Skip to main content

कम्पनी रजिष्ट्रर कार्यालयमा रक्सी बहिस्कार

कम्पनी रजिष्ट्रर कार्यालयको सुचना

कसैले यसलाई राम्रो भन्लान् कसैले नराम्रो। मेरो ब्रम्हले त यसलाई राम्रै देख्यो, त्यसैले त यो वेवपेजमा यसलाई लेखेर पोस्ट गर भन्यो। तपाई हामी सबैलाई थाहा भएकै कुरा हो, वर्षेनी नेपालमा दसैं–तिहारका अवसरमा शुभकामनासाथै उपहार दिने चलन बढ्दो छ। पहिले पहिले टिका लगाएर आशिश दिने चलन थियो। छोरी र ज्वाइचेलालाई दक्षिणाको चलन पनि हो। तर, अहिले आशिशभन्दा प्यारो दक्षिणा र दक्षिणाभन्दा प्यारो उपहार भएको छ। उपहार आफन्तबिचमा मात्र सिमित छैन। दसैंका अवसरमा उपहार बाड्ने चलन कर्पोरेट हाउसहरुमा अझ बढ्दैछ। सरकारी कर्मचारी, नेता, पत्रकार, प्रहरीलगायतलाई उपहार दिने चलन वर्षेनी घट्नुको साटो बढिरहेको छ। उपहार लिन कार्यालयमा बोलाउने देखि कार्यालयमै पुर्‍याइदिने चलन चल्न थालेको छ। कसैले यसलाई राम्रै मानेका छन्। 
कत्तिले यसको विरोध पनि गरेका छन्। मेरो व्यक्तिगत धारणामा पनि यस्तो चलन राम्रो होइन। उपहारका नाममा दिएपनि यसले जुनसुकै पेशा र व्यवसायका मानिसलाई प्रभावमा पार्ने अप्रत्यक्ष दबाब हो। यसले व्यवसायिक हिसाबले काम गर्न चाहनेलाई पनि उपहारदाताप्रति केही सहानुभुती राख्ने मानसिकता विकास हुन्छ। उपहार लिनु–दिनु राम्रो नराम्रो भन्ने बहस चलिरहेको छ। चलिरहने छ सायद। तर केही दिनदेखि फेसबुकका वालमा एउटा तस्विर पोस्ट भइरहेको छ। त्यसले मलाई पनि ध्यानाकर्षण गरायो। मलाई त यो काम राम्रो लाग्यो। तर कतिपयले यसलाई नकारात्मक हिसाबले पनि हेरे। नकारात्मक अर्थ पनि लगाए। मलाई यसको भित्री चुरो कुरो त थाहा छैन। नभए पनि ठिकै हो भन्ने लागिरहेको छ। 

कुरा हो कम्पनी रजिष्ट्रार कार्यालयको। कार्यालयले यहि कात्तिक २ गते एउटा सुचना निकालेको रहेछ, रजिष्ट्रार दामोदर रेग्मीको हस्ताक्षर सहित। त्यसमा मदिरालगायतक उपहार कार्यालयमा लिएर नआउन र कर्मचारीलाई पनि नलिन आग्रह गरिएको छ। कम्पनी रजिष्ट्रार कार्यालयलाई नेपालको भ्रष्टाचारको अखडाकैरुपमा चिनिन्छ। त्यसै भएकाले हुनसक्छ, रेग्मीको यो सुचनालाई मेरा केही सहकर्मीले आफुले उपहार नपाएपछि उनले गरेको चलाखी भनेर पनि अर्थ लगाए। यो स्वभाविक पनि हो। नेपालमा अहिले यस्तो भइसकेको छ की कसैले राम्रै मनले कुनै काम गर्‍यो भने पनि त्यसको विश्वास गरिदैन। समाजको संस्कृती नै भ्रष्ट भएर हो की? तर, निजामती सेवा ऐनले नै कर्मचारीको आचरण तोकेको छ। त्यसमा यसरी उपहार पनि लिन नपाउने व्यवस्था छ। ऐनको यही व्यवस्थालाई कार्यान्वयन गर्न सुचना निकाल्ने रेग्मीलाई मान्नै पर्छ। उनले निकालेको सुचना कार्यान्वयन होस् र गलत मनसायले प्रभावमा पार्न रक्सी पुर्‍याउन जाने सेवाग्राही र व्यापरीको मनोबल गिरोस्। अनि विनापैशाको रक्सि खाएर फर्जि कम्पनी दर्ता गराउन बल दिने कर्मचारीको मुटुले ढुङ्ग्रो ठोकोस्। दसैंको हार्दिक मंगलमय शुभकामना ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...