Skip to main content

नेपाल भित्रियो सामसङ ग्यालेक्सी नोट–टु, कस्ता छन् विशेषता ?


काठमाडौं, असोज २८–सामसङको ग्यालेक्सी नोट–टु नेपाली बजारमा भित्रिएको छ। सामसङ मोबाइलको बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजले नेपाली बजारमा ग्यालेक्सी नोट–टु(एन–७१००) भित्र्याएको हो। 
ग्यालेक्सी नोट–टुलाई 'फ्याब्लेट' समेत भनेर चिनिन्छ। कम्पनीले आइतबारदेखि यसको औपचारिक बिक्री सुरु गरेको हो। कम्पनीका अध्यक्ष दीपक मलहोत्राका अनुसार यसमा नयाँ 'हाइब्रिड' र उच्चस्तरिय प्रविधिक सुविधाहरु छन्। ग्यालेक्सी एस–थ्रीको तुलनामा यसमा अझ थप विशेषता रहेको उनले बताए। 
यसमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम छ। ग्यालेक्सी नोट–टु एन्ड्रोइडको भि–४.१.१ जेल्ली बिन भर्सन राखिएको हो। यसमा १.६ गिगाहर्जको क्युडकोर कोर्टेक्स–ए–९ प्रोसेसर छ। नयाँ ग्यालेक्सी नोटको लम्बाई १५.१ सेन्टिमिटर, चौडाई ८ सेन्टिमिटर र ९.४ मिलिमिटर मोटाई छ।
यसमा न्यू एमोलेड ५.५ इन्चको टचस्त्रि्कन छ। 'हामीले ल्याउनभन्दा अघिदेखि नै धेरै ग्राहकले यसको बारेमा सोध्ने गर्नुभएको थियो,' मलहोत्राले भने, 'हाम्रा डिलरहरुले ६० वटा पहिले नै बुकिङ गरिसकेका छन्।' यसले टुजी, थि्रजी र फोरजी नेटवर्क सर्पोट गर्छ। यसमा सामान्य खाले कोराई(स्क्र्याच)लाई प्रधिरोध गर्ने क्षमता छ।

यसमा स्त्रि्कनका दुई छेउमा दुइवटा प्रोग्रामलाई सङ्सङ्गै चलाउन सकिन्छ। पहिलेका मोडलका तुलनामा यसमा आधुनिक प्रोसेसर भएकाले यसको गति तिव्र हुने मलहोत्राले बताए। 
यसमा अटोफोकस एलइडी फ्ल्यास सहितको ८ मेगापिक्सेलको क्यामेरा, १.९ मेगापिक्सेलको सेकेन्डरी क्यामेरा, टच फोकस, फेस एन्ड स्माइल डिटेक्सन, इमेज स्ट्याबिलाइजेसन, एफएम रेडियो विथ डाडा सिस्टम, जिपिएस, जाभा, ग्रो, प्रोम्सिमिटी, कम्पास, ब्यारोमिटरलगायतका विशेषता छन्।
यसमा लि–ओन–३१०० एमएएचको ब्याट्री छ। यो ब्याट्रीको ९८० घण्टा स्ट्यान्डबाई टाइम रहेको छ। यो टुजी नेटवर्कमा हो। यसैगरी थि्रजी नेटवर्कमा ८९० घण्टाको स्ट्यान्डबाई टाइम रहेको छ। यसैगरी टुजीमा ३५ घण्टा र थि्रजीमा १६ घण्टा टक टाइम रहेको छ। 
एक वर्षमा ३ हजार युनिट ग्यालेक्सी नोट पहिलो वर्ष बिक्री गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। मलहोत्राले प्रत्येक महिना ५ सय युनिट बिक्री गर्ने लक्ष्य राखेको जानकारी दिए। यसको आन्तरिक मेमोरी १६, ३२ र ६४ जिबी रहेको छ। नेपालमा भने १६ जिबीको मात्र ल्याइएको छ। ग्राहकले यसमा ६४ जिबीसम्म मेमोरी विस्तार गर्न सक्नेछन्। नेपाली बजारमा यसको भाउ ७० हजार रुपैयाँ तोकिएको छ। टाइटानियम ग्रे र मार्वल ह्वाइट कलरमा यो नोट उपलब्ध छ। 
नयाँ ग्यालेक्सी नोटसँगै कम्पनीले ग्यालेक्सी एस डुज् मोडेल पनि बजारमा भित्र्याएको छ। यसको मूल्य भने नेपाली बजारमा ३१ हजार ५ सय रुपैयाँ तोकिएको छ। यसमा ४ इन्चको स्त्रि्कन, १ गिगाहर्जको कोर्टेक्स–ए–५ प्रोसेसर, एन्ड्रोइडको आइसक्रिम स्यान्डबिच भर्सनको अपरेटिङ सिस्टम, चार जिबीको आन्तरिक मेमोरी, ३२ जिबी विस्तार क्षमता, ५ मेगापिक्सेल क्यामेरा, एलइडी फ्ल्यास लाइटलगायतका विशेषता छन्। 
नयाँ ग्यालेक्सी नोटसँगै कम्पनीले ग्यालेक्सी एस डुज् मोडेल पनि बजारमा भित्र्याएको छ। यसको मूल्य भने नेपाली बजारमा ३१ हजार ५ सय रुपैयाँ तोकिएको छ। यसमा ४ इन्चको स्त्रि्कन, १ गिगाहर्जको कोर्टेक्स–ए–५ प्रोसेसर, एन्ड्रोइडको आइसक्रिम स्यान्डबिच भर्सनको अपरेटिङ सिस्टम, चार जिबीको आन्तरिक मेमोरी, ३२ जिबी विस्तार क्षमता, ५ मेगापिक्सेल क्यामेरा, एलइडी फ्ल्यास लाइटलगायतका विशेषता छन्। 




Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...