै आएको छ। 
यसपालीको दसैंमा निजी क्षेत्रले मात्र करिब ५० हजार खसीबोका कारोबार गरेको नेपाल चौपाया खरिद बिक्री सेवा संघका निवर्तमान अध्यक्ष दीपक थापाले बताए। उनका अनुसार राजधानीका लागि ५० हजार खसीबोका र करिब ५ हजार भेडा–च्याङ्ग्रा ल्याइएको हो। यी खसीबोकाको औसत तौल १५ किलो मानेर हिसाब गर्दा पनि २५ करोड बढीको कारोबार हुने देखिन्छ। 
निजी क्षेत्रसँगै खाद्य संस्थानले ल्याएका खसीबोका र भेडा–च्याङ्ग्राको हिसाब गर्दा ३० करोडभन्दा बढीको कारोबार पुग्ने व्यवसायीहरुले बताए। तर, सरकारी र निजी दुवै क्षेत्रसँग यसको आधिकारिक तथ्याङ्क भने छैन। यसपटक खसीबोकाको तुलनामा भेडा–च्याङ्ग्रा भने कम अएका छन्। 'यसपाली भेडा–च्याङ्ग्रा थोरै आएपनि खसीबोका पहिले अनुमान गरेकै संख्यामा आए,' उनले भने, 'यसपाली अभाव र भाउ धेरै बढ्ने भएन।' 

यसपटकको दसैंमा खसीबोका सबैभन्दा महँगोमा अष्टमीका दिन बिक्री भए। अष्टमीका दिन राजधानीमा खसीबोका किलोको ३ सय ५० देखि ३ सय ७० रुपैयाँसम्ममा कारोबार भएका थिए। स्थानिय खसीबोका किलोको ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने भारतिय खसीबोका किलोको ३ सय ७० रुपैयाँसम्ममा बिक्री भए।  
नवमीका दिनदेखि भने खसीको भाउ बढीमा किलोको ३ सय ३० रुपैयाँसम्म कायम भएको थापाले बताए। उनले नवमीका दिनदेखि खसीबोकाको कारोबार कम भएको जानकारी दिए। नवमीका दिनदेखि कम भएपनि अघिल्ला वर्षकोभन्दा भने कारोबार बढेको छ। 'यसैबेला मुस्लिम समुदायको इद पनि परेकाले खसीबोकाको बिक्री पहिले जस्तो ह्वात्तै घटेको छैन,' उनले भने, 'मुस्लिमहरुले इदमा पुजा गर्नका लागि खसीबोका किन्ने भएकाले यस्तो भएको हो।' 
दसैंका बेलामा खाद्य संस्थानले भने करिब २ हजार खसीबोका बिक्री गरेको छ। यसपटक तीन हजार खसीबोका ल्याउने लक्ष्य राखेको संस्थानले किसानसँग किन्दै महँगो पर्ने भएकाले कम मात्र बिक्री गरेको हो। 'हामीले यसपटक करिब १७ सय जति मात्र खसीबोका बिक्री गर्‍यौ,' संस्थानका नायव महाप्रबन्धक इन्द्रप्रसाद सिटौलाले भने। संस्थानले भने २५ किलोसम्मको खसीको भाउ किलोको ३ सय ४ रुपैयाँ र २५ किलो माथिको खसीको भाउ किलोको ३ सय १४ रुपैयाँ तोकेको थियो।
दसैंका बेलामा खसीबोकासँगै भेडा च्याङ्ग्राको पनि माग हुने गर्छ। तर, यसपटक भेडा च्याङ्ग्रा भने धेरै आउन नसकेको थापाले बताए। 'गोठमै महँगो परेकाले भेडा च्याङ्ग्रा धेरै बजारमा आएनन्,' थापाले भने। राजधानीमा तातोपानी र रसुवागढी नाका हुदै भेडा च्याङ्ग्रा आउने गर्छन्। खोरमै भेडा च्याङ्ग्राको भाउ किलोका ४ सय रुपैयाँ पर्ने भएपछि यसपटक धेरै व्यवसायी नकिनिकन फर्किएका थिए। 
सरकारी निकाय र व्यवसायीहरुले दिएको जानकारी अनुसार नेपालमा वार्षिक करिब ७० अर्ब रुपैयाँ बराबरको मासु खपत हुने गर्छ। मासु खाने संस्कृती विकास हुदै गएकाले नेपालमा मासुको खपत बढीरहेको छ। थापाले बर्षेनी मासुको माग र मूल्य बढीरहेको बताए। 'सबै खाले चौपाया र पंक्षीको गरेर बार्षिक ७० अर्ब जतिको मासु खपत हुन्छ,' थापाले भने, 'हामीले गरेको अध्ययनले यस्तो तथ्याङ्क देखाएको हो,'। दसैंका बेला बर्ष भरिकै सबैभन्दा बढी मासुको खपत हुन्छ।  
बिक्रेताहरुका अनुसार दसैंका बेला बार्षिक कारोबारको ४० प्रतिशत भन्दा बढी मासुको खपत हुन्छ। खपत बढेर स्वदेशी उत्पादनले अपुग हुदा नेपालमा ८ देखि १० अर्बसम्मको मासु आयत हुने सरकारी तथ्याङ्क छ। कृषि मन्त्रालयका अनुसार नेपालमा बार्षिक झण्डै तीन लाख मासु खान प्रयोग हुने चौपायाको आयत हुन्छ। 
विश्व खाद्य तथा कृषि संगठन(एफएओ)का अनुसार एक नेपालीले वर्षमा १० किलो मासु खान्छन्। नेपालको सरकारी तथ्याङ्कले भने हाल एक नेपालीले वर्षमा ११ किलो मासु खान्छन्। नेपालमा कुखुरा, रागा–भैसी, खसी–बोका, बंगुर, हासलगायतको मासु बढी खपत हुन्छ। दसैंका बेला मात्र राजधानीमा खसी बोकाको बिक्री तीनगुना बढ्छ। पशु सेवा विभागको तथ्याङ्कमा दसैं पर्ने असोज महिनामा राजधानीमा करिब ६० हजार खसी बोकाको बिक्री हुन्छ। अरु महिना भने २० हजार खसी बोकामो मात्र कारोबार हुने गरेको विभागको तथ्याङ्क छ। 
एफएओका अनुसार दक्षिण एसियामा नेपाल प्रतिव्यक्ति मासु उपभोग दरमा दोस्रो स्थानमा छ। यस क्षेत्रमा पाकिस्तानको सबैभन्दा बढी बार्षिक प्रतिव्यक्ति मासु खपत १२ किलो रहेको छ। यसैगरी श्रींलंकाको साढे ६ किलो, भारतको ५ किलो तथा भुटान र बंगालादेशको ३/३ किलो रहेको छ। एफएओले दैनिक २ सय ग्राम मासु पोषणका लागि आवश्यक रहेको जनाएको छ।  
विश्वमा डेनमार्क सबैभन्दा बढी बार्षिक प्रतिव्यक्ति मासु खपत दर रहेको छ। डेनमार्कमा प्रतिव्यक्ति १ सय ४६ किलो मासु खपत हुने तथ्याङ्क छ। नेपालमा हाल मासुका लागि प्रयोग हुने खसी, बोका, रागा, भैसी, बंगुरलगायतका चौपायको संख्या करिब १ करोड ५० लाख पुगेको कृषि मन्त्रालयलको तथ्याङ्क छ। मासुको खपत दर बढेकाले कुखुरा व्यवसायको बार्षिक विस्तार दर सबैभन्दा बढी भएको छ। 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु