Skip to main content

सयको रिचार्ज गर्दा रुपैयाँ हाल्दा ७८ रुपैयाँ मात्रै स्वामित्व शुल्क हटाउन सुझाव

मंसिर २६ -नेपाली दुरसञ्चार कम्पनीहरुले प्रि-पेड मोबाइलको रिचार्ज कार्डमा लगाउँदै आएको स्वामित्व शुल्क हटाउन वाणिज्य विभागले सरकारलाई सुझाव दिने भएको छ। रेडियो नेपालबाट प्रसारण हुने 'जनतासँग प्रधानमन्त्री' कार्यक्रममार्फत उपभोक्ताले रिचार्ज कार्डमा लगाइएको सेवा शुल्कबारे गुनासो गरेपछि विभागले अध्ययन गरी यस्तो सुझाव दिने भएको हो।

सिमकार्ड किन्दा एकपटक लिनुपर्ने स्वामित्व शुल्क रिचार्ज गर्दा बारम्बार लिइएको पाइएपछि विभागले यस्तो सुझाव सहितको पत्र वाणिज्य मन्त्रालयमा पठाउन लागेको छ। 
'हामीले दुरसञ्चार प्राधिकरणसँग बुझिसकेका छौ, प्राधिकरणले पठाएको जवाफ सहित मन्त्रालयलाई स्वामित्व शुल्क नलिने गरि कानुनी व्यवस्था गर्न पत्र पठाउदै छौ,' विभागका निर्देशक प्रेमप्रसाद पौडेलले भने, 'मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई आग्रह गर्न सक्नेछ।' विभागले यस विषयमा प्रधानमन्त्रीको समेत चासो भएकाले प्राधिकरणसँग बुझेको थियो। 
प्राधिकरणले सबै दुरसञ्चार सेवा प्रदायकसँग स्वामित्व शुल्कका विषयमा जानकारी लिएर विभागलाई पत्राचार गरेको हो। प्राधिकरणले विभागलाई पठाएको पत्र अनुसार ग्राहकले एक सय रुपैयाँको रिचार्ज कार्ड किन्दा ७८.८७ रुपैयाँ मात्र रेभेन्यु पाउँछन्। 
यसमा ७.८९ रुपैयाँ सेवा शुल्क, १.७४ रुपैयाँ स्वामित्व शुल्क र ११.५० रुपैयाँ मूल्य अभिवृद्धि कर(भ्याट) भित्र पर्न जान्छ। रेभेन्यु र अन्य शुल्क जोडेर १ सय रुपैयाँ रिचार्जमा ९८.०३ रुपैयाँ ब्यालेन्स देखिन्छ। 
दुई वर्ष अघि रिचार्ज कार्डमा स्वामित्व शुल्क र सेवा शुल्क हटाउन माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरेको थियो। त्यसमा सर्वोच्चले सिमकार्ड वितरण गर्दा एकपटक मात्र स्वामित्व शुल्क लिन आदेश दिएको मञ्चका महासचिव ज्योती बानियाँले बताए। 'अदालतले आदेश दिएपनि कम्पनीहरुले स्वामित्व शुल्क हटाएका छैनन्,' उनले भने, 'सरकारले उल्टै यो शुल्क लिन सजिलो बनाइदिएको छ।' 
स्वामित्व शुल्कका विषयमा प्राधिकरणले कम्पनीहरुलाई जानकारी माग्दा सबैले सरकारले तोकेको नियममा आधारित भएर लिएको जवाफ फर्काएका छन्। उनीहरुले आर्थिक विधयक-२०६८ को दफा १४ मा यस्तो शुल्क लिन मिल्ने व्यवस्था भएकाले त्यसै अनुरुप लिएको जानकारी दिएका छन्। विभागले भने विधयकमा यस्तो व्यवस्था भएपनि उपभोक्तालाई भार पर्ने गरि पटक-पटक स्वामित्व शुल्क लिनु नहुने भन्दै वाणिज्य मन्त्रालय मार्फत सुझाव पठाउने भएको निर्देशक पौडेलले बताए। 
नेपाल टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले सिमकार्ड वितरण गर्दा एकै पटक स्वामित्व शुल्क लिँदा ग्राहकलाई भार पर्ने भएकाले रिचार्ज कार्डमार्फत लिइएको बताइन्। उनले पोस्टपेडका ग्राहकसँग सिमकार्ड वितरणकै बेला एकमुस्ट स्वामित्व शुल्कबापत ११ सय ३० रुपैयाँ लिने गरेको जानकारी दिइन्। 'प्रिपेड मोइबाइलका ग्राहकले यसरी एकमुस्ट तिर्न नसक्ने भएकाले रिचार्ज कार्डमार्फत लिइएको हो,' उनले भनिन्, 'हामीले सरकारको ऐन-कानुनमा आधारित भएर नै लिएका छौ।' 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...