Skip to main content

एनटिसी कर्मचारीलाई तामाकोशीमा १० करोड सेयर

नेपाल टेलिकममा कार्यरत कर्मचारीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा झण्डै १० करोड रुपैयाँ बराबरको संस्थापक सेयर पाउने भएका छन्।
स्वदेशी लगानीमा निर्माणधिन आयोजनामा टेलिकममा कार्यरत कर्मचारीले मात्र ९ लाख १४ हजार कित्ता सेयर पाउने भएका हुन्। माथिल्लो तामाकोशीमा ऋण र सेयर लगानी गरेको टेलिकमका कर्मचारीलाई वितरण गरिने सेयरको खाका तयार गरेर पठाउन आयोजनाले गत विहिबार पत्राचार गरेको छ।
आयोजनामा टेलिकमले संस्थागतरुपमा ६२ करोड सेयर लगानी गरेको छ। तामाकोशीमा लगानी सम्झौता हुनु अगावै कम्पनीमा कार्यरत कर्मचारीलाई सेयर दिने सहमती भएको थियो। त्यसै अनुरुप टेलिकमले कर्मचारीले समेत सेयर पाउने गरि लागानी सम्झौता गरेको थियो। 
सबैभन्दा सस्तो जलविद्युत आयोजनाकोरुपमा चिनिएको माथिल्लो तामाकोशीमा टेलिकमले ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। निर्माणाधिन र सञ्चालनमा आइनसकेको आयोजना भएकाले टेलिकमका कर्मचारीले प्रतिकित्ता एक सय रुपैयाँका दरले सेयर पाउने छन्। टेलिकमलाई कम्पनीकोरुपमा रुपान्तरण गरेका बेला भने कर्मचारीलाई प्रतिकित्ता ९० रुपैयाँको दरमा सेयर दिइएको थियो।

‘हामीलाई तामाकोशीले कर्मचारीले पाउने सेयर कित्ता उल्लेख गरेर वितरणको प्रणालीको विवरण पठाउन पत्र पठाएको छ,’ टेलिकमका कम्पनी सचिव बुद्धिप्रसाद आचार्यले भने, ‘हामीले कर्मचारीलाई छुट्टयाइएको सेयर कसरी वितरण गर्ने भन्ने खाका बनाउदै छौ।’
सञ्चालक समितिले भने हालसम्म सेयरको वितरण कसरी गर्ने भन्ने निर्णय गरिसकेको छैन। टेलिकमले माथिल्लो तामाकोशीमा आफ्नो जगेडा कोषको रकम लगानी गरेको हो। टेलिकमसाग लगानीयोग्य ठूलो रकम रहेकाले नेपाल विद्युत प्राधिकरणसँगको लामो छलफलपछि ऋण लगानी सम्झौता भएको थियो।
४ सय ५६ मेगावाट क्षमताको आयोजनाको निर्माण भइरहेको छ। यसको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ रहेको छ। कुल लागतमध्ये ३० प्रतिशत सेयर यसमा लगानी गर्ने कम्पनी र सर्वसाधारणलाई वितरण गर्न लागिएको हो। दोलखाको लामाबगरमा निर्माणाधिन यो आयोजनामा लागतको ७० प्रतिशत रकम भने नेपाल टेलिकम, कर्मचारी संचयकोष, राष्ट्रिय बिमा संस्थान, नागरिक लगानी कोष र सरकारबाट ऋणकोरुपमा लिइएको छ।
आयोजनाले वितरण गर्ने १० अर्ब ५९ करोड रुपैयाा बराबरको सेयरमध्ये ९ करोड १४ लाख रुपैयाँ बराबरको सेयर टेलिकमले पाउने लागेको हो। यो सेयरमध्ये नेपाल विद्युत प्राधिकरणलाई ४१ प्रतिशत, टेलिकमलाई ६ प्रतिशत, बिमा संस्थानलाई २ प्रतिशत, लगानी कोषलाई २ प्रतिशत, सञ्चयकोषका सञ्चयकर्तालाई १७.२८ प्रतिशत, दोलखाबासीलाई १० प्रतिशत, सञ्चय कोषका कर्मचारीलाई २.८८ प्रतिशत, प्राधिकरण र आयोजनाका कर्मचारीलाई ३.८४ प्रतिशत सेयर दिने व्यवस्था गरिएको छ।
आयोजनाले नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। आगामी दुई वर्षभित्र यो आयोजनाको निर्माण पुरा गरि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।


Comments

Popular posts from this blog

गजल

साँचो प्रेम गर्छु भने तिमीबिना मर्छु भने तनमनलाई प्रेममा रौनकता भर्छु भने तिमी मेरो आफ्नो भए बैतरणी तर्छु भने तिम्रो मन जित्नलाई तिम्रै शरण पर्छु भने तिम्रो जोवन लुटेपछि अन्तै डेरा सर्छु भने

कथा

Tweet लभ एनिभर्सरी अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।  क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।  ‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।  अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिप...