Skip to main content

३० लाख लाइन विस्तार गर्दै टेलिकम

  • ६९ अर्ब ९५ करोडको वार्षिक बजेट
  •  ४१ अर्ब ६५ करोड आम्दानी लक्ष्य
  • छुट्टै ग्राहक सेवा केन्द्र बनाउने
  • २४ घण्टाभित्र गुनासो सम्बोधन
  • जिएसएम, आइपी सीडीएमए र वाइम्याक्स विस्तारमा जोड

सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमले चालू आर्थिक वर्षमा करिब ३० लाख लाइन टेलिफोन विस्तार गर्ने भएको छ।
टेलिकमको शनिबार बसेको सञ्चालक समिति बैठकले चालू आर्थिक वर्षको बजेट पारित गर्दै करिब ३० लाख लाइन टेलिफोन विस्तार गर्ने निर्णय गरेको हो। सञ्चालक समितिका सदस्य टंकलाल श्रेष्ठका अनुसार टेलिकमले ६९ अर्ब ९५ करोडको बजेट पारित गर्दै नयाँ लाइन विस्तार योजना अघि सारेको हो।
‘शनिबारको बैठकले बजेट पारित भएको छ,’ उनले भने, ‘हामीले अन्य कम्पनीसँग प्रतिष्पर्धा गर्नलाई तीव्ररुपमा ग्राहक बढाउने योजना बनाएका हौ।’ टेलिकमले ग्राहक विस्तारसँगै गुणस्तर सुधारको योजनालाई मुख्य लक्ष्य बनाएको छ।
टेलिकमले चालू आर्थिक वर्षमा २७ हजार पिएसटिएन(ल्यान्डलाइन), २० लाख जिएसएम मोबाइल र ८ लाख ८६ हजार सिडिएमए टेलिफोन लाइन विस्तार गर्ने योजना बनाएको हो। कम्पनीले करिब ३० हजार लाइन एडिएसएल इन्टरनेट सेवा विस्तार गर्ने योजना अघि सारेको छ।

टेलिकमले आफ्नो बजेट गत वर्षको तुलनामा करिब ८ अर्ब बढाएको हो। गत वर्ष टेलिकमले ६२ अर्ब ३६ करोड बजेट विनियोजन गरेको थियो। त्यसमध्ये विभिन्न आयोजनातर्फ १५ अर्ब ११ करोड खर्च गरिएको थियो। टेलिकमले १ करोड जिएसएम र २० लाख आइपी सिडिएमए लाइन विस्तार योजना अघि बढाइसकेको छ। जिएसएम र सिडिएमए लाइनका लागि सम्झौता समेत भइसकेको अवस्थामा यसै वर्षभित्र ३० लाख लाइन विस्तार गर्ने योजना अघि सारेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत वैशाखसम्ममा नेपाल टेलिकमले ८७ लाख ९५ हजार १ सय ५७ लाइन टेलिफोन विस्तार गरिसकेको छ। यस अवधिमा टेलिकमको इन्टरनेट प्रयोग गर्ने ग्राहक ३० लाख ६५ हजार ५ सय ५३ पुगेका छन्। चालू आर्थिक वर्षमा टेलिकमले ४१ अर्ब ६५ करोड आय गर्ने योजना बनाएको छ।
टेलिकमले यस वर्ष राजमार्गसँग जोडिएका सहर र घना बस्ती भएका स्थानलाई लक्षित गरेर आइपी सिडिएमए, जिएसएम र वाइम्याक्स सेवा विस्तार गर्ने योजना बनाएको छ।
चौबिस घण्टाभित्र सेवा
टेलिकमले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सञ्चालित सेवा अवरुद्ध भए २४ घण्टाभित्र सञ्चालन गर्ने योजना अघि सारेको छ। टेलिफोन, इन्टरनेटलगायतका सेवा अवरुद्ध भएको गुनासो आएको २४ घण्टाभित्र सेवा सञ्चालन गराउन नसक्ने जिम्मेवार अधिकारीलाई कारबाही गर्ने योजना अघि बढाएको हो।
पटक पटक छिटो गरि सेवा सुचारु गराउने घोषणा गरेको टेलिकमले यसपाली भने आफ्नो वार्षिक बजेटमै राखेर यसलाई कडाई गर्ने भएको हो। सञ्चालक समितिले टेलिकमको प्रस्तावलाई पारित गरिसकेको छ। शनिबार बसेको समितिको बैठकले प्रस्ताव पारित गरेको हो।
गुणस्तर र ग्राहक सेवालाई महत्व दिदै यस वर्ष टेलिकमले ग्राहकसँगको सम्बन्ध सुमधुर बनाउन छुट्टै ‘कस्टमर केयर सेन्टर(सीसीसी)’ स्थापना गर्ने भएको छ। यस्तो सेन्टरले ग्राहकका गुनासाको सम्बोधन गर्न सहयोग गर्ने छन्। ग्राहकको गुनासो समयमै सम्बोधन गर्न नसक्दा टेलिकमको आलोचना हुदै आएको छ। यस्ता सेन्टरको स्थापना भएपछि ग्राहको गुनासो समयमै सम्बोधन हुने टेलिकमको विश्वास छ।

Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

अब इन्टरनेटबाटै टिभी

Tweet अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ । इन्टरनेट प्रोटोकल टेलिभिजन (आईपी टिभी) सञ्चालनको अनुमति पाएकामध्ये दुई कम्पनीले सेवा सुरु गरेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज् प्रालि र अर्को इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन प्रालिले आईपी टिभी सुरु गरेका छन् । ब्रोडलिंकले बिहीबारदेखि ‘ सेटअप बक्स ’ नै बिक्री सुरु गरिसकेको छ । नेट टिभीले भने हाल मोबाइल एपमार्फत मात्र सेवा सञ्चालन गरिरहेको छ । यो कम्पनीले आगामी एक महिनाभित्र पूर्ण रूपमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ । नेपालमा आईपी टिभी सुरु भएको यो पहिलो पटक हो । ब्रोडलिंकले जुनसुकै कम्पनीको इन्टरनेट नेटवर्कमार्फत चलाउन मिल्ने गरी सेवा सुरुवात गरेको जनाएको छ । बुधबारदेखि कम्पनीले ४ हजार र ६ हजार रुपैयाँको प्याकेजमा ‘ सेटअप बक्स ’ बिक्री सुरु गरेको हो । ४ हजार रुपैयाँको ‘ सेटअप बक्स ’ किन्नेले एक महिनासम्म सित्तैमा विभिन्न च्यानल हेर्न सक्ने छन् । ६ हजार रुपैयाँको प्याकेजमा भने ६ म...