Skip to main content

प्रमुख खाद्यान्न बालीको उत्पादन घट्यो


काठमाडौं-सरकारले यसवर्ष प्रमुख खाद्यान्न बालीको उत्पादन घट्ने प्रारम्भिक अनुमान गरेको छ। 
कृषि मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरि धान, मकै, कोदो र फापरको उत्पादन घट्ने जनाएको हो। मन्त्रालयका प्रवक्ता प्रभाकर पाठकले गँहु र जौको उत्पादन स्थितीको अहिले अनुमान गरिनसकिएको बताए। 'गत वर्षको तुलनामा मुख्य खाद्यान्न बालीको उत्पादनमा कमी आएपनि यसपाली खाद्यान्न अभावको स्थिती भने आउने छैन,' उनले भने, 'गत वर्ष धान र मकैको उत्पादन बढी भएको र हिउँदे बालीको उत्पादन बढ्ने देखिएकाले खाद्यान्न अभावको स्थिती सृजना हुनेछैन।' 
सरकारले धान, मकै, कोदो, फापर, गँहु र जौलाई मुख्य खाद्यान्न बालीमा समेटेको छ। मन्त्रालयले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष धानको उत्पादन गत वर्षको तुलनामा करिब ११ प्रतिशतले घट्नेछ। यसवर्ष करिब ४५ लाख ४ हजार टन धान उत्पादन हुने अनुमान छ। यो गतवर्षभन्दा करिब ५ लाख ६७ हजार टनले कम हो। गत वर्ष नेपालमा सबैभन्दा बढी धानको उत्पादन भएको थियो। यसले राष्ट्रिय आयमा कृषि क्षेत्रको योगदान समेत बढेको थियो।  
ढिलो गरि सुरु भएको र कमजोर मनसुनका कारण धानको उत्पादन घटेको मन्त्रालयले जनाएको छ। सामान्यतया जुन १० तारिखमा सुरु हुने मनसुन यसबर्ष ढिला सुरु भएकाले धान खेतीको क्षेत्रफल नै घटेको थियो। यसवर्ष धान खेती हुनेक कुल क्षेत्रफलमध्ये करिब १ लाख ११ हजार हेक्टर रोपाई नै हुन नसकेको मन्त्रालयले जनाएको छ। 

खडेरीका कारण ४० जिल्लामा यसवर्ष पोहोरको भन्दा उत्पादन घटेको छ। यसैगरी १५ जिल्लामा गतबर्षकै हाराहारीमा र  २० जिल्लामा भने बढी उत्पादन भएको छ। उन्नत जातका धानको खेती हुन थालेकाले क्षेत्रफल घटेपनि उत्पादनमा धेरै ह्रास नआएको मन्त्रालयले जनाएको छ।
उत्पादनका हिसाबले धान पछिको दोस्रो प्रमुख खाद्यान्न बाली मकैको उत्पादन पनि यसवर्ष गतवर्षको तुलनामा ८ प्रतिशत घटेको छ। यसवर्ष मकैको उत्पादन १९ लाख ९९ हजार टन मात्र भएको छ। गतवर्ष यो उत्पादन २१ लाख ८० हजार टन भएको थियो। मकैको खेती भएको क्षेत्रफलमा भने करिब साढे दुई प्रतिशत(२१ हजार हेक्टर) कमी आएको छ। 
खडेरीका कारण यसवर्ष मकैको उत्पादकत्वमा करिब ६ प्रतिशतलेे कमी आएको छ। यसले गर्दा मकैको उत्पादनमा कमी आएको हो। यो वर्ष मकैको उत्पादकत्व २३ सय ५२ किलो प्रति हेक्टर रहेको छ। यसैगरी यो वर्ष कोदोको उत्पादनमा करिब साढे २ प्रतिशतले कमी आएको छ। यसवर्ष कोदोको उत्पादन करिब ३ लाख ५ हजार टन हुने अनुमान मन्त्रालयको छ। गत वर्ष ३ लाख १५ हजार टन उत्पादन भएको थियो। कोदोमा भने उन्नत जातको बीउ लगाउने चलन नभएकाले उत्पादन घटेको मन्त्रालयले जनाएको छ।
यसवर्ष फाफरको उत्पादन भने केही बढेको मन्त्रालयको अनुमान छ। गत वर्षदेखि मुख्य खाद्यान्न बालीमा समावेश गरिएको फापरको करिब ५० जिल्लामा खेती भइरहेको छ। यसवर्ष करिब १० हजार ५६ टन फापर उत्पादनको अनुमान गरिएको छ। 
मन्त्रालयले मौसमले साथ नदिनुका साथै मलको अभावले पनि यसवर्ष उत्पादन घटेको जनाएको छ। बाढीपहिरो, डुवान, कटानलगायको समस्या यसवर्ष कम परेको मन्त्रालयले जनाएको। यसवर्ष करिब ५ सय हेक्टर जमिनमा मात्र डुबान, कटानलगायतका समस्या भएको मन्त्रालयले जनाएको छ। 

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

मेड इन नेपाल बाइक

काठमाडौं, असोज २३- एक दशकयता नेपालमा एसेम्बल मोटरसाइकल उत्पादन गर्ने व्यवसायीका दुई प्रयास व्यवसायिक रुपमा सफल हुन सकेनन्। चीनबाट इन्जिन र पार्टपुर्जा ल्याएर यहाँ एसेम्बल गरी उत्पादन सुरु गरिएका अन्ना लिफान र कस्मिक यिङयाङ बाइक बजारमा खासै देखिँदैनन्। दुई कम्पनीको असफलता देखे पनि एउटा व्यावसायिक समूहले फेरि नेपालमा बाइकको एसेम्बल सुरु गरेको छ। नवलपरासीमा एसेम्बल प्लान्ट राखेर एभरेस्ट स्टार मोटर प्रालिले बाइक उत्पादन सुरु गरेको हो। करिब ६ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हालसम्म २ सय २५ वटा मोटरसाइकल बजारमा ल्याइसकेको सञ्चालक बिन्दुरत्न तुलाधरले बताए। पहिलेका कम्पनी सफल हुन नसकेको देखेका उनी आफ्नो कम्पनी भने सफल हुने दाबी गर्छन्। 'हामीले बजारलाई सुहाउँदो र पार्टपुर्जा सुलभरुपमा उपलब्ध गराउने गरी उत्पादन सुरु गरेकाले असफल हुँदैनौं भन्ने लागेको छ,' तुलाधरले भने, 'पहिलेका कम्पनीले गरेको गल्ती हामी गर्दैनौं।' कम्पनीले चीनबाट इन्जिनसहित पुर्जाहरु ल्याएर मोटरसाइकल एसेम्बल सुरु गरेको हो। कम्पनीले 'इभर स्टार' ब्रान्डमा १ सय ५० सिसीको बाइक उत्पादन सुरु