Skip to main content

उभोक्ता ठगी राजधानी बाहिर धेरै


काठमाडौं, कात्तिक १२-सरकारी अनुगमन र सचेतना कार्यक्रम राजधानी केन्द्रित हँदा उपत्याका बाहिर उपभोक्ता ठगी बढी हुने गरेको छ।
पछिल्ला वर्षहरुमा राजधानीभित्र अनुगमन निक्कै बढेकाले उपभोक्ता ठगीमा केही कमी आएपनि बाहिर भने अवस्था सुधार हुन सकेको छैन। बजार अनुगमनको जिम्मेवारी पाएको सरकारी निकाय वाणिज्य विभागले गरेको पछिल्लो अनुगमले पनि राजधानी बाहिर उपभोक्ता ठगी बढी हुने गरेको देखाएको छ। 
दसैंका बेलामा विभागको टोलीले चितवन र रुपन्देहीमा गरेको अनुगमनबाट यस्तो नतिजा आएको हो। विभागले अनुगमन गरेका चितवन र रुपन्देहीका सबै पसलमा कुनै न कुनै उपभोक्ता ठगीका कैफियत भेटिएका छन् । 'राजधानीमा अनुगमन गर्दा अहिले सबै पसलमा यसरी कैफियत भेटिने गरेको छैन,' अनुगमनको नेतृत्व गरेका विभागका निर्देशक शंकरप्रसाद पौडेलले भने, 'उतातिरका प्रायः सबै पसलमा कैफियत भेटियो।' 
टोलीले अघिल्लो शनिबारदेखि दसैंको महानवमीका दिनसम्म अनुगमन गरेको थियो। त्यसक्रममा सबैजसो पसललेले उपभोक्तालाई ठगी गरेको र उपभोक्ता कानुन उल्लंघन गरेको भेटियो। पसल दर्ता नगर्ने, दर्ता गरेर नविकरण नगर्ने, दर्ता नभएका र तौल नपुग्ने ढक–तराजु प्रयोग गर्ने, मिति गुज्रेका सामान बेच्ने, साइनबोर्ड नराख्ने, मूल्यसूची नराख्ने, बढी भाउ लिनेलगायतका कैफियत यस्ता पसलमा भेटिएको उनले जानकारी दिए। 
'राजधानीमा बारम्बार अनुगमन भएकाले पसले र उपभोक्ता दुवै सचेत हुन थालेका छन्, यसले धेरै कैफियत भेटिँदैन,' उनले भने, 'जनशक्ती अभावले बाहिर धेरै अनुगमन हँदैन, त्यसले पसलेले उपभोक्ता हितविपरीत काम गर्ने धेरै देखियो।' उनले चितवन र रुपन्देहीमा तुलना गर्दा चितवनमाभन्दा रुपन्देहीमा बढी उपभोक्ता ठगी देखिएको बताए। 

विभागले चितवनका खाद्यान्न, किराना र औषधी पसलमा अनुगमन गरेको थियो। चिनवतका भरतपुर, नारायणगढ तथा रुपन्देहीका भैरहवा र सिद्धार्थनगरमा अनुगमन गरिएको थियो। यी ठाउँका धेरै पसलेलाई विभागले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्र काटेको छ। यसैगरी केही मिति सकिएका र अखाद्य वस्तु नष्ट पनि गरेको छ। 
पौडेलले विभिन्न कारणले अनुगमन र उपभोक्ता सचेतना राजधानी केन्द्रित भएकाले बाहिर समस्या बढी देखिएको स्वीकारे। 'हामीले राजधानीमा जति बाहिर अनुगमन गर्न सकेका छैनां,' उनले भने, 'त्यसले गर्दा बाहिर उपभोक्ता सचेतनामा कमी आएको हो।' 
विभागको वार्षिक तथ्यांकले पनि राजधानीमा बढी अनुगमन हुने र बाहिर एकदमै न्यून हुने गरेको देखाउँछ। विभागले आर्थिक वर्ष २०६८/६९ मा राजधानीभित्र ८ सय ६० पटक अनुगमन गरेको छ। सोही वर्ष राजधानी बाहिर भने १ सय ५७ पटक मात्र अनुगमन भएको छ। अनुगमन गरेर दोषी पाइएकामध्ये पनि अधिकांशलाई कारबाही हुन नसक्दा उपभोक्ता ठगीका खासै कमी आउन सकेको छैन। 
गत वर्ष अनुगमन गरिएका र दोषी पाइएकामध्ये मात्र ५ वटा व्यवसायीविरुद्ध विभागले मुद्दा दर्ता गराएको छ। गत वर्ष १ हजार ४२ वटा व्यवसायको अनुगमन गर्दा आधाजसोलाई कारबाही गर्नुपर्ने अवस्था थियो।  
विभागले केन्द्रीय स्तरबाट केही व्यवसायीविरुद्ध मुद्दा दायर गरेपनि जिल्लास्तरबाट भने मुद्दा दायर हुने गरेको छैन। उपत्याका बाहिर हालसम्म एक–दुईबाहेक मुद्दा दर्ता हुन सकेका छैनन्। यसले गर्दा पनि राजधानी बाहिर उपभोक्ता ठगी बढी हुने गरेको हो। 
गत वर्ष विभागले नै गरेको नमुना उपभोक्ता सर्वेक्षणले राजधानीमा उपभोक्ता सचेतना बढेको देखाएको थियो। सर्वेक्षणअनुसार राजधानीका उपभोक्तामा मूल्य र गुणस्तरप्रति सचेतना बढेको छ। तर ठगीएपछि उजुरी गर्ने परिपाटी भने विकास हुन सकेको छैन। 
ठगीपछि उजुरी गर्ने परिपाटी विकास गर्न सके उपभोक्ता ठगी न्यूनकरण गर्न सकिने पौडेलले बताए। 'ठगीपछि उजुरी गर्ने चलन अझै बस्न सकेको छैन,' उनले भने, 'उपभोक्ता सचेत भए ठगी कम गर्न सजिलो हुन्छ।' 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...